दोलखा । दोलखामा नेकपा माओवादी केन्द्रका उम्मेदवार गंगा कार्कीले ११ सय बढी मतले अग्रता कायम गरेका छन् ।
हालसम्मको मत गणनाको परिणाम अनुसार माओवादी केन्द्रका उम्मेदवार कार्कीले ३५ हजार ७९० मत प्राप्त गरेर अग्रता कायम गर्दा एमालेका बालकृष्ण शिवाकोटीले ३४ हजार ५९५ मत प्राप्त गरेका छन् । कार्की र सिवाकोटीबीच ११९५ मतले अन्तर रहेको छ ।
मत गणनाको प्रारम्भमा कार्कीले शिवाकोटीलाई पछि पारेका थिए भने आइतबार दिनभरी शिवकोटीको अग्रता रहेको थियो । सोमबार बिहान भने कार्कीले अग्रता कायम गरेका छन् ।
मंसिर ४ गते सम्पन्न प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमका क्रममा दोलखाका १० मतदान केन्द्रमा धाधली भएको भन्दै १५ गते पुनः मतदान गरिएको थियो ।
वि.सं.२०७९ मंसिर १९ सोमवार ०९:२० मा प्रकाशित