काठमाडौं । बैंक अफ काठमाण्डू लिमिटेडले दशैं, तिहार, नेपाल सम्वत् तथा छठको अवसरमा ल्याएको २५ प्रतिशत सम्मको क्यासब्याक योजना चाडपर्व पश्चात् पनि जारी राखेको छ ।
बैंकका ग्राहकहरूले मोबाइल बैंकिङबाट क्यूआर स्क्यान गरी विद्युतीय भुक्तानी कारोबारमा २५ प्रतिशत सम्मको नगद फिर्ता पाउन सक्नेछन् ।
बैंकका अनुसार यस योजना अन्तर्गत बैंकको मोबाइल बैंकिङमार्फत प्रथम पटक क्यूआर स्क्यान गरी कारोबार गर्नेले नगद फिर्ता योजना अवधिको प्रथम कारोबार रकमको २५ प्रतिशत वा १५० सम्मको नगद फिर्ता पाउनेछन् । यस नगद फिर्ता योजना यही २०७९ साल कार्तिक १५ गते मंगलबारबाट २०७९ साल कार्तिक ३० गते बुधबारसम्म रहनेछ ।
वि.सं.२०७९ कात्तिक १५ मंगलवार ०८:४८ मा प्रकाशित





























