back
CTIZAN AD

ताप्लेजुङका किसानलाई अलैँची थन्क्याउन भ्याइ-नभ्याइ

वि.सं.२०७९ कात्तिक १६ बुधवार

663 

shares

फुङ्लिङ । ताप्लेजुङका किसानलाई अलैँची थन्क्याउन भ्याइनभ्याइ छ । तिहार र छठ पर्व सकिएसँगै अलैँची टिप्न, छोडाउन र सुकाउनमा व्यस्त छन् ।

असोजदेखि मङ्सिर महिना अलैँची थक्याउने मुख्य समय हो । ताप्लेजुङकै प्रमुख नगदे बालीका रूपमा खेती गर्दै आएको छ । बेंसी क्षेत्रमा साउन महिनादेखि लेकाली क्षेत्रमा मङ्सिर तेस्रो सातासम्म अलैँची टिपाइ हुन्छ । अहिले अलैँची थन्क्याउन मुख्य मौसम भएकाले किसानलाई चटारो हुने गरेको हो । अलैँची सङ्कलन गर्ने समय भएपछि केही समय मात्र ढिलो गरेमा वन्यजन्तुले खाएर क्षति पु¥याइदिने हुँदा किसानलाई अलि बढी चटारो लागेको पाथीभरा याङवरक गाउँपालिका–१ थेचम्बुका अलैँची किसान ज्ञानबहादुर गुरुङले बताए ।

अलैँची सिजनका कारण दसैँ, तिहारजस्ता चाडपर्व सहज गरी मनाउन नै नपाएको गुरुङले बताए । मुख्य सिजन भएकाले चाडपर्वमा पनि अलैँची बारी (बगान)मै बिताउनुपरेको फक्ताङलुङ गाउँपालिका–६ मादिबुङका अलैँची किसान बसन्त लिम्बूले बताए । उनले दसैँ घरमै मनाए पनि तिहारमा भने अलैँची बगानमै बिताएका थिए । फुङ्लिङ नगरपालिका–६ बिहिवारेका किसान खाङ्डु शेर्पाले पनि अलैँची टिप्न, छोडाउन र सुकाउनमै तिहार बितेको बताए । घरमा बसेर चाडपर्व मनाउन थाल्दा जङ्गली जीवजन्तुले धेरै क्षति गर्ने भएकाले चाडपर्व नभनी अलैँची टिप्न र थन्क्याउनमा व्यस्त हुनुपरेको शेर्पाले बताए । यि त केही प्रतिनिधि मात्र हो ।

अलैँची खेतीमा सङ्लग्न जिल्लाभरका किसानलाई अहिले अलैँची घर भित्र्याउन भ्याइ-नभ्याइ भएका छन् । जिल्लाका नौ स्थानीय तहका ६१ वटा वडामध्ये फक्ताङ्लुङ गाउँपालिका–७, ओलाङ्चुङगोलाबाहेक सबै वडामा अलैँची खेती हुन्छ । जिल्लामा करिब चार हजार चार सय ५० हेक्टर क्षेत्रफलमा अलैँची खेती गरिँदै आएको छ । प्रमुख नगदेबाली भएकाले धान, मकैजस्ता खाद्यान्न बाली उत्पादन हुने जग्गा नै मासेर किसानले अलैँची खेती गर्दै आएका छन् ।

 

वि.सं.२०७९ कात्तिक १६ बुधवार ०८:४९ मा प्रकाशित

थुम्लुङ खोलामा पक्की पुल निर्माण हुँदै

थुम्लुङ खोलामा पक्की पुल निर्माण हुँदै

भोजपुर । भोजपुरको तेजिङ–हिलारी राजमार्गअन्तर्गत पर्ने थुम्लुङ खोलामा पक्की पुल...

कोशी प्रदेशमा ४४ वटा एफएम रेडियो बन्द

कोशी प्रदेशमा ४४ वटा एफएम रेडियो बन्द

झापा । कोशी प्रदेशमा रहेका एफएम रेडियोहरू धमाधम बन्द हुन...

पौवादुङमा गाँउपालिकामा ‘शून्य होम डेलिभरी’

पौवादुङमा गाँउपालिकामा ‘शून्य होम डेलिभरी’

भोजपुर । पौवादुङमा गाउँपालिकाले सबै वडामा सुविधासम्पन्न बर्थिङ सेन्टर निर्माण...

बाँदरलाई ‘बन्ध्याकरण’ गर्ने

बाँदरलाई ‘बन्ध्याकरण’ गर्ने

भोजपुर  । भोजपुरको पौवादुङमा गाउँपालिकाले बाँदर आतङ्क नियन्त्रण गर्न बाँदरलाई...

आजको मौसम विवरण : कोशीमा भारी वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने

आजको मौसम विवरण : कोशीमा भारी वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने

काठमाडौँ । हाल कोशी प्रदेशका केही स्थानमा मनसुनी वायुको प्रभाव...

पाथीभरा केवलकार विवाद समाधान खोज्न कार्यदल गठन

पाथीभरा केवलकार विवाद समाधान खोज्न कार्यदल गठन

काठमाडौँ । सरकारले ताप्लेजुङको ऐतिहासिक एवं धार्मिक क्षेत्र मुक्कुम्लुङ पाथीभरामा...