back
CTIZAN AD

आर्चरीमा चार स्वर्णसहित गण्डकी अग्रस्थानमा

वि.सं.२०७९ कात्तिक २ बुधवार

558 

shares

अन्नपूर्ण (कास्की) । नवौंँ राष्ट्रिय खेलकुद अन्तर्गत आर्चरी प्रतियोगितामा गण्डकी अग्रस्थानमा छ । गण्डकी प्रदेशले आर्चरीमा चार स्वर्ण जितेको छ । विभागीय टोली नेपाल आर्मीले दुई स्वर्ण जित्दा सशस्त्र प्रहरीले एक स्वर्ण जितेको छ । आर्चरीमा तीन विधामा कूल १३ स्वर्णमध्ये सात स्वर्णको छिनोफानो मङ्गलबार भएको हो ।

गण्डकीले थप दुई रजत जित्यो भने एउटा कास्य हात पार्न सक्यो । आर्मीले थप चार कास्य पदक प्राप्त गरेको छ । एपीएफले एक रजत, दुई कास्य जित्यो । यस्तै, नेपाल पुलिस एक रजत, एक कास्यमा सीमित रहँदा प्रदेश १ ले एक रजत र सुदूरपश्चिमले एक रजत जित्न सक्यो ।

नवौंँ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत आर्चरी खेलमा गण्डकीले रिकर्भ मेन टिम, रिकर्भ मिक्स टिम, कम्पाउण्ड मेन टिम र स्टान्डर्ड मेन टिममा स्वर्ण जितेको हो । नेपाल आर्मीले स्टान्डर्ड वुमन टिम र स्टान्डर्ड मिक्स टिममा स्वर्ण पदक आफ्नो पोल्टामा पार्दा एपिएफले कम्पाउण्ड मिक्स तर्फ स्वर्ण हात पारेको हो । रिकर्भ मेन टिममा गण्डकीले नेपाल पुलिसलाई फाइनलमा सोझो सेटले जित्यो । अशिम शेरचन, गङ्गा कुँवर, देउ रोक्का, लुद्र राना मगरको समूहले पुसिलको टिमलाई ३–० स्कोरले जितेका हुन् । तेस्रो स्थानमा रहेको एपीएफले सुदूरपश्चिमलाई पराजित ग¥यो ।

रिकर्भ मिक्स टिमतर्फ गण्डकीले एपीएफलाई ५–३ स्कोरले पराजित गरेको हो । एपिएफको विराट थापा र गीता खत्रीको जोडीलाई गण्डकीका गङ्गा कुँवर र रोजिना थापा मगरको जोडीले ४–२ स्कोरले पराजित गरेका हुन् । आर्मीले प्रदेश १ लाई हराउँदै कास्य जित्यो । कम्पाउण्ड मेन टिम तर्फ गण्डकी प्रदेशले एपीएफलाई पराजित गरेको हो ।

योगेन्द्र शेरचन, जागृत गुरुङ, खेमबहादुर क्षेत्री, युवराज लामा सम्मिलित टिमले एपीएफलाई १४४–१४१ स्कोरले हरायो । आर्मीले सुदूरपश्चिमलाई पराजित गर्दै कास्य पदक हात पारेको हो । स्टान्डर्ड वुमन टिम नेपाल आर्मीले प्रदेश १ लाई ६–० को सोझो तीन सेटमा हराएको हो । आर्मीका लागि शारदा विक, सरु तमाङ, खड्गकुमारी थापा मगर र तुलसी थापा मैदानमा उत्रिएका थिए ।

यस्तै, गण्डकीले एपीएफलाई पराजित गर्दै कास्यमा सीमित भयो । गण्डकीका तर्फबाट अनुष्का शेरचन, सोलिना गुरुङ र शर्मिला गुरुङले खेलेका थिए । स्टान्डर्ड मिक्स टिमतर्फ पनि आर्मीले स्वर्ण जित्दा गण्डकीलाई सोझो तीन सेटमा हराएको हो । आर्मीका तर्फबाट प्रदीप सुनुवार र शारदा विक तथा गण्डकीका तर्फबाट दुर्गा घर्ती मगर र अनुष्का शेरचन खेलेका थिए । एपीएफले प्रदेश १ लाई हराउँदै कास्य जित्यो ।

कम्पाउण्ड मिक्स टिममा एपीएफले गण्डकी प्रदेशलाई १४७–१३० स्कोरले हराउँदै स्वर्ण जित्यो । सुदूरपश्चिमले वाकओभर दिँदा आर्मीले कास्य जित्यो । स्टान्डर्ड मेन टिमतर्फ गण्डकीले सूदरपश्चिमलाई सोझो तीन सेटमा हरायो । नेपाल पुलिसले प्रदेश १ लाई हराउँदै कास्य जित्यो । आर्चरीमा अन्तिम दिन आज ६ वटा स्वर्णका लागि खेल हुनेछ ।

वि.सं.२०७९ कात्तिक २ बुधवार १६:३४ मा प्रकाशित

आन्तरिक राजस्व कार्यालयद्वारा २७ अर्ब राजस्व सङ्कलन

आन्तरिक राजस्व कार्यालयद्वारा २७ अर्ब राजस्व सङ्कलन

चितवन । आन्तरिक राजस्व कार्यालय भरतपुरले गत आर्थिक वर्षमा रु...

त्रियोग अन्तरविद्यालय चेस प्रतियोगिता बुधबारदेखि, करिब ६ सय खेलाडी प्रतिस्पर्धामा

त्रियोग अन्तरविद्यालय चेस प्रतियोगिता बुधबारदेखि, करिब ६ सय खेलाडी प्रतिस्पर्धामा

काठमाडौं । त्रियोग हाइ स्कुलको आयोजनामा छैटौँ त्रियोग अन्तरविद्यालय चेस प्रतियोगिता...

एसियाली खेलकुद तयारीका लागि राहुल र तेन्जिङ थाइल्यान्ड प्रस्थान

एसियाली खेलकुद तयारीका लागि राहुल र तेन्जिङ थाइल्यान्ड प्रस्थान

काठमाडौं । नेपालको राष्ट्रिय गल्फ टोलीका खेलाडी राहुल विश्वकर्मा र...

पदक विजेता टेबलटेनिस खेलाडी थाइल्यान्ड प्रस्थान

पदक विजेता टेबलटेनिस खेलाडी थाइल्यान्ड प्रस्थान

काठमाडौं । सातौं इटिटी टेबलटेनिस प्रतियोगिता तथा ४२ औं राष्ट्रिय...

अण्डाको मूल्य बढ्यो, किसानको लागत भने बढेन

अण्डाको मूल्य बढ्यो, किसानको लागत भने बढेन

चितवन । ‘बर्डफ्लु’को प्रभावका कारण गिरावट आएकोे अण्डाको मूल्य बढ्न...

२४ घण्टामा ६६ वटा विपद्मा घटना, २ जनाको मृत्यु १३ जना घाईते

२४ घण्टामा ६६ वटा विपद्मा घटना, २ जनाको मृत्यु १३ जना घाईते

काठमाडौँ । पछिल्लो २४ घण्टामा देशभर विपदका ६६ वटा घटना...