Logo
३ भाद्र २०७९, शुक्रबार
     Fri Aug 19 2022
E-paper
  English Edition
   Unicode
Logo

लुटेराले झन्डै घाँटी तानेर मारेका थिए



ujjwal-thakuri-1

काठमाडौँमा जन्मिए पनि १६ वर्ष देखि अमेरिकालाई कर्मभूमि बनाउँदै आएका उज्जवल ठकुरी अमेरिकी नेपालीहरु बीच चर्चित नाम हो । उनले अमेरिकामा आफ्नो क्षमता प्रदर्शन गरेर आफ्नो मात्र होइन देशकै नाम स्थापित गराएका छन् । कराते खेलाडीको ब्ल्याक बेल्ट रुपमा आफ्नो पहिचान बनाएका ठकुरीले उत्कृष्ट खेल प्रदर्शन गरेर अन्तर्राष्ट्रियस्तरमा नेपाल र नेपालीको सान बढाएका छन् । भर्जिनिया राज्यमा रहँदै आएका ठकुरी आफूले आफ्नै स्वास्थय र देशको गौरवका लागि खेलेको बताउँछन् ।

प्रतिस्प्रद्धा समुहमा उज्ज्वलले दाँतले ४० पौण्ड, छातीमा २० पौण्डको ज्याकेट लगाई खुट्टा फटाएर १ मिनट भित्र २० वटा १ इन्चको काठको टायल फोड्न सफल भएका छन् । पहिलो पटक खुकुरी काता प्रदर्शनको साथै दाँतद्वारा १ सय ४० पाउण्ड उठाएका उनको नाम गिनिज बुक वोल्र्ड रेकर्डका लागि सिफारिस भएको छ । आफ्नो रेकर्डले गिनिज बुकमा दर्ता पाउनेमा आशा व्यक्त गर्दछन् । अमेरिकाको दक्षिण क्यारोलिनमा भएको ४३ औ युनिर्भसल मार्टियल आर्टस प्रतियोगितामा उनले पहिलो पटक खुकुरी काता आफै सिर्जना गरी प्रस्तुत गरेका थिए । उनै व्यक्तित्वसँग विजय थापाको सहयोगमा गरिएको कुराकानी :

अमेरिका कसरी प्रवेश गर्नुभयो ?
अमेरिका भिसा लिएरै छिरेको हो देशको राजनीतिक परिस्तिथि, माओवादीको त्यत्तिखेर त्रास र चर्को आतंक थियो । कि उनीहरुसँग मिल्नु पर्थ्यो कि दुस्मनी लिनु पर्थ्यो । म पनि यसैको डरले अमेरिका हिडेँ ।

अमेरिका जानु अघि नेपालमा पनि प्रतियोगितामा भाग लिनुभएको थियो ?
शितेरियो करातेमा ट्रेनिङ गर्थेँ, तर मैले एउटा टोलको खेल पनि नेपालमा जितेको छैन । भाग नै लिन्न थिएँ भने जित्ने कसरी ? अमेरिका आएर ब्रुस्लीको असर पर्यो । ब्रुस्लीले नि अमेरिका आएर जितेका थिए  ।  केहि खेल र उनी आफ्नो उत्पादनमा विश्वमा प्रख्यात भए । मैले नि यसरी नै निर्माण गर्ने निधोले अगाडी बढेँ । अगाडी बढ्ने क्रममा मलाई अमेरिकामा लुटेराद्वारा ठुलो आक्रमण भयो । दुइ जना थिए । झन्डै घँटी तानेर मारेका थिए । ति दुइ लुटेरा अरु १४ वोटा मुद्दा खेपेका फरार व्यक्ति थिए । मेरा कारण त्यो लुटेरा पक्राउ परेपछि पुलिसद्वारा धन्यबाद पाएँ । त्यो घटनाको केहि हप्ता पछि मैले घाँटीको कसरत गर्दै गर्दा भारि उठाउने खेल खेलेँ । त्यक्ति मात्रले चित्त बुझेन कराँते बन्ने बित्तिकै एउटा इतिहास बनाउने कसम लिएँ ।

