back
CTIZAN AD

मुगुमा उपभोक्तालाई दसैं लक्षित सहुलियत चामल बितरण

वि.सं.२०७९ असोज ५ बुधवार

825 

shares

मुगु । हिमाली जिल्ला मुगुमा खाद्य ब्याबस्था तथा ब्यापार कम्पनीले सर्बसाधारणलाई दसैंको लागि सहुलियत दरमा चामल बितरण गरेको छ ।
साबिकको मुल्यमा प्रतिकेजी मुल्यमा ७ रुपैयाँ घटाएर उपभोक्तालाई सहुलियत दरमा चामल बितरण सुरु गरिएको खाद्य ब्यबस्था तथा ब्यापार कम्पनीका निमित्त शाखा प्रमुख पुस्कर भामले जनाए ।

बासमती चामल पहिले प्रतिकेजी ११२ रुपैयाँ थियो भने अहिले प्रति केजी १०५ रुपैयाँ, सोना मनसुली चामल पहिले प्रति केजी ५२ रुपैयाँ थियो भने अहिले प्रति केजी ४५ मा बेच्न सुरु गरिएको छ । त्यसैगरी मकवानपुर चामल पहिले प्रतिकेजी ५० रुपैयाँ थियो भने अहिले सहुलियत दरमा प्रति केजी ४३ मा बितरण सुरु गरिएको छ । मोटा चामल पहिले प्रतिकेजी ४९ रुपैयाँमा बेच्ने गरिएको थियो भने अहिले प्रतिकेजी ४२ रुपैयाँमा उपभोक्तालाई दिन थालिएको छ । लिमिडेटले सहुलियत दरमा चामल मात्र नभएर मास दाल पनि सहुलियतमा बितरण सुरु गरेको छ ।

पहिले मास दाल प्रतिकेजी १६६ रुपैयाँ थियो भने अहिले सहुलियत दरमा १५९ मा बिक्री बितरण गर्न थालिएको छ दसैं नजिकीएसंगै कम्पनीले सहुलियत दरमा चामल दाल बितरण सुरु गरेपछि उपभोक्ता खुशी भएका छन् । दसैंको मुखमा कम्पनीले सहुलियत दरमा चामल दाल उपलब्ध गराउदा उपभोक्तालाई राहत पुगेको प्रमुख जिल्ला अधिकारी रोमबहादुर महतले बताए ।

सडकको पहुँच नपुगेको हिमाली जिल्ला हुम्लामा भने यो चालु आर्थिक बर्षको चामल अझै ढुवानी सुरु भएको छैन । यो बर्षको नयाँ खाद्यान्न कोटा २३ हजार स्वीकृति भएपनि हवाई टेण्डर ढिलासुस्तीका कारण हुम्ला चामल पुग्न सकेको छैन । सिमकोट मुख्य कम्पनी लिमिडेटको गोदाममा गत चालु आर्थिक बर्षको २१ सय क्वीन्टल चामल जगेडा मात्र छ भने श्रीनगर र सर्केगाड खाद्य डिपो, बालुकुना, खार्पुनाथ, छतेला, लिमी बिक्री केन्द्रका गोदामहरु दुई महिना देखि खाली छ ।

वि.सं.२०७९ असोज ५ बुधवार १४:१३ मा प्रकाशित

राष्ट्रियसभाबाट दुई विधेयक पारित

राष्ट्रियसभाबाट दुई विधेयक पारित

काठमाडौँ । राष्ट्रियसभाबाट निर्वाचनसम्बन्धी दुई विधेयक पारित भएका छन् ।...

यातायात खर्च वृद्धिपछि स्वास्थ्य स्वयंसेविका खुसी

यातायात खर्च वृद्धिपछि स्वास्थ्य स्वयंसेविका खुसी

महेन्द्रनगर । कञ्चनपुरको बेदकोट नगरपालिका–८ की शारदादेवि विष्ट २०५५ सालदेखि...

ढाका उद्योगमार्फत आत्मनिर्भर बन्दै तमानखोलाका महिला

ढाका उद्योगमार्फत आत्मनिर्भर बन्दै तमानखोलाका महिला

बागलुङ । जिल्लाको तमान गाउँका जमूना घर्तीलाई ढाकाका कपडा बुन्न...

‘बजेट कार्यान्वयन भए मुलुकको अर्थतन्त्रले गति लिनेछ’

‘बजेट कार्यान्वयन भए मुलुकको अर्थतन्त्रले गति लिनेछ’

काठमाडौँ । नेपाल चेम्बर अफ कमर्शले आर्थिक वर्ष २०८३/८४ को...

काठमाडौँबाट पूर्व चल्ने बसको टिकट अनलाइनमार्फत काट्न सकिने

काठमाडौँबाट पूर्व चल्ने बसको टिकट अनलाइनमार्फत काट्न सकिने

काठमाडौँ । काठमाडौँबाट पूर्व क्षेत्रमा सञ्चालन हुने अधिकांश सार्वजनिक सवारीसाधनमा...

विपद् र जङ्गली जनावरबाट प्रभावित नागरिकलाई राहत दिन माग

विपद् र जङ्गली जनावरबाट प्रभावित नागरिकलाई राहत दिन माग

काठमाडौँ । प्रतिनिधिसभाका सांसदहरुले प्राकृतिक विपद्बाट प्रभावित र जङ्गली जनावरको...