काठमाडौं – नेपाल बैंक लिमिटेड र अनलाइन सपिङ पोर्टल दराजबीच व्यावसायिक साझेदारीको घोषणा भएको छ । दराजको लोकप्रिय सपिङ डे ११.११ मा नेपाल बैंकको डेविट क्रेडिट कार्डमार्फत भुक्तानी गर्ने ग्राहकलाई सपिङमा १५ प्रतिशत वा २५०० सम्मको छुट दिने घोषणा भएको हो ।
बैंकको ८६ औं वार्षिकोत्सवको अवसरमा आफ्ना ग्राहकहरूलाई थप सुविधा प्रदान गर्न यस्तो सम्झौता गरिएको बैंकका बजारीकरण तथा अनुसन्धान डिभिजन प्रमुख अर्जुनबहादुर कँडेलले जानकारी दिए । बिहीबार राजधानीमा भएको सम्झौतामा बैंकका तर्फबाट कँडेल र दराजका तर्फबाट पेमेन्ट तथा पार्टनरसिप प्रमुख अरुण फुयाँलले हस्ताक्षर गरेका हुन् ।
सम्झौताअनुसार यो योजना २०७९ कात्तिक २५ गतेदेखि मंसिर ३ गतेसम्म लागू हुनेछ । थप दराजको सपिङमा ग्राहकले अग्रिम भुक्तानी गरे अधिकतम २० प्रतिशत वा ३००० सम्मको छुट प्राप्त गर्न सक्ने कम्पनीले बताएको छ । तर, उक्त छुट प्राप्त गर्नको लागि ग्राहकहरूले आफ्नो कार्ड ई–कमर्सको लागि सक्रिय गर्नुपर्नेछ ।
वि.सं.२०७९ कात्तिक १८ शुक्रवार २१:३३ मा प्रकाशित






























