back

धनकुटामा माओवादीभित्र किन भयो विद्रोह ?

वि.सं.२०७९ असोज ९ आइतवार

153 

shares
RBB AD
NTC AD

काठमाडौं । नेकपा (माओवादी केन्द्र)को धनकुटा जिल्ला कमिटीमा विद्रोह भएको छ । माओवादी केन्द्रको धनकुटाका सबै पदाधिकारीसहित जिल्ला कमिटीका सदस्यहरुले सामूहिक राजीनामा दिएका छन् । साथै, धनकुटाबाट प्रतिनिधित्व गर्ने सबै केन्द्रीय नेताहरुले पनि पार्टीबाट अलग भएको घोषणा गरेका छन् ।

माओवादी केन्द्र धनकुटाका जिल्ला संयोजक डिल्लीराम राईले आइतबार एक विज्ञप्ति जारी गर्दै जिल्लाबाट प्रतिनिधित्व गर्ने पोलिट्ब्यूरो सदस्य, केन्द्रीय सदस्य, प्रदेश समितिका पदाधिकारी, प्रदेश सदस्य र जिल्ला समन्वय समितिका सदस्यहरुले सामूहिक राजीनामा दिएको घोषणा गरेका हुन् ।

पोलिट्व्यूरो सदस्य हेमराज भण्डारीसँगै केन्द्रीय सदस्य धनमाया विक र प्रदेश सहसचिव ऋषिराम ढुंगानालगायत १४ जना प्रदेश सदस्य र जिल्ला समन्वय समितिका पदाधिकारी र सदस्यहरुले राजीनामा दिएका छन् ।

सामूहिक राजीनामा पछि माओवादी छाडेको समूहले प्रतिनिधिसभा सदस्यमा स्वतन्त्र उम्मेदवारी दिने पनि घोषणा गरेको छ । समूहले पोलिटब्यूरोबाट बाहिरिएका हेमराज भण्डारीलाई प्रतिनिधिसभातर्फ उम्मेदवार बनाउने निर्णय गरेको छ ।

कांग्रेसलाई सघाउने निर्णयपछि विद्रोह

सत्तारुढ गठबन्धनभित्र सिट बाँडफाँट गर्दा धनकुटाबाट प्रतिनिधिसभा सदस्यको लागि कांग्रेसको तर्फबाट उम्मेदवारी दिने सहमति भएपछि माओवादीभित्र विद्रोह भएको हो । गठबन्धनभित्र राप्रपा पृष्ठभूमिका नेता सुनिलबहादुर थापालाई प्रतिनिधिसभा तर्फको उम्मेदवार बनाउने निर्णय भएको थियो ।

एक वर्षअघि मात्रै कांग्रेस प्रवेश गरेका थापालाई उम्मेदवार बनाउन नहुने मत कांग्रेसभित्रै देखिएका बेला माओवादीभित्र विद्रोह भएको थियो । माओवादी केन्द्रभित्र यसअघिदेखि नै धनकुटा नछाड्न दबाब थियो । तर, आन्तरिक विषयलाई वेवास्ता गर्दै कांग्रेसलाई सघाउने निर्णय भएपछि विद्रोह भएको हो ।

यस्तो छ सामूहिक राजीनामाको पत्र

वि.सं.२०७९ असोज ९ आइतवार १६:०६ मा प्रकाशित

NLIC AD
NABIL bank AD
राजनीतिक दलको सदस्य रहेका शिक्षकमाथि कारबाही गरिने चेतावनी

राजनीतिक दलको सदस्य रहेका शिक्षकमाथि कारबाही गरिने चेतावनी

नवलपरासी । शिक्षा विकास तथा समन्वय इकाइ नवलपरासी (बर्दघाट सुस्तापूर्व)...

रेसुङ्गाको पर्यटन प्रवर्द्धनका लागि जाउँ हिँड रेसुङ्गा’ अभियान संचालन गरिने

रेसुङ्गाको पर्यटन प्रवर्द्धनका लागि जाउँ हिँड रेसुङ्गा’ अभियान संचालन गरिने

काठमाडौँ । गुल्मीको रेसुङ्गालाई आन्तरिक तथा बाह्य पर्यटनको केन्द्र बनाउन...

ललितपुरको डढेलो निभाउने क्रममा घाइते भएका एकको मृत्यु

ललितपुरको डढेलो निभाउने क्रममा घाइते भएका एकको मृत्यु

पाटन (ललितपुर) । ललितपुरको गोदावरी नगरपालिका–४ बडिखेलस्थित तपेश्वर सामुदायिक वनमा...

आर्थिक वृद्धिदर ३ दशमलव ५४ प्रतिशत अनुमान

आर्थिक वृद्धिदर ३ दशमलव ५४ प्रतिशत अनुमान

काठमाडौँ । राष्ट्रिय तथ्याङ्क कार्यालयले चालु आर्थिक वर्ष २०८०/८१ मा...

कपिलवस्तुको पकडीमा एभरेष्ट बैंकको चौथो एक्स्टेन्सन काउन्टर

कपिलवस्तुको पकडीमा एभरेष्ट बैंकको चौथो एक्स्टेन्सन काउन्टर

काठमाडौं । एभरेष्ट बैंकले कपिलवस्तुमा आफ्नो चौथो एक्स्टेनसन काउन्टर सन्चालनमा...

तेस्रो चौमासिकमा शिक्षा मन्त्रालयको पूँजीगत खर्च शून्य

तेस्रो चौमासिकमा शिक्षा मन्त्रालयको पूँजीगत खर्च शून्य

काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको चालु आर्थिक वर्षको...