back
CTIZAN AD

नेपाल टेलिकमलाई सञ्चारमन्त्रीको निर्देशन

वि.सं.२०७३ चैत १७ बिहीवार

993 

shares

१७ चैत,काठमाडौँ  । सूचना तथा सञ्चारमन्त्री सुरेन्द्रकुमार कार्कीले वर्तमान चुनौतीको सामना गर्दै कम्पनीको पक्षमा काम गर्न नेपाल टेलिकमका कर्मचारीलाई निर्देशन दिनुभएको छ ।

नेपाल टेलिभिजन कर्मचारी युनियनको दोस्रो केन्द्रीय परिषद्को यहाँ आज उद्घाटन गर्दै उहाँले पछिल्लोपटक नेपाल टेलिकम सामुन्ने चुनौती बढ्दै गएको अवस्थामा सङ्गठित हुँदै कम्पनीलाई अझै बलियो बनाउनेतर्फ केन्द्रित हुन कर्मचारीलाई निर्देशन दिनुभयो ।

सरकारका प्रवक्तासमेत रहनुभएका मन्त्री कार्कीले एउटै कम्पनीभित्र धेरै प्रकारका थरीथरी सङ्गठन खोल्ने र काम नगर्ने संस्कारको अन्त्य गर्नुपर्ने र सकेसम्म एउटै सङ्गठन बनाएर एकीकृत रूपमा आर्थिक पहिचानसहितको सङ्गठन बनाउनु उपयुक्त हुने बताउँदै कुनै पनि सङ्घसंस्था वा कम्पनीभित्र खोलिएका सङ्गठनले कर्मचारीको हकहितका साथसाथै संस्था वा कम्पनीलाई प्रभावकारी रूपमा अगाडि बढाउनुपर्छ भन्नुभयो ।
टेलिकमकी प्रबन्ध निर्देशक कामिनीराज भण्डारीले नेपाल टेलिकम कमजोर हुँदैछ भन्ने हल्ला मात्र भएको भन्दै टेलिकमलाई अझै सुधार गर्नका लागि नयाँनयाँ कार्यक्रम ल्याउने तयारी भइरहेको जानकारी दिनुभयो ।

कर्मचारीको हकहितकासाथै कम्पनीको उन्नतिका लागि २०६३ सालमा युनियनको स्थापना गरिएको अध्यक्ष राजकुमार मेहताले जानकारी दिनुभयो । रासस

वि.सं.२०७३ चैत १७ बिहीवार १३:१९ मा प्रकाशित

पैदल यात्रीको मृत्यु

पैदल यात्रीको मृत्यु

जलेश्वर (महोत्तरी) । जिल्लाको सदरमुकाम जलेश्वरमा आज बिहान यात्रुवाहक बसले...

असिनाको असरः ‘बुद्धचित्त’को गुणस्तर खस्कनेमा किसानको चिन्ता

असिनाको असरः ‘बुद्धचित्त’को गुणस्तर खस्कनेमा किसानको चिन्ता

काभ्रेपलाञ्चोक । रोशी गाउँपालिका–३ साँझकोटका गणेशबहादुर राउतलाई यसपालि बहमूल्य मानिएको...

नेपाल टेलिकमको फोरजी सेवा : ७५० स्थानीय निकायसम्म

नेपाल टेलिकमको फोरजी सेवा : ७५० स्थानीय निकायसम्म

काठमाडौँ । नेपाल टेलिकमले डोल्पा जिल्लाको छार्का ताङसोङ गाउँपालिकाको केन्द्र...

पर्यटकको रोजाइमा कोशी टप्पु

पर्यटकको रोजाइमा कोशी टप्पु

पर्यटकको रोजाइमा कोशी टप्पुधरान (सुनसरी) । आर्थिक वर्ष २०८१ ÷/८२...

विषाक्त खानाले एउटै परिवारका चार जना बिरामी, एकको अवस्था गम्भीर

विषाक्त खानाले एउटै परिवारका चार जना बिरामी, एकको अवस्था गम्भीर

गाईघाट (उदयपुर) । त्रियुगा नगरपालिका–१२ स्थित साधना टोलमा विषाक्त खानाले...

१२४ सवारी दुर्घटनामा, १२ जनाको मृत्यु

१२४ सवारी दुर्घटनामा, १२ जनाको मृत्यु

काठमाडौँ । गत वैशाख महिनामा देशभरमा मादक पदार्थ सेवन (मापसे)...