back
CTIZAN AD

टिकेन एमाले–जसपा तालमेल, जसपाले पाएको ठाउँमा पनि एमालेले उठायो उम्मेदवार

वि.सं.२०७९ असोज २३ आइतवार

753 

shares

काठमाडौं । सत्तारुढ गठबन्धन छाडेर एमालेसँग चुनावी तालमेल गरेको जनता समाजवादी पार्टी (जसपा)लाई एमालेले धोका दिएको छ । एमालेले तालमेलको सहमतिअनुसार जसपालाई छुट्याएको ठाउँमा पनि आफ्ना उम्मेदवार उठाएको छ ।

एमालेले जसपाको भागमा परेको मोरङको २ वटा प्रदेशसभामा उम्मेदवारी दिने भएको छ । एमालेले मोरङको निर्वाचन क्षेत्र नं. ५ तथा प्रदेशसभाको ४(२), ५(२) र ६(२) जसपालाई दिने सहमति गरेको थियो । तर, एमालेले जसपालाई दिने सहमति गरेका सबै क्षेत्रमा आफ्ना उम्मेदवार उठाएको छ ।

मोरङको ४(२) मा एमालेले जीवन घिमिरेलाई उठाएको छ भने ६(२) मा पर्शुराम बस्नेतलाई उठाएको छ । प्रतिनिधिसभा अन्तर्गतको क्षेत्र नं. ५ मा पनि एमालेको तर्फबाट स्वतन्त्र उम्मेदवारी पर्न सक्ने सम्भावना छ । एमालेका केही नेताले स्वतन्त्र उम्मेदवारी दिने तयारी गरेको बुझिएको छ ।

वि.सं.२०७९ असोज २३ आइतवार १४:४१ मा प्रकाशित

मत्स्यनारायणमा भक्तजनको घुइँचो

मत्स्यनारायणमा भक्तजनको घुइँचो

काठमाडौँ । आजदेखि पुरुषोत्तम महिना सुरु भएसँगै राजधानीको दक्षिण पश्चिम...

मगर खामभाषा प्रशिक्षक प्रशिक्षण

मगर खामभाषा प्रशिक्षक प्रशिक्षण

म्याग्दी (बेनी) । रघुगङ्गा गाउँपालिकामा सञ्चालित सामुदायिक विद्यालयमा मगर खामभाषाको...

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका...

विवाद बढेपछि भिनाजुले चक्कु प्रहार गरी सालोको मृत्यु

विवाद बढेपछि भिनाजुले चक्कु प्रहार गरी सालोको मृत्यु

काठमाडौँ । चन्द्रागिरि नगरपालिका–३ थानकोटमा महोत्तरीका समी अहमद र जाकिर...

फेदीखोलामा आइटीको लहर : विद्यार्थीका नवप्रवर्तनले देखायो डिजिटल भविष्यको सपना

फेदीखोलामा आइटीको लहर : विद्यार्थीका नवप्रवर्तनले देखायो डिजिटल भविष्यको सपना

स्याङ्जा । “विद्यार्थीको सिर्जना, डिजिटल भविष्यको कल्पना” भन्ने मूल नाराका...

ऊर्जा तथा आपूर्ति शृङ्खलाका अवरोध रोक्न लाग्नुपर्नेमा नेपालको जोड

ऊर्जा तथा आपूर्ति शृङ्खलाका अवरोध रोक्न लाग्नुपर्नेमा नेपालको जोड

काठमाडौँ । नेपालले ऊर्जा तथा आपूर्ति शृङ्खलाका अवरोध रोक्न अन्तरराष्ट्रिय...