
स्याङजा । नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङ स्याङजा २ बाट फराकिलो मतान्तरसहित प्रतिनिधिसभा सदस्यमा विजयी भएका छन् ।
शनिबार बेलुका सम्पन्न मतगणना अनुसार गुरुङले ३१ हजार ४६६ मत ल्याएर विजयी हुँदा नेकपा एमालेका तर्फबाट उम्मेदवार तथा पूर्वमन्त्रीसमेत रहेकी पद्मा अर्यालले २५ हजार ८३० मत ल्याएर पराजित हुनु परेको थियो । गुरुङले ५ हजार ६२७ मत बढी ल्याएर अर्याललाई पराजित गरेका हुन् ।
त्यसैगरी राष्ट्रिय स्वतन्त्र पार्टीका टिकराज गुरुङले ८,११३ मत प्राप्त गरेर तेस्रो स्थान बनाएका छन् ।
त्यस्तै प्रदेश सभा २ (क) मा कांग्रेसकै भोजराज अर्याल १५ हजार १६५ मतसहित विजयी भएका छन् भने एमालेका मोहन प्रसाद रेग्मीले १२ हजार ४३१ मत प्राप्त गरेका छन् ।
त्यसैगरी २ (ख) मा पनि नेपाली कांग्रेसकै महेश भट्टराईले १८ हजार ७८८ मत ल्याएर विजयी हुँदा एमालेका बुद्धीमान श्रेष्ठले १७ हजार २ मत प्राप्त गरेका थिए ।