back
CTIZAN AD

इलाम २ मा तनाव, रोकियो मतगणना

वि.सं.२०७९ मंसिर १० शनिवार

753 

shares

इलाम । पूर्वसभामुखसमेत रहेका एमाले उपाध्यक्ष सुवासचन्द्र नेम्वाङ पछि परेको इलाम २ मा मतगणना रोकिएको छ । अन्तिममा वडा नम्बर २ को गणना गर्ने क्रममा ४० मत हराएको र ४० मतमा मतदान अधिकृतको हस्ताक्षर नभएको भन्दै नेपाली कांग्रेसले विरोध जनाएपछि गणना रोकिएको हो ।

यहाँ एमालेका नेम्वाङ्ग र कांग्रेसका डम्बरबहादुर खड्काबीच सुरुदेखि नै कडा प्रतिस्पर्धा छ । थोरै मतले कहिले खड्का अगाडि त कहिले नेम्वाङ अगाडि छन् ।

इलाम नगरपालिकाका वडा नम्बर १ को मतगणना बाँकी रहँदा नेम्वाङ १३० मतले अघि छन् । तर, मतपत्र हराउनुु र केही मतपत्रमा हस्ताक्षर नभएपछि विवाद उब्जिएको हो । गणनास्थलमा अहिले कांग्रेस समर्थकले नाराबाजीसमेत गरिरहेका छन् । गणनास्थलमा सुरक्षाकर्मी बढाइएको छ ।

मत गणना रोकिएको इलाम नगरपालिकाको वडा नम्बर १ मा गत स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसका वडा अध्यक्ष गायत्रीराम बस्नेतले एमालेका अम्बिकाप्रसाद गौतमलाई ५९ मतले पराजित गरेका थिए । बस्नेतले एक हजार ८१ मत पाएका थिए भने गौतमले एक हजार २२ मत प्राप्त गरेका थिए ।

वि.सं.२०७९ मंसिर १० शनिवार १८:४१ मा प्रकाशित

आज यी पाँच प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना !

आज यी पाँच प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना !

काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ ।...

विमानस्थलबाट गाँजासहित आठ विदेशी नागरिक पक्राउ

विमानस्थलबाट गाँजासहित आठ विदेशी नागरिक पक्राउ

काठमाडौँ ।  नेपाल प्रहरीले त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट करिब ४० किलोग्राम...

कानुनको प्रभाव र उपलब्धि मूल्याङ्कनलाई प्रभावकारी बनाउनुपर्नेमा जोड

कानुनको प्रभाव र उपलब्धि मूल्याङ्कनलाई प्रभावकारी बनाउनुपर्नेमा जोड

काठमाडौँ । राष्ट्रियसभाअन्र्तगतको विधायन व्यवस्थापन समितिका सभापति कृष्णबहादुर रोकायले सङ्घ,...

राजनीतिक नियुक्ति समानुपातिक समावेशी प्रतिनिधित्वका आधारमा हुनुपर्ने

राजनीतिक नियुक्ति समानुपातिक समावेशी प्रतिनिधित्वका आधारमा हुनुपर्ने

काठमाडौँ । राष्ट्रियसभाका सदस्यहरूले सरकारले गर्ने राजनीतिक नियुक्ति समानुपातिक समावेशी...

सरकारी प्रयासको नतिजा देखिँदै, टेलिकमको नाफा ४ अर्ब माथि

सरकारी प्रयासको नतिजा देखिँदै, टेलिकमको नाफा ४ अर्ब माथि

काठमाडौँ । नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) ले गत...

इन्डोर सुपर लिग सिजन–२ को टोली जनकपुर किंग्सको मुख्य प्रायोजक

इन्डोर सुपर लिग सिजन–२ को टोली जनकपुर किंग्सको मुख्य प्रायोजक

काठमाडौं । इन्डोर सुपर लिग सिजन–२ को फ्रेन्चाइज टोली जनकपुर...