काठमाडौं । एफवान सफ्ट ईन्टरनेशनलले युज मोबाईल बैंकिङ डटकमको शुरुवात गरेको छ ।
यस वेबसाइटले मोबाईल बैंकिङसँग परिचित गराउन थप मद्दत गर्ने कम्पनीको भनाइ छ । वेबसाइटमा एफवान सफ्टले सरल र सजिलो नेभिगेट तरिकाले विकास गरिएका सबै बैंकिङ अनुप्रयोगहरुका लागि ट्युटोरियलहरु (सन्दर्भ सामाग्री) छन् । तिनिहरुको प्रयोगको बारेमा जान्न चाहने कुनैपनि ग्राहकले वेबसाईटमा गएर आफ्नो मोबाईल बैंकिङ प्रयोगको ट्युटोरियल (सन्दर्भ सामाग्री) हेर्न सक्ने कम्पनीले जनाएको छ ।
वेबसाइटमा मोबाइल बैंकिङ सम्बन्धी नविनतम तथ्य,तथ्यांक र डाटाका साथसाथै लेख, ब्लग र यस क्षेत्रका विशेषज्ञहरूका विचारहरू पनि निरन्तर अपडेट गरिन्छ । युज मोबाईल डटकम एफवान सफ्ट इन्टरनेशनल द्धारा मोबाईल बैंकिङको प्रयोगलाई बढावा दिन र बानी बसाल्ने प्रयोग हो, जुन शहरी क्षेत्रहरुमा डेबिट कार्ड र नगदको तुलनामा बिस्तारै बैंकिङ र भुक्तानीको लोकप्रिय मोड बन्दै गएको छ ।
एफवान सफ्टका प्रमुख कार्यकारी अधिकृत सवाश शर्माले भने, ‘मोबाइल बैंकिङको ठुलो संभावना छ र हामी मानिसहरुलाई टेक्नोलोजीसँग अझ बढि परिचित गराउन चाहान्छौँ , मोबाईल बैंकिङको प्रयोगमा धेरै वृद्धि देखिरहेको छ र हामी आशा गछौँ की युज मोबाईल बैंकिङ डट कमले मोबाईल बैंकिङ प्रयोग गर्न सहज बनाउन मद्धत गर्छ ।’ एफवान सफ्ट नेपालको सबैभन्दा ठुलो फिनटेक कम्पनी हो ।
वि.सं.२०७९ कात्तिक १८ शुक्रवार ०९:०८ मा प्रकाशित






























