back
CTIZAN AD

धनकुटामा माओवादीभित्र किन भयो विद्रोह ?

वि.सं.२०७९ असोज ९ आइतवार

774 

shares

काठमाडौं । नेकपा (माओवादी केन्द्र)को धनकुटा जिल्ला कमिटीमा विद्रोह भएको छ । माओवादी केन्द्रको धनकुटाका सबै पदाधिकारीसहित जिल्ला कमिटीका सदस्यहरुले सामूहिक राजीनामा दिएका छन् । साथै, धनकुटाबाट प्रतिनिधित्व गर्ने सबै केन्द्रीय नेताहरुले पनि पार्टीबाट अलग भएको घोषणा गरेका छन् ।

माओवादी केन्द्र धनकुटाका जिल्ला संयोजक डिल्लीराम राईले आइतबार एक विज्ञप्ति जारी गर्दै जिल्लाबाट प्रतिनिधित्व गर्ने पोलिट्ब्यूरो सदस्य, केन्द्रीय सदस्य, प्रदेश समितिका पदाधिकारी, प्रदेश सदस्य र जिल्ला समन्वय समितिका सदस्यहरुले सामूहिक राजीनामा दिएको घोषणा गरेका हुन् ।

पोलिट्व्यूरो सदस्य हेमराज भण्डारीसँगै केन्द्रीय सदस्य धनमाया विक र प्रदेश सहसचिव ऋषिराम ढुंगानालगायत १४ जना प्रदेश सदस्य र जिल्ला समन्वय समितिका पदाधिकारी र सदस्यहरुले राजीनामा दिएका छन् ।

सामूहिक राजीनामा पछि माओवादी छाडेको समूहले प्रतिनिधिसभा सदस्यमा स्वतन्त्र उम्मेदवारी दिने पनि घोषणा गरेको छ । समूहले पोलिटब्यूरोबाट बाहिरिएका हेमराज भण्डारीलाई प्रतिनिधिसभातर्फ उम्मेदवार बनाउने निर्णय गरेको छ ।

कांग्रेसलाई सघाउने निर्णयपछि विद्रोह

सत्तारुढ गठबन्धनभित्र सिट बाँडफाँट गर्दा धनकुटाबाट प्रतिनिधिसभा सदस्यको लागि कांग्रेसको तर्फबाट उम्मेदवारी दिने सहमति भएपछि माओवादीभित्र विद्रोह भएको हो । गठबन्धनभित्र राप्रपा पृष्ठभूमिका नेता सुनिलबहादुर थापालाई प्रतिनिधिसभा तर्फको उम्मेदवार बनाउने निर्णय भएको थियो ।

एक वर्षअघि मात्रै कांग्रेस प्रवेश गरेका थापालाई उम्मेदवार बनाउन नहुने मत कांग्रेसभित्रै देखिएका बेला माओवादीभित्र विद्रोह भएको थियो । माओवादी केन्द्रभित्र यसअघिदेखि नै धनकुटा नछाड्न दबाब थियो । तर, आन्तरिक विषयलाई वेवास्ता गर्दै कांग्रेसलाई सघाउने निर्णय भएपछि विद्रोह भएको हो ।

यस्तो छ सामूहिक राजीनामाको पत्र

वि.सं.२०७९ असोज ९ आइतवार १६:०६ मा प्रकाशित

सरकारका आधिकारिक दस्तावेज मोबाइलबाट ‘स्क्यान’ नगर्न निर्देशन

सरकारका आधिकारिक दस्तावेज मोबाइलबाट ‘स्क्यान’ नगर्न निर्देशन

काठमाडौँ । सरकारी कामकाजका आधिकारिक कागजात मोबाइल एप प्रयोग गरी...

विद्यालयबाट फर्किने क्रममा बेपत्ता बालिका खोलामा मृत भेटिइन्

विद्यालयबाट फर्किने क्रममा बेपत्ता बालिका खोलामा मृत भेटिइन्

घोडाघोडी (कैलाली) । कैलालीमा विद्यालयबाट घर फर्किने क्रममा सम्पर्कविहीन भएकी...

जलवायु उत्थानशीलता अभिवृद्धि गर्न नेपाललाई ८.५ मिलियन अमेरिकी डलर अनुदान

जलवायु उत्थानशीलता अभिवृद्धि गर्न नेपाललाई ८.५ मिलियन अमेरिकी डलर अनुदान

काठमाडौँ । हरित जलवायु कोष (जिसिएफ) बोर्डको ४५औँ बैठकले नेपालमा...

सिटिजन्स बैंकद्वारा बिश्रामपुर, बारामा निःशुल्क आँखा परीक्षण शिविर सम्पन्न 

सिटिजन्स बैंकद्वारा बिश्रामपुर, बारामा निःशुल्क आँखा परीक्षण शिविर सम्पन्न 

काठ्माडाैँ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम...

मानुुषी लघुवित्तको साधारण सभा सम्पन्न मर्जर प्रस्ताव पारित

मानुुषी लघुवित्तको साधारण सभा सम्पन्न मर्जर प्रस्ताव पारित

काठमाडौं । मानुषी लघुवित्त वित्तीय संस्था लिमिटेडको सातौं वार्षिक साधारण...

प्रभु बैंक लिद्धारा त्रिभुवन विश्वविद्यालयलाई डिजिटल बोर्ड हस्तान्तरण

प्रभु बैंक लिद्धारा त्रिभुवन विश्वविद्यालयलाई डिजिटल बोर्ड हस्तान्तरण

काठमाडौँ । काठमाण्डौ महानगरपालिका, वडा नं ११, बबरमहल स्थित प्रभु...