काठमाडौं । काठमाडौंको न्युरोडबाट झण्डै ३२ लाख रकमसहित तीनजना पक्राउ परेका छन् ।
बिशालबाजारस्थित अनुज सेन्टर र न्युरोड खिचापोखरीस्थित जय दुर्गा ट्रेड ईन्टरनेशनलबाट हुण्डी कारोबारमा संलग्न रहेको अभियोगमा ३ जनालाई ३१ लाख ८१ हजार ३ सय ८५ रूपैयाँ र व्यक्ति तथा संस्थाको नाममा काटिएको बैंक चेक सहित फेला पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा भारत नयाँदिल्ली ठेगाना भई काठमाडौं ठमेल बस्ने ५० वर्षीय कमल कान्त कुल्थिया, सप्तरी राजविराज ठेगाना भई काठमाडौं नक्साल बस्ने ६७ वर्षीय निर्मल कुमार अग्रवाल र भारत राजस्थान घर भइ काठमाडौं ताहाचल बस्ने ५५ वर्षीय किशन गोपाल रहेका छन् ।
उनीहरुले नेपाल राष्ट्र बैंकले जारी गरेको आदेश/निर्देशन विपरीत वित्तिय कारोवार (हुण्डी) गर्दै आएको सूचना पाएपछि काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरी आवश्यक कानुनी कारवाहीका लागि जिल्ला प्रहरी परिसर टेकु पठाइएको प्रहरीले जनाएको छ ।
वि.सं.२०७९ कात्तिक १७ बिहीवार १६:४३ मा प्रकाशित






























