back
CTIZAN AD

‘झारफुकमा भर पर्दा सुत्केरीको ज्यान गयो’

वि.सं.२०७३ चैत १८ शुक्रवार

1.1K 

shares

१८ चैत, रोल्पा । समयमै स्वस्थ्य संस्था नजाँदा आज पश्चिम रोल्पाकी एक सुत्केरीको मृत्यु भएको छ ।

मृत्यु हुनेमा दुईखोली गाउँपालिका–७ कुरेलीका २० वर्षीया बिमला रोका रहेको जिल्ला अस्पताल रोल्पाले जनाएको छ ।

सुत्केरी व्यथा लागेको तीन÷चार दिनसम्म गाउँमा धामी झाँक्रीले झारफुक गर्दा सञ्चो नभएपछि बिमलालाई अस्पताल ल्याइएको थियो । उपचारका लागि अस्पताल ल्याउँदा आमा वेहोस तथा पेटमा भएको शिशुको ज्यान गइसकेको जिल्ला अस्पतालका सिनियर अहेव कुलबहादुर डाँगीले बताउनुभयो ।

गर्भावस्थामा हुने ‘इक्लाम्प्सिया’ को कारणले आमाको मृत्यु भएको अहेव डाँगीले जानकारी दिनुभयो । “समयमै बिरामीलाई स्वास्थ्य संस्थामा पु¥याएको भए बचाउन सकिन्थ्यो”– उहाँले भन्नुभयो ।

जिल्लाका सबै स्वास्थ्य केन्द्रमा ‘बर्थिङ सेन्टर’को सुविधा रहेको तथा जिल्ला अस्पतालमा समेत शल्यक्रिया सेवा उपलव्ध भए पनि चालू आवमा दुई गर्भवतीको ज्यान गएको जिल्ला अस्पतालले जनाएको छ ।

वि.सं.२०७३ चैत १८ शुक्रवार ०२:४१ मा प्रकाशित

बर्खायाममा सडक विस्तारको कामले आवातजावतमा सास्ती

बर्खायाममा सडक विस्तारको कामले आवातजावतमा सास्ती

बागलुङ । बागलुङको ढोरपाटन आउने स्थानीय तथा पर्यटकहरुले आवातजावतमा सास्ती भोग्नुपरेको...

सुदूरपश्चिम दूध उत्पादनमा आत्मनिर्भर बन्दै, बजारमा भने समस्या

सुदूरपश्चिम दूध उत्पादनमा आत्मनिर्भर बन्दै, बजारमा भने समस्या

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेश दूध उत्पादनमा आत्मनिर्भरतातर्फ उन्मुख बनेको छ...

गड्यौला मल उत्पादनले दैनिकी बदलिएका किसानहरु

गड्यौला मल उत्पादनले दैनिकी बदलिएका किसानहरु

दाङ । सुलोचना शेर्पाको दैनिकी बदलिएको छ । गड्यौला मल...

जलेको कारबाट शव निकालियो

जलेको कारबाट शव निकालियो

काठमाडौँ । काठमाडौँको कीर्तिपुर नगरपालिका–१ ट्याङ्लाफाँटमा आज बिहान एक कारमा...

बालकलाई बचाउने क्रममा अटो दुर्घटना हुँदा चालकसहित ६ जना घाइते

बालकलाई बचाउने क्रममा अटो दुर्घटना हुँदा चालकसहित ६ जना घाइते

नवलपरासी (पश्चिम) । नवलपरासी (पश्चिम)को बर्दघाट नगरपालिका–४ स्थित पूर्व–पश्चिम राजमार्गमा...

छब्बीस हजार ४४५ मुद्दा फैसला गर्न बाँकी

छब्बीस हजार ४४५ मुद्दा फैसला गर्न बाँकी

काठमाडौँ । जिल्ला अदालत काठमाडौँले आर्थिक वर्ष २०८२/८३ मा २६...