Logo
१३ माघ २०७९, शुक्रबार
     Fri Jan 27 2023
E-paper
  English Edition
   Unicode
Logo

देउवाको निशानामा परेका गगन आफ्नै समूहमा पनि एक्लिए



काठमाडौं । नेपाली कांग्रेसभित्र सरकारको नेतृत्व कसले गर्ने भन्ने कोणबाट विवाद छ । हालका प्रधानमन्त्री शेरबहादुर देउवादेखि गगन थापासम्मले प्रधानमन्त्रीमा दाबेदारी प्रस्तुत गरेका छन् । निर्वाचनको क्याम्पेनदेखि नै नेताहरुले आफुलाई भावी प्रधानमन्त्रीको रुपमा प्रचार गरेका थिए ।

देउवाले स्वभाविक रुपमै आफुँ नै प्रधानमन्त्री हुने बताइरहँदा वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री गगन थापा, नेताहरु शंकाक कोइराला, शेखर कोइराला, प्रकाशमान सिंहलगायतले दाबी गरेका छन् । तर, दाबी धेरै नेताहरुको भएपनि देउवा र गगनको दाबीलाई बलियोपूर्वक हेरिएको छ ।

अन्य नेताहरु देउवासँगै सहमतिमा निर्णय गर्ने तयारीमा देखिएका बेला गगन थापाले भने चुनौतिपूर्वक नै अगाडि बढ्ने दृढता देखाएका छन् । उनले कांग्रेसको संसदीय दलको नेतामा उठ्ने तयारीसमेत गरेका छन् ।

तर, थापा संसदीय दलको नेता बन्ने तयारीमा जुटिरहेको बेला समूहभित्रै मात्रै नभई पार्टीभित्रै पनि एक्लिन थालेका छन् । एकातिर स्वयम् शेखर कोइराला नै उनको पक्षमा देखिएका छैनन् भने सभापति देउवा थापालाई जबरजस्त किनारामा पुर्‍याउने रणनीतिमा देखिएका छन् ।

थापाले विश्वास मानेका शेखर कोइराला स्वयम् देउवाको पक्षमा खुल्दै गएको पनि देखिन्छ । कोइरालाले पत्रकारसँगकाे कुराकानीमा गगन थापाको प्रधानमन्त्री बन्नेबारे सम्भावनामा ‘अंकगणितको खेल कमजोर हुने’ बताएका थिए । उनले हतारो पनि आवश्यक नभएको टिप्पणी गरेका थिए ।

देउवा निकटका सबैजसो नेताहरुले देउवाको विकल्प नभएको बताइरहँदा थापा निकट मानिएका कोइरालाले समेत स्पष्ट जवाफ दिएनन् । उपसभापति धनराज गुरुङ, नेता अर्जुननरसिंह केसीलगायतले मुख खोलेका छैनन् । अहिले अर्का महामन्त्री विश्वप्रकाश शर्मा बाहेक थापाकाे पक्षमा काेही पनि उभिएका छैनन् ।

यता, देउवाको पक्षमा देखिएका नेताहरु एनपी साउद, उदय शमशेर राणा मात्र होइन, बालकृण खाँण, प्रवक्ता डा. प्रकाशशरण महत र ज्ञानेन्द्रबहादुर कार्कीले भने औपचारिक रूपमै देउवा निर्विकल्प भएको बताएका छन् ।

साेमबार बसेकाे सत्ता साझेदारहरूकाे बैठक ।

गठबन्धनको बैठकमा पनि बोलाइन छाडे

चुनावअघि गठबन्धनको सिट बाँडफाँटमा महत्वपूर्णं भूमिका खेलेका गगन थापा पछिल्लो समय भने गठबन्धनका छलफल बोलाइन छाडेका छन् । थापालाई सहभागि बनाउने विषयमा देउवाले अनिच्छा व्यक्त गर्न थालेका छन् ।

चुनावको परिणामपछि सोमबार बसेको सत्ता गठबन्धनको पहिलो औपचारिक बैठकमा थापा सहभागि थिएनन् । थापालाई बैठकमा देउवाले निम्तोसमेत दिएनन् । थापा निकट एक नेताले बताएअनुसार देउवाले ‘निषेधको मनासायले’ उनलाई बोलाएन् ।

सोमबारको गठबन्धन बैठकमा देउवासहित कांग्रेसको तर्फबाट उपसभापति पूर्णंबहादुर खड्का, नेता कृष्ण सिटौला र ज्ञानेन्द्रबहादुर कार्की सहभागि थिए ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । पूर्वसचिव रामेश्वर खनालले नयाँ बैवाहिक जीवनको सुरु गरेका छन् । श्रीमती सुचित्रा

राज्य छैन भनेर आत्मदाह सम्मको प्रयास गरेका यो देशको नागरीकलाई "ऊ चाँडै नै यो

अभावमा कलह हुन्छ । अभावमा मानसिक स्थिती कमजोर र नकारात्मक हुन्छ । नकारात्मक कुरा

काठमाडौं । राष्ट्र बैंकले आजको बजारमा विदेशी मुद्राको भाउ यसप्रकार तोकेको छ । बैंकको