back
CTIZAN AD

सिभिल बैंकद्धारा डिजिटल सुदूरपश्चिम अभियानको सुरुवात

वि.सं.२०७९ मंसिर १७ शनिवार

726 

shares

काठमाडौं । सिभिल बैंकले आफ्नो १२ औं वार्षिकोत्सवको अवसरमा डिजिटल सुदूरपश्चिमको थालनी गरेको छ ।

बैंकले सुदूरपश्चिम प्रदेशको धनगढी र महेन्द्रनगरमा छुट्टाछुट्टै कार्यक्रमहरुको आयोजना गरी डिजिटल सुदूरपश्चिम अभियान थालनी गरेको बताएको छ । डिजिटल सुदूरपश्चिम अभियानलाई साकार गर्ने डिजिटल इको–सिस्टमको विकास गर्नुपर्ने सिभिल बैंकका प्रमुख कार्यकारी अधिकृत सुनिल पोखरेलले बताए । दैनिक जीवनयापनको लागि आवश्यक उपभोग्य वस्तुहरुको कारोबार डिजिटलमा गर्न उनले आग्रह गरे ।

नेपाल राष्ट्र बैंककी वरिष्ठ डेपुटी गभर्नर डा.निलम ढुंगाना तिम्सिनाले पानी पुरीदेखि जुत्ता मर्मतसम्म, टेम्पो सवारीदेखि मन्दिरको भेटीसम्मका कारोबारहरु डिजिटल रुपमा क्यूआर मार्फत भुक्तानी गरी डिजिटल सुदूरपश्चिमको उद्घाटन गरेकी हुन् ।

डेपुटी गभर्नर डा.निलम ढुंगानाले डिजिटल पेमेन्टलाई नेपाल राष्ट्र बैंकले उच्च प्राथमिकतामा राखेको बताईन् । उनले आफूले डिजिटल सुदूरपश्चिमको शुरुवात गर्न पाउँदा खुसी लागेको बताईन् । समग्र राष्ट्रमा डिजिटल पेमेन्टको अभियान चलाउन सकिए सबै कारोबारहरु पारदर्शी हुने उनको भनाइ छ । साथै नोट छाप्नका लागी विदेशीने रकम पनि घट्ने उनले बताईन् ।

महेन्द्रनगरको डिजिटल सुदूरपश्चिम कार्यक्रममा बोल्दै प्रतिनिधिसभा सदस्य तथा पूर्वमन्त्री रमेश लेखकले डिजिटल पेमेन्टलाई सर्वसुलभ बनाउन आवश्यक रहेको बताए । उनले बिभिन्न महसुल तिर्दा समयको सदुपयोग र राष्ट्रको उत्पादकत्व बढाउन सकिने उनले बताए ।

सिभिल बैंकले २०१९ अगस्टदेखि शुरु गरेको नगद रहित अभियान देशका दुर्गम र प्रमुख सहरहरुमा ४० हजार भन्दा बढी क्यूआर मर्चेन्टहरु आवद्ध रहेको बैंकले जनाएको छ ।

वि.सं.२०७९ मंसिर १७ शनिवार ०८:०० मा प्रकाशित

एभरेस्ट बैंकको नयाँ एक्सटेन्सन काउन्टर पाल्पाको तानसेनमा सञ्चालन

एभरेस्ट बैंकको नयाँ एक्सटेन्सन काउन्टर पाल्पाको तानसेनमा सञ्चालन

काठमाडौं । एभरेस्ट बैंकले पाल्पाको तानसेनमा नयाँ एक्सटेन्सन काउन्टर सञ्चालनमा...

नेपाल एसबिआई बैंकको अध्यक्षमा मुनीष कुमार चान्दना

नेपाल एसबिआई बैंकको अध्यक्षमा मुनीष कुमार चान्दना

काठमाडौं । नेपाल एसबिआई बैंक लिमिटेडको सञ्चालक समितिको अध्यक्षमा भारतीय...

कल्याण विक्रम पाँडे माछापुच्छ्रे बैंकको नायब प्रमुख कार्यकारी अधिकृत नियुक्त

कल्याण विक्रम पाँडे माछापुच्छ्रे बैंकको नायब प्रमुख कार्यकारी अधिकृत नियुक्त

काठमाडौँ । माछापुच्छ्रे बैंक लिमिटेडको नायब प्रमुख कार्यकारी अधिकृत पदमा...

कति तोकेको छ राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर ?

कति तोकेको छ राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर ?

काठमाडौँ ।  नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर...

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ? 

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ? 

काठमाडौँ ।  आजको बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको छ...

कति  तोकेको छ राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर ?

कति  तोकेको छ राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर ?

काठमाडौँ ।  नेपाल राष्ट्र बैंकले आज (आइतबार)का लागि विदेशी मुद्राको...