back
CTIZAN AD

आराभा नेपालले आईपिओ निष्काशन गर्ने, कुमारी क्यापिटलले ‘वे टु लिस्टिङ’ सेवा दिने

वि.सं.२०७९ असोज ९ आइतवार

759 

shares

काठमाडौं । आराभा नेपाल मोडर्न एग्रिकल्चर कम्पनीले आईपिओ निष्काशन गर्ने भएको छ । कम्पनीले कुमारी क्यापिटलले दिने ‘वे टु लिस्टिङ’ सेवा अन्तर्गत आईपिओ निष्काशन गर्ने भएको हो ।

यस सम्झौतामा क्यापिटलका तर्फबाट नायब महाप्रबन्धक पुष्प शर्मा र आराभाका तर्फबाट अध्यक्ष कृष्ण प्रसाद बजगाँईले हस्ताक्षर गरेका छन् ।

यो कम्पनी इजराईलबाट कृषिसम्बन्धी सिप तथा तालिम प्राप्त गरी स्वदेश फर्किएका युवाहरुको अगुवाइमा स्थापित भएको बताइएको छ । एकिकृत कृषिमार्फत विभिन्न कृषिजन्य वस्तुहरुको उत्पादन, कृषि शिक्षा, तथा कृषि पर्यटन विकास लगायतका कार्यहरु गर्ने मुख्य उद्देश्यका साथ सञ्चालन भईरहेको छ । साथै कम्पनीले आफ्नो सहायक कम्पनी ए.एन.एम.सि. एग्रो प्रा.लि.मार्फत कृषकहरुलाई आवश्यक पर्ने हरित गृह निर्माण, थोपा सिचाई प्रविधिको विस्तार, आधुनिक कृषि परामर्श तथा कृषि औजारहरुको बिक्रि–वितरण समेत गर्दै आईरहेको जनाएको छ ।

क्यापिटलले ‘वे टु लिस्टिङ’ सेवा अन्तर्गत नेपालको प्रचलित कानुन बमोजिम स्थापना भएका जुनसुकै संगठित संस्थाहरुलाई कम्पनीको स्थापनादेखि धितोपत्र विनिमय बजारमा सुचिकरण गर्ने चरणसम्म पुर्याउन आवश्यक सम्पूर्ण परामर्श सेवा उपलब्ध गराइरहेको जनाएको छ । सोही सेवा अन्तर्गत आराभा नेपाल मोडर्न एग्रिकल्चर कम्पनीलाई क्यापीटलले आईपिओ जारी गर्ने चरणसम्म पुर्याउन आवश्यक सम्पुर्ण परामर्श सेवा उपलब्ध गराउने, धितोपत्रको सार्वजनिक निष्कासनका लागि निष्कासन तथा बिक्री प्रबन्धकको रुपमा कार्य गर्ने तथा शेयर रजिष्ट्रार सेवा उपलब्ध गराउने सम्झौता भएको बताइएको छ ।

वि.सं.२०७९ असोज ९ आइतवार १६:०२ मा प्रकाशित

नेप्से परिसूचकमा झिनो अङ्कको गिरावट

नेप्से परिसूचकमा झिनो अङ्कको गिरावट

काठमाडौँ । धितोपत्र बजारका शेयर कारोबार मापक नेप्से परिसूचक आज...

नेप्सेमा ८.५० अंकको गिरावट, २ अर्ब ८३ करोडमाथिको कारोबार

नेप्सेमा ८.५० अंकको गिरावट, २ अर्ब ८३ करोडमाथिको कारोबार

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज...

लगातार तेस्रो कारोबार दिन नेप्से ओरालो, तीन दिनमै ४० अंकभन्दा बढी क्षति

लगातार तेस्रो कारोबार दिन नेप्से ओरालो, तीन दिनमै ४० अंकभन्दा बढी क्षति

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक बुधबार १४.४५ अंकले...