Logo
८ आश्विन २०८०, सोमबार
     Mon Sep 25 2023
E-paper
  English Edition
   Unicode
Logo

हरिवंश आचार्य भन्छन्–चुनाबमा हामीबाट प्रचार–प्रसारको आशा नगरिदिनस्



काठमाडौं । कलाकार हरिवंश आचार्यले आगामी मंसिर ४ गते हुने प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनको प्रचार–प्रसारका लागि आफुहरुसँग कुनै आस नगर्न आग्रह गरेका छन् ।

देशमा निर्बाचन नजिकिदै जाँदा मित्र, आफन्त, नाता तथा आत्मिय व्यक्तिहरु उम्मेदवार बन्ने र त्यसबखर आफुहरुसँग चुनाबमा मद्दत गरिदेला वा आफ्नो पक्षमा भोट मागी देला भनेर आसा गर्नु स्वभाविक भएपनि आफुहरु चुनावको प्रचार–प्रसार गर्न नसक्ने बताएका छन् ।

सामाजिक संजालमा आचार्यले लेखेका छन्,
कतिले बिर्सनै नसकिने गुन लगाएका हुन्छन् ।
कति सङ्ग गहिरो मित्रता हुन्छ ।
कति संग नाता गासिएको हुन्छ ।
देशमा जब निर्बाचन नजिकिन्छ । त्यसबखत ति मित्रता, ति नाता र आत्मिय सम्बन्ध गासिँएका ब्यक्तिहरु निर्बाचनमा उमेद्वार बन्दछन् । त्यसबखत हामी सङ्ग केही आशा राख्नु स्बभाबिक हो । मलाई चुनाबमा मद्दत गरिदेला वा मेरो पक्षमा भोट मागी देला भनेर ।
तर हामी सबै राजनितिक दल, सबै उम्मेदवारका साझा मानिस हौ । ब्यालेटबक्समा खसाल्ने मतपत्र को कुन चिन्न रोज्ने भन्ने कुरा स्वविवेक हो ।
तर कसैको पक्षमा भोट माग्न, कसैको प्रचारक हुन सकिदैन यो हाम्रो बाध्यता हो । त्यसैले मित्रता, आत्मियता, नातालाई पबित्र नै राखि चुनाबमा हामीबाट प्रचार प्रसारको आशा नगरिदिन अनुरोध गर्दछु ।’


-->

बेइजिङ । चीन भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्ना चिनियाँ समकक्षीसँग आज द्विपक्षीय

काठमाडौं । हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थानको आसपास र पूर्वमा सरदर

काठमाडौं । आजको नेपाली बजारमा विदेशी मुद्राको विनिमय दर यसप्रकार रहेको छ । राष्ट्र

गण्डकी । नेकपा (एमाले) प्रथम गण्डकी प्रदेश अधिवेशनको तयारीमा जुटेको छ । प्रदेशका ८५

गलकोट (बागलुङ) । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले भूगोल, जनसङ्ख्या र बजेटका आधारमा योजना बनाउँदा