ujjwal-thakuri-2कराँते खेल नै किन रोज्नुभयो ?
म कराते क्षेत्रको भएर । अमेरिकामा मैले धेरै खेलहरु हेरे । मेरो सोच जाग्यो यदि मैले यहाँ विश्वको न १ देशमा पदक हान्न सकेँ भने त विश्वमा मेरो देशको नाम चम्किनो रहिछ भनेर अगाडी बढे । र लगातार जित्दै गएँ । म एक यस्तो खेलाडी हो कराते खेलाडी भएर तेक्वान्दो खेलमा समेत गोल्ड मेडल ट्रफी प्राप्त गर्न सफल भएँ । मैले ब्रेकिङ्ग खेलमा कुरोबुसी विश्व च्याम्पियन कराते खेल नोर्थ क्यारोलिनामा प्रथम पदक हासिल गरे । ब्याटल अफ बाल्टिमोर मेरील्याण्डमा अफिसियल वोल्र्ड टाइटल बेल्ट पनि हासिल गरे । गत मार्च २४ र २५ मा अमेरिकाको फिलाडेल्फियामा भएको अमेरिकी अन्तर्राष्ट्रिय खेलकुद प्रतियोगितामा आफुले उत्पादन गरेको फांग कातामा स्वर्ण पदक तथा खुकुरी कातामा रजत पदक हासिल गरेको छु । अहिले सम्म पाँच खेल निर्माण गरेकोमा तिन वटा खेलमा अन्तर्राष्ट्रिय पदक हात प्राप्त गर्ने सम्भवत म नै पहिलो नेपाली हुँ ।

तपाईको सफलताको श्रेय कसलाई दिन चाहनुहुन्छ ?
म मेरो जन्म दिने आमाबुलालाई धेरै धन्यवाद दिन चाहन्छु जसको रगतमा यत्रो शक्ति रहिछ । विश्वमा कराँते क्षेत्रमा आफ्नो तरिका उत्पादन गरेर पदक हान्न सफल भएँ ।

प्रतियोगिताका लागि आफूलाई कसरी तयार गर्नुहुन्छ ?
म ‘अमेरिकन मारिन गोजु कराते’ को सेकेन्ड दान प्राप्त खेलाडी भएकोले ट्रेनिंग गर्न गारो छैन । म आफै निर्माणको लागि नया प्रशिक्षण गर्छु । जसको परिणाम आज मैले वेनडेम इस्टाइल १४० पौण्ड वेइत् लिफ्टको निर्माण, खुकुरी फांग कताको निर्माण, खाली हात फांग काताको निर्माण  गरेको छु । यत्रो खेल मैले आफ्नै खर्च गरेर निर्माण गरेँ । अमेरिकामा कसैसंग एक पैसाको सहयोग पाइन र मागिन पनि । एएनएले पचासौ हजार खर्च गरेर नेपालमा टोले फुटबल खेल खेल्न लगे । हारेर आए त्यो हेरेर दुःख लाग्यो । खेलाडी देखि हैन त्यस्ता संस्थाहरु देखि जसले बालुवामा पानि हाले तर टल्केको हिरा देखेन ।

अमेरिकाको व्यस्त राज्यमा आफ्नो काम र प्राक्टिसका लागि कसरी समय समायोजन गर्नुहुन्छ ?
खाने मुखलाई जुंगाले छेक्दैन । देश र देशको झन्डाको लागि समय निकाल्न चाहे निकाल्न सकिन्छ । अरुले सहयोग गर्ला र म गरुँला हैन कि म आफै केहि गर्छु भनी सोच हुनु पर्यो । यहि सोच लिएर अगाडी बढेँ । हो मैले अमेरिकामा पैसा कमाउन सकिन तर मैले मेरो देशको नाम पनि झुक्न दिइन यहि नै मेरो धन हो, यहि नै मेरो शक्ति । म यसैमा सन्तुस्ट छु । अझै केहि वर्ष अगाडी बढ्ने छु ।

विदेशमा नेपाली झण्डा उचाल्दा कस्दो अनुभव गर्नुहुन्छ ?
मैले मेरो देश उचालेको जस्तो अनुभव भयो । सर्ब श्रेष्ठ हिमाल टापू चम्केको महसुस भयो । नेपाल आमाको दुधमा संसार जित्ने शक्ति रहिछ भन्ने महशुस भयो ।

कति उपाधि प्राप्त गर्नुभएको छ ?
हाल सम्म १५  स्वर्ण, ५ रजत तथा ४ काश्य पदक सहित २४ वटा पदक हात पारेको छु । मार्टियल आर्टस गोजु भर्जिनियाबाट दुईवटा ब्ल्याक बेल्ट प्राप्त गरेको छु ।

तपाईको प्रतिभा वल्र्ड रेकर्डको लागि सिफारिस भएको छ, तपाईको रेकर्डले वल्र्ड रेकर्ड दर्ता पाउनेमा कतिको आशा वादी हुनुहुन्छ ?
निकै आशावादी छु । गिनिजको रिपोर्ट हेर्दा अरु कसैको अप्लिकेसन देखिन्दैन । म नै प्रथम व्यक्ति देख्छु । तर त्यसका लागि पहल गर्नु जरुरि देखिन्छ । तपाईहरु सबैले आवाज उठाउनु पर्यो । यो गिनिज बुकमा नाम दर्ताका लागि तुरुन्तै संघसंस्था सबैको सहयोग चाहिएको छ  । १००० डलर प्रिमियन तिर्नु पर्दछ । यसमा सबैको सहयोग प्राप्त भए निर्णय चाँँडो माग्न सकिन्छ । सहयोग गर्नेमा अमेरिकाका संघसंस्थाले केहि सोच्लान् की  !

