back
CTIZAN AD

किन चाहियो नयाँ स्टक एक्सचेन्ज ?

वि.सं.२०७९ असोज ३ सोमवार

963 

shares

काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन)ले नयाँ स्टक एक्सचेन्ज स्थापना तथा सञ्चालनका प्रक्रिया प्रारम्भ गरेको छ । सेबोनले नयाँ स्टक एक्सचेन्ज सञ्चालनको लागि आइतबार आवेदन खुल्ला गरेको छ ।

सेबनले सूचना प्रकाशन गरी योग्य संस्थाहरुबाट नयाँ स्टक स्थापना गरी सञ्चालन गर्नका लागि निवेदन पेश गर्न भनेको हो । नयाँ स्टक एक्सचेन्जको प्रक्रिया प्रारम्भले नेपालको शेयर बजारमा लामो समयदेखि एकछत्र काम गर्दै आएको नेप्सेको नयाँ प्रतिस्पर्धी बन्ने भएको छ ।

धितोपत्र बजारलाई थप प्रतिस्पर्धी, प्रभावकारी, लगानीकर्तामैत्री एवम् अन्तर्राष्ट्रियस्तरको प्रविधि सहितको क्षमतायुक्त बनाई धितोपत्रमा लगानी गर्ने लगानीकर्ताको हित संरक्षण गर्नका निम्ति तथा अर्थतन्त्रमा रहेका स्थापित वास्तविक क्षेत्रका संगठित संस्थालाई धितोपत्र बजारमा भित्र्याइ राष्ट्रिय पूँजी निर्माण र परिचालनलाई सहजिकरण गर्नका लागि निजी क्षेत्रको लगानीमा थप एक धितोपत्र बजार सञ्चालन गर्न दिइने बोर्डले जनाएको छ ।

धितोपत्र बजारको सेवा तथा गुणस्तरमा प्रतिस्पर्धा, विकास र बिस्तार गरी धितोपत्र बजारमा सर्वसाधारण लगानीकर्ताको पहुँच अभिवृद्धि गर्न आवश्यक भएकोले धितोपत्र सम्बन्धी ऐन, २०६३ सो अन्तर्गत बनेका नियम र निर्देशिका तथा अन्य प्रचलित कानूनको अधीनमा रही धितोपत्र बजार सञ्चालन गर्ने उद्देश्यले प्रचलित कानुन बमोजिम सीमित दायित्वको संगठित संस्था स्थापना गर्न चाहनेले बोर्डबाट सिफारिस लिनु पर्ने व्यवस्था रहेको बोर्डले जारी सार्वजनिक गरेको सूचनामा उल्लेख गरिएको छ ।

बोर्डले धितोपत्र बजार सञ्चालन गर्न संगठित संस्था स्थापना गर्न चाहनेलाई सिफारिस गर्न लागेको हुँदा सो प्रयोजनको लागि धितोपत्र सम्बन्धी ऐन २०६३, धितोपत्र बजार सञ्चालन नियमावली, २०६४ (संशोधन सहित) र धितोपत्र बजार सञ्चालनका लागि संगठित संस्था स्थापना गर्न बोर्डबाट सिफारिस प्रदान गर्ने सम्बन्धी निर्देशिका, २०७९ बमोजिमका सर्तहरूको अधीनमा रही निवेदन पेश गर्न बोर्डले अनुरोध गरेको छ ।

सूचना प्रकाशित भएको मितिले ४५ दिन भित्र सेबोन समक्ष निवेदन पेश गर्नुपर्ने छ । निवेदन पेश गर्ने दिन सार्वजनिक विदा परेमा सोको भोलिपल्ट कार्यालय समय भित्र निवेदन बुझाउन सकिनेछ ।

रितपूर्वक नभएका वा म्याद नाघी आएका वा कुनै सर्त समावेश गरी पेस भएका निवेदन उपर कुनै कारवाही नहुने बोर्डले जनाएको छ । यस्तै, सूचना बमोजिम पेस हुन आएका निवेदन स्वीकृत गर्ने वा नगर्ने अधिकार बोर्डमा सुरक्षित रहने छ जनाइएको छ ।

नेपालको सेयर बजारमा नियन्त्रण गर्दै आएको नेप्सेले काठमाडौं उपत्यकाभित्र ५० वटा ब्रोकर र बाहिर ४१ वटा रिमोट वर्क स्टेशनबाट सेयर कारोबार गर्न मिल्ने सुविधा उपलब्ध गराइरहेको छ भने नेप्सेमा ३ सय ४९ वटा कम्पनीहरु नेप्सेमा सूचिकृत रहेका छन् । नयाँ कम्पनी स्थापनासँगै सेयर कारोबार व्यसाय सहज हुने सेयर बजारका लगानीकर्ताहरुको भनाइ रहेको छ ।

वि.सं.२०७९ असोज ३ सोमवार १२:१८ मा प्रकाशित

मानुुषी लघुवित्तको साधारण सभा सम्पन्न मर्जर प्रस्ताव पारित

मानुुषी लघुवित्तको साधारण सभा सम्पन्न मर्जर प्रस्ताव पारित

काठमाडौं । मानुषी लघुवित्त वित्तीय संस्था लिमिटेडको सातौं वार्षिक साधारण...

प्रभु बैंक लिद्धारा त्रिभुवन विश्वविद्यालयलाई डिजिटल बोर्ड हस्तान्तरण

प्रभु बैंक लिद्धारा त्रिभुवन विश्वविद्यालयलाई डिजिटल बोर्ड हस्तान्तरण

काठमाडौँ । काठमाण्डौ महानगरपालिका, वडा नं ११, बबरमहल स्थित प्रभु...

नेपाल बैंक र ॐ समाज डेन्टल हस्पिटल प्रा.लि बीच सम्झौता

नेपाल बैंक र ॐ समाज डेन्टल हस्पिटल प्रा.लि बीच सम्झौता

काठमाडौँ । मिति २०८३ साल असार ०८ गते नेपाल बैंक...

सिटिजन्स बैंक र जय नेपाल सिनेमाजबीच समझदारी

सिटिजन्स बैंक र जय नेपाल सिनेमाजबीच समझदारी

काठमाडौँ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र जय नेपाल सिनेमाज...

इतिहास रच्दै नेपाल लाइफ: Gold Award बाट सम्मानित

इतिहास रच्दै नेपाल लाइफ: Gold Award बाट सम्मानित

काठमाडाैँ । नेपालको सर्वाधिक विश्वासिलो जीवन बीमा कम्पनी नेपाल लाइफ...

नबिल बैंक लगातार तेस्रो पटक उत्कृष्ट गोल्ड अवार्डद्वारा सम्मानित

नबिल बैंक लगातार तेस्रो पटक उत्कृष्ट गोल्ड अवार्डद्वारा सम्मानित

काठमाडौँ। नबिल बैंक लिमिटेड बैंकिङ क्षेत्रका तीन वटा प्रतिष्ठित अवार्डबाट...