back
CTIZAN AD

फिलिपिन्समा आँधीका कारण अठचालिस जनाको मृत्यु, जनजीवन प्रभावित

वि.सं.२०७९ कात्तिक १४ सोमवार

897 

shares

मनिला । फिलिपिन्सको राजधानी मनिला र आसपासका क्षेत्रमा आइतबार आएको बाढीमा फसेका बासिन्दाको उद्धार प्रयासलाई तीव्र गतिमा अघिबढाइएको छ ।

मनिलाको मुख्य टापु लुजोनमा रातभरको आँधीका कारण विद्युत् आपूर्ति बन्द हुनुका साथै मनिला र वरपरका केही बस्ती पानीमा डुबेका थिए् । आँधीमा परेर ज्यान गुमाउनेको सङ्ख्या ४८ पुगेको राष्ट्रिय विपद् निकायले जनाएको छ । प्राकृतिक विपत्तिमा परेर अधिकांशको मृत्यु दक्षिणी टापु मिन्डानाओका गाउँमा भएको हो ।

मनिलाको पारानाक उपनगरमा उद्धारकर्ताहरूले शनिबार रातभर पौडी खेलेर एक भवनको माथिल्लो तलामा थुनिएका बालबालिकासहित ६० जनालाई सुरक्षितस्थलमा पु¥याएका थिए । गाउँका प्रमुख नोएल जाप्लोसले एक पार्टीमा सहभागी हुने क्रममा भेला भएका उनीहरू बाढीको पानी बढेपछि आत्तिएर चिच्याइरहेका थिए र रोइरहेका पाएपछि उनीहरूको उद्धार गरिएको बताए ।

उद्धार टोलीले खिचेको भिडियोमा ‘लाइफ भेस्ट’ लगाएका आपत्कालीन उद्धारकर्मीले डोरीको सहायताले उनीहरूलाई भवनबाट बाहिर निकालेको र बालबालिकालाई तैरिरहेको अवस्थामा राखिएको देखिएको छ ।

गत मङ्लगलबार ‘अल सेन्ट्स डे’ को छुट्टीका लागि गएका दशौँ हजार फिलिपिनीहरू डुबानका कारण फसेका थिए । नागरिक सुरक्षा कार्यालयका अनुसार उक्त क्षेत्रमा २२ जना हराइरहेका छन् भने ४० जना घाइते भएका छन् । बाढीले पुल, सडक र बाली नष्ट भएको छ । (रासस/एएफपी)

वि.सं.२०७९ कात्तिक १४ सोमवार ०९:०६ मा प्रकाशित

जुलाईदेखि भिसा शुल्कमा पाँच गुणा वृद्धि गर्ने जापानको निर्णय

जुलाईदेखि भिसा शुल्कमा पाँच गुणा वृद्धि गर्ने जापानको निर्णय

टोकियो । जापानी सरकारले जुलाईदेखि विदेशीहरूको लागि एकल–प्रवेश भिसा शुल्क...

पश्चिम अष्ट्रेलियामा एच–५ एन–१ को सङ्क्रमण पुष्टि

पश्चिम अष्ट्रेलियामा एच–५ एन–१ को सङ्क्रमण पुष्टि

क्यानबेरा । अष्ट्रेलियाली सरकारले पश्चिमी अष्ट्रेलियामा भेटिएको एक प्रवासी चरामा...

फिफा विश्वकप फुटबलः अष्ट्रेलिया पराजित गदै अमेरिका नकआउट चरण प्रवेश

फिफा विश्वकप फुटबलः अष्ट्रेलिया पराजित गदै अमेरिका नकआउट चरण प्रवेश

काठमाडौँ । फिफा विश्वकप फुटबल–२०२६मा अमेरिकाले अष्ट्रेलियालाई पराजित गर्दै नकआउट...

अमेरिका–इरान समझदारीपछि युरोपेली शेयर बजार उकालो लाग्यो 

अमेरिका–इरान समझदारीपछि युरोपेली शेयर बजार उकालो लाग्यो 

लन्डन ।  संयुक्त राज्य अमेरिका र इरानबीच भएको शान्ति समझदारी...

अमेरिका–इरान समझदारीले जगायो नयाँ आशा, महत्वपूर्ण विषयमा  भने मतभेद कायमै

अमेरिका–इरान समझदारीले जगायो नयाँ आशा, महत्वपूर्ण विषयमा  भने मतभेद कायमै

तेहरान ।  अमेरिका र इरानबीच पछिल्ला तीन महिनादेखि जारी तनाव...

मलेसियाको आन्तरिक पर्यटनमा वृद्दि, अर्थतन्त्र वृद्दिमा सहयोग

मलेसियाको आन्तरिक पर्यटनमा वृद्दि, अर्थतन्त्र वृद्दिमा सहयोग

क्वालालम्पुर ।   मलेसियामा सन् २०२५मा आन्तरिक पर्यटक भ्रमण ११ दशमलव...