back
CTIZAN AD

दसैंमा लम्जुङ घुम्न गएका सर्लाहीका एक दम्पतीको लेक लागेर मृत्यु

वि.सं.२०७९ असोज २५ मंगलवार

597 

shares

सर्लाही । सर्लाहीको लालबन्दी नगरपालिका–१२, पत्थरकोटका एक दम्पतीको लमजुङको मेमेपोखरीबाट फर्किने क्रममा लेक लागेर मृत्यु भएको छ ।

लालबन्दी नगरपालिका–१२ पत्थरकोटस्थित स्याङ्बो डाँडाका २७ वर्षीय बुद्धिमान योञ्जन र उनकी श्रीमती २६ वर्षीया शर्मिला तामाङको मेमेपोखरी घुमेर फर्किने क्रममा लेक लागेर यही असोज १९ गते दसैँको टीकाको राति मृत्यु भएको हो ।

योञ्जन दम्पतीको शव सोमबार सर्लाही ल्याइएको छ । दोर्दी र मस्याङ्दी गाउँपालिकाको सीमा क्षेत्रमा करिब तीन हजार नौ सय मिटर उचाइको स्याङ्बोमा लेक लागेर उनीहरुको ज्यान गएको जिल्ला प्रहरी कार्यालय लमजुङका प्रहरी नायब उपरीक्षक प्रकाश श्रीमलले जानकारी दिए ।

योञ्जन दम्पतीसँगै गएका बेंसीसहर नगरपालिका–१०, साँधुका १८ वर्षीय करण तामाङको मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको छ ।

करिब चार हजार मिटर आसपास जुम्रोडाँडा क्षेत्रमा ढलेका योञ्जन भोलिपल्ट बिहीबार मृत भेटिएका थिए । उनकी श्रीमती भने हराइरहेकी थिइन् । उनको शव शनिबार फेला परेको थियो । लमजुङको दोर्दी र दूधपोखरी गाउँपालिकाको सिरानमा पर्ने मेमेपोखरी पुग्न लमजुङ सदरमुकाम बेंसीसहरबाट कम्तीमा तीन दिन लाग्छ ।

 

वि.सं.२०७९ असोज २५ मंगलवार १४:१६ मा प्रकाशित

फेदीखोलामा आइटीको लहर : विद्यार्थीका नवप्रवर्तनले देखायो डिजिटल भविष्यको सपना

फेदीखोलामा आइटीको लहर : विद्यार्थीका नवप्रवर्तनले देखायो डिजिटल भविष्यको सपना

स्याङ्जा । “विद्यार्थीको सिर्जना, डिजिटल भविष्यको कल्पना” भन्ने मूल नाराका...

कालीगण्डकी करिडोर : बिस्फोटक पदार्थको प्रयोग गरी सडक विस्तार सुरु

कालीगण्डकी करिडोर : बिस्फोटक पदार्थको प्रयोग गरी सडक विस्तार सुरु

म्याग्दी । चीन र भारत जोड्ने कालीगण्डकी करिडोरअन्तर्गत म्याग्दीको अन्नपूर्ण...

बन्दीपुरमा क्यान्टिलिभर ग्लास स्काइ वाक बन्दै

बन्दीपुरमा क्यान्टिलिभर ग्लास स्काइ वाक बन्दै

दमौली । तनहुँको बन्दीपुर गाउँपालिका–४ मा स्काइपिक एड्भेन्चर पार्क लिमिटेडले...

मकैबारीमा मृत गैँडा भेटियो

मकैबारीमा मृत गैँडा भेटियो

त्रिवेणी (नवलपरासी) । नवलपरासी (बर्दघाट सुस्ता पूर्व) कावासोती नगरपालिका–१ लोकहा...

देवचुलीका ५ विद्यार्थीले  एसइइमामा ल्याए ४ जिपिए, नगरपालिकाले जनही ३० हजारसहित सम्मान गर्ने

देवचुलीका ५ विद्यार्थीले एसइइमामा ल्याए ४ जिपिए, नगरपालिकाले जनही ३० हजारसहित सम्मान गर्ने

नवलपुर । देवचुली नगरपालिका ले माध्यमिक शिक्षा परीक्षा (SEE) २०८२...

जलवायु परिवर्तनको प्रभावले यार्सागुम्बा उत्पादन घट्दै

जलवायु परिवर्तनको प्रभावले यार्सागुम्बा उत्पादन घट्दै

मनाङ । विगतमा हिमाली जिल्लाका बासिन्दाका लागि यार्सागुम्बा ‘सुन फल्ने...