काठमाडौं । लक्ष्मी बैंकले ‘लक्ष्मी बैंक खुल्ला गल्फ प्रतियोगिता २०२२’ आयोजना गर्ने भएको छ । कार्तिक १९ गते शनिबार आयोजना हुन लागेको उक्त एकदिने गल्फ प्रतियोगिता गोकर्ण गल्फ कोर्षमा हुनेछ ।
लक्ष्मी बैंकले २०१४ देखि नियमित गर्दै आएको गल्फ वार्षिक प्रतियोगिताको यो सातौं संस्करण हो ।
प्रतियोगिता स्टेबलफोर्ड ढाँचामा तीन चार हेण्डक्याप लेभलमा खेलाइनेछ । सयभन्दा बढी खेलाडी सहभागी हुनवे प्रतियोगितामा पुरुष, महिला र जेष्ठ नागरिक तथा १७ वर्षभन्दा कम उमेर समूहमा उपाधि प्रदान गरिनेछ । विभिन्न विधामा ट्रफीका लागि प्रतिस्पर्धा गर्न लागिएको उक्त प्रतियोगितामा मैत्रीपूर्ण प्रतिस्पर्धा हुने अपेक्षा गरिएको छ ।
पुरस्कार मुख्य विजेता, उप विजेता, उत्कृष्ट ग्रस, महिला विजेता, जेष्ठ नागरिक विजेता, सिनियर रनरअप, विनर गेष्ट समूह, जुनियर विजेता, सबैभन्दा लामो ड्राइभ, क्लोजेस्ट टु पिन तथा मोसट ब्राइड्स जस्ता समूहमा प्रदान गरिने बैंकले जनाएको छ ।
वि.सं.२०७९ कात्तिक १८ शुक्रवार ०८:५५ मा प्रकाशित






























