back
CTIZAN AD

केयूकेएलका कर्मचारी आन्दाेलित, काठमाडौंमा खानेपानी वितरणमा समस्या

वि.सं.२०७९ असोज ९ आइतवार

765 

shares

काठमाडौं । काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल) का प्रमुख कार्यकारी अधिकृत मिलन शाक्यको कार्यकक्षमा फेरि तालाबन्दी गरिएको छ । केयूकेएलमा क्रियाशील दुई ट्रेड युनियनले शुक्रबार सिईओको कार्यकक्षबाट ब्यानर झिकेको निहुँमा तालाबन्दी गरेका हुन् ।

केयूकेएल कर्मचारी संगठनले समय र परिस्थितिको गम्भीरतालाई ख्यालै नगरी मानिसको जन्मदेखि मृत्यु संस्कारसँग गाँसिएको खानेपानी जस्तो अत्यावश्यकीय सेवा प्रवाह गरिरहेको कम्पनीको प्रमुखको कार्यकक्षमा तालाबन्दी गरिनु दुःखद भन्दै अविलम्ब संवाद र वार्तामार्फत समस्या समाधान गर्न आग्रह गरेको छ ।

संगठनका अध्यक्ष नवलसिंह साउद र महासचिव कर्णबहादुर धनाहमगरले आइतबार जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘नेपालीहरूको महान चाड बडादशैं २०७९ सन्निकट रहेको र बडादशैंको सार्वजनिक बिदामा समेत निर्वाध रूपमा खानेपानी उत्पादन, प्रशोधन र वितरण गर्नु सबै ट्रेड युनियनकर्मी र कर्मचारीको कर्तव्य र जिम्मेवारी हो । नेपाल सरकारको अत्यावश्यकीय वस्तु र सेवामा बन्द, हडताल र तालाबन्दी गर्न नपाउने भनी जारी गरेको आदेशपालना गर्दै आमउपभोक्ता वर्गलाई निर्वाध रूपमा खानेपानी सेवा प्रवाह गर्नु कम्पनीको घोषित लक्ष्य र उद्देश्य हो ।’

तर, केयूकेएलमा क्रियाशील कर्मचारी संघ, कर्मचारी कल्याण परिषद् र लोकतान्त्रिक कर्मचारी संघले भने बिहीबारका दिन आन्दोलनरत पक्षसँग कुनै सहमति वेगर व्यवस्थापन पक्षले अप्रत्यासितरूपमा तुल ब्यानर निकालेको भन्दै ध्यानाकर्षण भएको जनाएको छ । उनीहरूले आफ्ना माग सम्बोधन नभए २ असोजदेखि नै केन्द्रीय कार्यालयदेखि शाखा कार्यालयहरूको सेवा ठप्प पार्ने जानकारी गराएकोमा त्यसको बेवास्ता गरी व्यवस्थापन पक्षले आफूखुसी ब्यानर निकालेकाले विरोध गर्नुपरेको उल्लेख गरेका छन् ।

तर, शुक्रबारको निर्णयविपरीत प्रमुख कार्यकारी अधिकृतको कार्यकक्षमा गठबन्धन ट्रेड युनियनमध्येबाट ताला लगाउने कार्य भएको भन्दै तीन संगठनले आफूहरूको कुनै संलग्नता नरहेको स्पष्ट पारेका छन् ।

वि.सं.२०७९ असोज ९ आइतवार १७:५२ मा प्रकाशित

राष्ट्रियसभा बैठक : जातीय भेद्भाव हटाउन माग

राष्ट्रियसभा बैठक : जातीय भेद्भाव हटाउन माग

काठमाडौँ । राष्ट्रियसभाका सांसदहरुले जातीय भेद्भाव हटाउन, स्वास्थ्य बिमा कार्यक्रमलाई...

विष्णु पौडेललाई विशेष अदालतमा उपस्थित गराइयो

विष्णु पौडेललाई विशेष अदालतमा उपस्थित गराइयो

काठमाडौं । पूर्वमन्त्री एवम् नेकपा (एमाले) का उपाध्यक्ष विष्णु पौडेललाई...

असार १५: जुजु धौको माग उच्च

असार १५: जुजु धौको माग उच्च

काठमाडौँ । आज असार १५, नेपाली संस्कृति र परम्पराअनुसार आजको...

धानका बिरुवासँग किसानका सपना जोडिएका हुन्छन् : सभापति थापा

धानका बिरुवासँग किसानका सपना जोडिएका हुन्छन् : सभापति थापा

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले खेतमा रोपिएको प्रत्येक...

पुँजी बजारका लगानीकर्ताको लगानीको सुरक्षा र हितमा काम गर्न सेबोन अध्यक्ष भट्टलाई अर्थमन्त्रीको निर्देशन

पुँजी बजारका लगानीकर्ताको लगानीको सुरक्षा र हितमा काम गर्न सेबोन अध्यक्ष भट्टलाई अर्थमन्त्रीको निर्देशन

काठमाडौँ । अर्थमन्त्री डा स्वर्णिम वाग्लेले नेपाल धितोपत्र बोर्ड (सेबोन)का...

बुद्धिमान वृद्धको उत्तर

बुद्धिमान वृद्धको उत्तर

एक दिन एउटा गाउँमा निकै बुद्धिमान वृद्ध बस्थे। टाढा–टाढाबाट मानिसहरू...