back
CTIZAN AD

बाँकेमा दुई सङ्घीयमन्त्रीसहित ९९ जनाको उम्मेदवारी, हेर्नुहोस् क–कसले दिए त उम्मेदवारी ?

वि.सं.२०७९ असोज २५ मंगलवार

579 

shares

नेपालगञ्ज । बाँकेको तीन प्रतिनिधिसभा सदस्य र छ प्रदेशसभा सदस्यका लागि दुई सङ्घीयमन्त्रीसहित ९९ जनाको उम्मेदवारी परेको छ ।

जिल्लाको निर्वाचन क्षेत्र नं २ मा सबैभन्दा वढी प्रतिनिधिसभाका लागि १६ र प्रदेशसभा सदस्यका लागि २४ जनाले उम्मेदवारी दिएको मुख्य निर्वाचन अधिकृत धनसिंह महराले जानकारी दिए ।

नेपालगञ्ज बजारसमेत रहेको यस क्षेत्रमा भौतिक पूर्वाधार तथा यातायातमन्त्री मोहम्मद इस्तियाक राई जनता समाजवादी पार्टीकोतर्फबाट र नेकपा (एमाले) को समर्थनमा राप्रपाका डा धवलशम्शेर राणा, नेपाली कांग्रेसबाट सुदीपनरसिंह राणाबीच प्रतिस्पर्धा हुनेछ । शिवसेना नेपालबाट दीवाकर शर्मा खनालले पनि उम्मेदवारी दर्ता गराएका छन् ।

प्रदेशसभामा उम्मेदवारी परेका २४ मध्ये प्रदेश (क) मा १२ र प्रदेश (ख) मा १२ जनाले उम्मेदवारी दिएका छन् । निर्वाचन क्षेत्र नं १ मा २८ जनाको उम्मेदवारी परेको छ । प्रतिनिधिसभाका सदस्यका लागि ११ र प्रदेशसभा सदस्यका लािग १७ जनाले उम्मेदवारी दिएका छन् ।

उक्त निर्वाचन क्षेत्रमा युवा तथा खेलकुदमन्त्री महेश्वर गहतराज (अथक)ले गठबन्धनकोतर्फबाट उम्मेदवारी दर्ता गराएका हुन् । मन्त्री गहतराज नेकपा (माओवादी केन्द्र)को नेतासमेत हुन् । निर्वाचन क्षेत्र नं ३ मा ३१ जनाको उम्मेदवारी परेको छ । प्रतिनिधिसभा सदस्यका लागि १० र प्रदेशसभा सदस्यका लागि २१ जनाले उम्मेदवारी दिएका छन् । प्रदेशको (क) मा ९ र (ख) मा १२ जना छन् । ।

महिला सहभागिता न्यून

बाँकेको तीन प्रतिनिधिसभा सदस्य र छ प्रदेशसभा सदस्यका लागि हुने निर्वाचनमा महिला सहभागिता न्यून देखिएको छ ।

बाँकेको निर्वाचन क्षेत्र नं १ मा प्रतिनिधिसभा सदस्यका लागि नेपाली कांग्रेस बिपीबाट कुन्ति शर्मा र प्रदेशसभा सदस्यका लागि १(ख) बाट कृष्ण केसीको उम्मेदवारी परेको सहायक निर्वाचन अधिकृत सन्दीप ढकालले जानकारी दिए । निर्वाचन क्षेत्र नं २ मा स्तन्त्रतर्फ एक महिला उम्मेदवार छन् । निर्वाचन क्षेत्र नं ३ मा महिला सहभागिता शून्य रहेको निर्वाचन अधिकृत प्रकाशबहादुर भण्डारीले जानकारी दिए ।

 

वि.सं.२०७९ असोज २५ मंगलवार १४:११ मा प्रकाशित

घरवासको आनन्द लिन रामकोट जाने कि !

घरवासको आनन्द लिन रामकोट जाने कि !

रामकोट (बन्दीपुर) । तनहुँ बन्दीपुर गाउँपालिका–३ स्थित रामकोट गाउँ पर्यटकका...

नेपाल स्वयमसेवी रक्तदाता समाज तिलोत्तमाको साधारणसभा सम्पन्न

नेपाल स्वयमसेवी रक्तदाता समाज तिलोत्तमाको साधारणसभा सम्पन्न

काठमाडौं । नेपाल स्वयंसेवी रक्तदाता समाज तिलोत्तमा शाखाको पाँचौ वार्षिक...

तस्बिरमार्फत गुल्मी चिनाउँदै दिनेश

तस्बिरमार्फत गुल्मी चिनाउँदै दिनेश

तम्घास (गुल्मी) । सदरमुकाम तम्घासमा यही वैशाख ११ देखि गुल्मी...

तीस दिनभित्र सम्पर्कमा आउन भूमिहीनलाई महानगरको अनुरोध

तीस दिनभित्र सम्पर्कमा आउन भूमिहीनलाई महानगरको अनुरोध

वीरगञ्ज (पर्सा) । वीरगञ्ज महानगरले यहाँको मुल सडक विस्तारको क्रममा...

लुम्बिनी प्रदेशमा चैते धानखेतीको क्षेत्रफल घट्दै

लुम्बिनी प्रदेशमा चैते धानखेतीको क्षेत्रफल घट्दै

लुम्बिनी । लुम्बिनी प्रदेशका तराईका जिल्लामा चैते धानखेतीमा किसानको आकर्षण...

बबईमा पुल नहुँदा सर्वसाधारणलाई सास्ती

बबईमा पुल नहुँदा सर्वसाधारणलाई सास्ती

दाङ । बबई गाउँपालिका वडा नं. १ र ५ लाई...