तपाई देशका लागि आवश्यक परे के गर्न सक्नुहुन्छ ?
देशको नाम र झन्डाको लागि दाँत र घाँटी केहि हैन भन्दै आवस्यक परे ज्यान नै दिन सक्छु । सुनलाई जति पिट्यो त्यति नै चम्किने हुन्छ । मानिसको शरीरलाई जति कसरत गर्यो त्यतिनै बलियो हुने रहेछ ।

ujjwal-thakuri-3तपाई राष्ट्रकै सान भएर बाँच्नु पर्ने व्यक्ति विदेशीँदा कस्तो अनुभव गर्नुहुन्छ ?
पैसा मैले कमाएको छैन। १५ वर्ष अमेरिका बसाइमा मेरो बेंकमा ५०० डलर पनि छैन । तर नेपाल आमाको दुधमा ठुलो शक्ति छ भनेर चिनाउन पाएँ, यो नै मेरो धन हो । मैले देशको गौरव बढाउँदै विभिन्न ९ राज्यमा सफलता प्राप्त गरी नेपालको झण्डा फहराउन सफल भएको छु । यो नै मेरो लागि सबैभन्दा उपलब्धि हो । यो उपलब्धिलाई सबैसँग बाँड्न पाउँदै निकै खुशी लाग्छ । १० राज्य पु¥याउन अब सिर्फ एक राज्य खेल्न बाँकि छ । १० राज्य खेले बापत मेरो अर्को नयाँ किर्तिमान हुन्छ । म एक सिर्फ एक मात्र अमेरिकाकाको १० राज्य खेल्ने कराँते खेलाडीमा म चिनिन चाहन्छु ।

कराँते खेलमा आउन चाहने आउँदो पुस्तालाई के भन्न चाहनुहुन्छ ?

अमेरिकामा बसेर खेलको किर्तिमान गरि देशका आउँदो पुस्तालाई खेलकुदप्रति जागृत गराउन, खेलकुदप्रति सद्भावना तथा आकर्षण गराउन सक्ने प्रयास गर्नेछु

कराँते खेलप्रति राष्ट्रले कस्तो भूमिका निर्वाह गर्नु पर्दछ भन्ने सुझाव दिन चाहनुहुन्छ ?
खेलकुद मा धेरै राजनीति देखे । त्यो राजनीतिले मैले पहिला खेल क्षेत्र छोडेको थिए अहिले नि उस्तै । एउटा खेलाडीले अर्को खेलाडीलाई जितेको हेर्न नसक्ने । एउटा गुरुले अर्को गुरुको चेलोलाई थर्काउने । खेलाडी सानो होस् या ठुलो उसको सम्मान हुन जरुरि छ । को खेलाडी कम्जोर र को खेलाडी राम्रो भन्न सकिदैन। उदाहरण म आफै हेर्नुस । नेपालमा रहँदा टोले गेम नजितेको मान्छे म उज्ज्वल ठकुरी आज अमेरिका थकाएउन सफल भएको छु । कुनै पनि देशमा बसेर खेल जितेर राष्ट्र चिनाउने खेलाडीहरुलाई राज्यले सम्मान गर्नु जरुरि छ । खेल क्षेत्रलाई राजनीति बनाउनु भएन । कसैको परिवार धनि भए वा नेताको चाकडी गर्नेलाई सम्मान प्राप्त हुने नभए वास्ता नगर्ने गर्दा देशले राम्रो खेलाडीको मन दुख्छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौँ । वैदेशिक रोजगारीका लागि नेपाली युवा लाखौँ खर्चन बाध्य रहेको अवस्थामा मलेसियामा रहेको

दमौली । तनहुँको शुक्लागण्डकी नगरपालिका–२ कोत्रेस्थित गुहेखोलामा माछा मार्ने क्रममा करेन्ट लागेर बिहीबार बाबु–छोराको

काठमाडौं । आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेकोछ । राष्ट्र बैंकको विदेशी