काठमाडौं – महालक्ष्मी विकास बैंकले घर निर्माण र उद्यम गर्न चाहनेको लागि विशेष कर्जा योजना ल्याएको छ । बैंकले एक विज्ञप्ति जारी गर्दै आवास कर्जा र उद्यमशील कर्जा अन्तर्गत विशेष योजना ल्याएको जानकारी दिएको हो । बैंकले घर कर्जामा धितो मुल्यांकनमा उच्चतम कर्जा प्रवाह गर्नुका साथै कर्जाको अवधि अधिकतम १५ वर्ष तोकेको छ ।घर निर्माणमा अग्रिम कर्जा प्रवाह, आकर्षक ब्याजदर तथा कर्जा शुल्कमा विशेष छुट जस्ता आकर्षक सुविधाहरु प्रदान गर्ने बैंकले जनाएको छ ।
यस्तै, बैंकले व्यवसायिक कर्जा योजनामा धितो मूल्यांकनमा उच्चतम कर्जा प्रवाह गर्नुका साथै व्यवसाय शुरु गर्न अग्रिम कर्जा प्रवाह, आकर्षक ब्याजदर तथा कर्जा शुल्कमा विशेष छुट जस्ता सुविधाहरु प्रदान गर्ने जनाएको छ । महालक्ष्मी आवास कर्जा र महालक्ष्मी व्यावसायिक कर्जा बैंकका सम्पुर्ण शाखाहरुबाट उपलब्ध हुने बैंकले जनाएको छ ।
वि.सं.२०७९ कात्तिक १८ शुक्रवार २१:२९ मा प्रकाशित






























