काठमाडौं । खल्तीले करदाताहरूका लागि काठमाडौं महानगरपालिकासँग साझेदारी गरि आफ्नो राजश्व संकलनमा डिजिटलाइजेसनको लागि सजिलै कर भुक्तानी गर्न मिल्ने सुविधा लिएर आएको छ ।
यो सुविधा उपलब्ध भए लगत्तै करदाताहरूले काठमाडौं महानगरपालिकाको तिर्नुपर्ने करहरू घर बहाल कर, सम्पति कर व्यवसायको कर अब खल्ती मार्फत सहजै भुक्तानी गर्न सक्नेछन् ।
यसअघि यो सेवा करदाता पोर्टलमा लगइन गरी मात्र भुक्तानी उपलब्ध थियो भने अब खल्तीले यसलाई एपमा नै सक्षम पारेर भुक्तानीलाई अझ सहज र झन्झटमुक्त बनाएको छ । यस सेवाका बारे थप बोल्दै खल्ती का प्रमुख कार्यकारी अधिकृत विनय खड्काले भने – हाम्रो लक्ष्य भनेको जनताको दैनिक भुक्तानीलाई सहज बनाउनु हो, यस प्रक्रियामा हामीले विभिन्न स्थानीय सरकार र अधिकारीहरूसँग साझेदारी शुरु गरेका छौं ।
काठमाडौं महानगरपालिकासँगको यो साझेदारीले पारदर्शी र प्रभावकारी राजस्व संकलनका लागि निश्चित रूपमा लाखौं घरपरिवारलाई कर भुक्तानीको आनन्द लिन सक्षम बनाउने उनको भनाइ छ ।
२० लाख भन्दा बढि प्रत्यक्ष र लाखौं अप्रत्यक्ष प्रयोगकर्ताहरूको विश्वास बोकेको खल्ती डिजिटल वालेटले बिल भुक्तानी जस्तैः मोबाइल र टिभी रिचार्ज, फ्लाईट तथा मुभी टिकट बुकिङ, बिमा प्रिमियम तथा अनलाइन सपिङ साईटमा भुक्तानी गरी ६० हजारभन्दा बढी सेवाहरुको डिजिटल भुक्तानी तथा रकम आदानप्रदानको सेवा दिंदै आएको छ ।
यसका साथै विभिन्न क्यासब्याक तथा छुट प्रदान गरी प्रयोगकर्ताहरूलाई समयको साथै पैसाको बचतमा पनि खल्तीले योगदान दिँदै आएको छ ।
वि.सं.२०७९ मंसिर १७ शनिवार ०८:१५ मा प्रकाशित





























