बर्दिया । आफ्नै छोराको हत्या अभियोगमा ४५ वर्षीय बाबु पक्राउ परेका छन् ।
२० वर्षीय बिबेक चौधरीको हत्या गरेको अभियोगमा बारबर्दिया नगरपालिका–११ बिजयनगर बस्ने ४५ वर्षीय लौरंगलाल थारूलाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
लौरंलालले बुधबार फुटेको बियरको बोतलले पेटमा प्रहार गर्दा गम्भीर घाइते भएका बिबेकको उपचारको लागि अस्पतालतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको थियो ।
घटनापश्चात फरार रहेका उनलाई जिल्ला प्रहरी कार्यालय बर्दियाबाट खटिएको प्रहरीले गुलरिया नगरपालिका–११ ईन्द्रपुरमा लुकिछिपी हिँडिरहेको अवस्थामा फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
वि.सं.२०७९ असोज १४ शुक्रवार १५:४९ मा प्रकाशित






























