back
CTIZAN AD

अक्षयकोषका लागि विद्यार्थीहरुले भैलो खेलेर उठाए ४ लाख बढी रकम

वि.सं.२०७९ कात्तिक १४ सोमवार

708 

shares

भरतपुर । चितवनका मगर विद्यार्थीले तिहारमा देउसीभैलो खेलेर रु चार लाख ५० हजार सङ्कलन गरेका छन् । मगर विद्यार्थी अक्षयकोष स्तरोन्नतिका लागि तिहारको अवसरमा देउसीभैलो कार्यक्रम गरिएको हो ।

नेपाल मगर विद्यार्थी सङ्घ चितवन र नेपाल मगर सांस्कृतिक सङ्घ जिल्ला समिति चितवनको आयोजनामा कात्तिक ७ गते देखि १२ गतेसम्म देउसीभैलो खेलिएको थियो । सङ्कलन भएको रकमको ५० प्रतिशत जिल्लाको मगर विद्यार्थी अक्षयकोष र ५० प्रतिशत मगर विद्यार्थी सङ्घमा राखिने आयोजकले जनाएको छ ।

मगर विद्यार्थी अक्षयकोषका सचिव मिलन थापामगरले अक्षयकोषबाट बर्सेनि जेहेन्दार, विपन्न, प्रतिभाशाली बालबालिकालाई छात्रवृत्ति र शैक्षिक सामग्री सहयोग गर्दै आएको बताए । कोषको स्तरोन्नतिले थप सहयोग मिल्ने उनको भनाइ छ । उनले भने, “२०७५ सालमा जिल्लामा करिब रु पाँच लाखको अक्षयकोष स्थापना भएको हो, यसको ब्याजले प्रत्यक वर्ष ३०–३५ जनालाई शैक्षिक सामग्री सहयोग गर्छौं भने केहीलाई छात्रवृत्ति दिँदै आएका छौँ ।”

संस्कार, संस्कृति, परम्परा संरक्षणसहित अक्षयकोष स्तरोन्नतिका लागि गरिएको यस देउसीभैलो कार्यक्रममा चुट्का, कौडा, सोरठीजस्ता गीत र नृत्यमा कलाकारले प्रस्तुति दिएका थिए । देउसीभैलो कार्यक्रम भूँयरथान मगर समाज, जखडीमाई मगर समाज भरतपुर १२, ज्ञानोदय मगर समाज भरतपुर ९, सूर्योदय मगर समाज भरतपुर ८, चन्द्रएकता मगर समाज क्षेत्रपुर, मगर सङ्घ कालिका नगर समिति, सोनी लाफा मगर समाज खैरेनी ३, मगर उत्थान समाज राप्ती ७, मगर समाज दिव्यनगर भरतपुर २६, मगर समाज शारदानगर भरतपुर २०, मगर समाज मुग्लिनसहित १९ ठाउँमा गरिएको थियो ।

वि.सं.२०७९ कात्तिक १४ सोमवार ०८:११ मा प्रकाशित

पोखरा बसपार्कका ३२० सटर हटाइयो

पोखरा बसपार्कका ३२० सटर हटाइयो

कास्की । पोखराको पृथ्वीचोकस्थित प्रस्तावित बसपार्कको जग्गामा अनधिकृत रूपमा बनाइएको...

कति छ आजको नेपाली बजारमा विदेशी मुद्राको विनिमयदर ?

कति छ आजको नेपाली बजारमा विदेशी मुद्राको विनिमयदर ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (आइतबार) का लागि विदेशी...

पर्यटकको खचाखचले अन्नपूर्ण गुल्जार बन्यो अन्नपूर्ण आधार शिविर

पर्यटकको खचाखचले अन्नपूर्ण गुल्जार बन्यो अन्नपूर्ण आधार शिविर

सन्तोष गौतम, म्याग्दी । सोह्र वर्षअघिसम्म गुमनाम अन्नपूर्ण हिमालको आधार...

आजको मौसम विवरण : कोशीमा भारी वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने

आजको मौसम विवरण : कोशीमा भारी वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने

काठमाडौँ । हाल कोशी प्रदेशका केही स्थानमा मनसुनी वायुको प्रभाव...

लोकतन्त्रबाट कदापी विमुख हुनेछैनौ–सभापति लामिछाने

लोकतन्त्रबाट कदापी विमुख हुनेछैनौ–सभापति लामिछाने

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आफ्नो...

‘सम्बन्धित स्थानबाटै सम्परीक्षण गरिएकाले कक्षा १२ को नतिजा प्रकाशन छिटो भएको हो’

‘सम्बन्धित स्थानबाटै सम्परीक्षण गरिएकाले कक्षा १२ को नतिजा प्रकाशन छिटो भएको हो’

काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले जनशक्ति थपेर सम्बन्धित...