back
CTIZAN AD

देउवाका ‘दुई सारथी’मध्ये एकले हारे अर्कोले झिनो मतले जिते

वि.सं.२०७९ मंसिर १५ बिहीवार

732 

shares

काठमाडाैं । अन्तिम समयसम्म कडा टक्कर बेहोरिरहेका सरकारका प्रवक्ता तथा नेपाली कांग्रेसका नेता ज्ञानेन्द्रबहादुर कार्की सुनसरी क्षेत्र नम्बर चारबाट प्रतिनिधिसभामा निर्वाचित भएका छन्। उनले नेकपा एमालेका नेता जगदीश कुशीयतलाई झिनो मत अन्तरले हराउँदै संसद्‌मा आफ्ना स्थान सुनिश्चित गरेका हुन्।

जिल्लास्थित मुख्य निर्वाचन अधिकृत अर्जुन अधिकारीका अनुसार कार्की विजयी भएका छन्। उनले औपचारिक रूपमा मत परिणाम केही बेरमै घोषणा गर्न लागिएको जानकारी दिए। अनौपचारिक विवरणमा उनले एक सयभन्दा केही बढी मतले जितेको उल्लेख छ।

दुवैबीच अन्तिम समयसम्म निकै तीव्र प्रतिस्पर्धा चलेको थियो। उक्त क्षेत्रमा मतगणनाको क्रममा विवाद देखिएपछि निर्वाचन आयोगले हस्तक्षेप गरेको थियो र केही दिन मतगणना रोकिएको थियो।

सरकारमा रहेका कसले जिते कसले हारे ?

सञ्चार तथा सूचना प्रविधिमन्त्री कार्की प्रधानमन्त्री देउवाका विश्वासपात्र मानिन्छन्। देउवाका अर्का विश्वासपात्र मानिने गृहमन्त्री बालकृष्ण खाँडले भने यसअघि नै पराजय बेहोरिसकेका छन्। गृहजिल्ला रुपन्देही ३ बाट उम्मेदवार बनेका कांग्रेस नेता खाँडलाई राष्ट्रिय प्रजातन्त्र पार्टीका दीपक बोहराले पराजित गरेका हुन्। बोहराले ३६,७१७ मत पाएर निर्वाचित भएको मुख्य निर्वाचन अधिकृत कृष्णराम कोइरालाले बीबीसी न्यूज नेपालीलाई जानकारी दिएका थिए।

शेरबहादुर देउवा नेतृत्वको सरकारमा सहभागी अन्य कैयौँ मन्त्रीहरू पनि यस पटकको प्रतिनिधिसभा चुनावमा पराजित भएका छन्। वर्तमान सरकारका १५ मन्त्री र तीन राज्यमन्त्रीमध्ये ६ जनाले यसअघि नै हार बेहोरिसकेका छन्। त्यसमा गृहमन्त्री खाँड र ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसाल सहितका नेताहरू छन्।

पराजित भएका अन्य अनुहारमा युवा तथा खेलकुदमन्त्री महेश्वरराज गहतराज, खानेपानीमन्त्री उमाकान्त चौधरी, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठ र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका राज्यमन्त्री उमेश श्रेष्ठ रहेका छन्। प्रतिनिधिसभा निर्वाचनमार्फत् प्रधानमन्त्री देउवा छैठौँ कार्यकालका लागि निर्वाचित भएका थिए।

उनको मन्त्रिमण्डलका जनार्दन शर्मा, नारायण खड्का, दिलेन्द्र बडू, देवेन्द्र पौडेल, मेटमणि चौधरी र शेरबहादुर कुँवरले यो निर्वाचनमा सफलता हासिल गरेका छन्। बिहीबार अपरान्हसम्म १६२ निर्वाचन क्षेत्रको परिणाम आउँदा पहिलो हुनेले जित्ने प्रणालीमा नेपाली कांग्रेस पहिलो छ। दोस्रोमा रहेको एमालेले कांग्रेसभन्दा ११ सीटले पछि छ। विवादका कारण स्थगित भएको स्याङ्जा क्षेत्र नम्बर दुईको पछिल्लो मतगणनामा कांग्रेस महामन्त्री धनराज गुरुङले अग्रता कायम गरेका छन्। बीबीसीबाट

वि.सं.२०७९ मंसिर १५ बिहीवार १७:४९ मा प्रकाशित

२५ करोड मूल्य पर्ने सल्लाको आँख्ला भारत निकासी नहुँदा समस्या

२५ करोड मूल्य पर्ने सल्लाको आँख्ला भारत निकासी नहुँदा समस्या

नेपालगन्ज । सल्लाको आख्ला भारत निकासी नहुँदा जडीबुटी व्यवसायी समस्यामा...

सार्वजनिक जग्गालाई आय आर्जनसँग जोड्न स्याउखेती

सार्वजनिक जग्गालाई आय आर्जनसँग जोड्न स्याउखेती

गलकोट (बागलुङ) । बागलुङको तमानखोला गाउँपालिकाले सार्वजनिक जग्गालाई आय आर्जनसँग...

आजको मौसम विवरण : पहाडमा मध्यम वर्षा, तराईमा तातो हावा

आजको मौसम विवरण : पहाडमा मध्यम वर्षा, तराईमा तातो हावा

काठमाडौं । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायु तथा...

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय...

पैदल यात्रीको मृत्यु

पैदल यात्रीको मृत्यु

जलेश्वर (महोत्तरी) । जिल्लाको सदरमुकाम जलेश्वरमा आज बिहान यात्रुवाहक बसले...

असिनाको असरः ‘बुद्धचित्त’को गुणस्तर खस्कनेमा किसानको चिन्ता

असिनाको असरः ‘बुद्धचित्त’को गुणस्तर खस्कनेमा किसानको चिन्ता

काभ्रेपलाञ्चोक । रोशी गाउँपालिका–३ साँझकोटका गणेशबहादुर राउतलाई यसपालि बहमूल्य मानिएको...