back
CTIZAN AD

जसपा विभाजित : उपेन्द्रको विरुद्ध उभिए अशोक राई

वि.सं.२०७९ मंसिर २० मंगलवार

945 

shares

काठमाडौं । चुनाव पछि पनि एमालेसँगै तालमेल गर्ने वा नगर्ने भन्ने कोणबाट जसपामा विभाजन आएको छ । अध्यक्ष उपेन्द्र यादवले एमालेसँगको सहकार्य सकिएको घोषणा गरेसँगै जसपाभित्र विवाद आएको छ । अध्यक्ष यादवको घोषणाविरुद्ध अर्का अध्यक्ष अशोक राई उभिएका छन् ।

राईले यादवको भनाई नितान्तः व्यक्तिगत भएको भन्दै एमालेसँगको सहकार्य कायमै रहेको घोषणा गरेका छन् । सञ्चारकर्मीसँगको कुराकानीमा सोमबार राईले एमालेसँग निर्वाचनपछि पनि सहकार्य कायमै रहने बताए ।

“एमालेसँग सहकार्य गर्ने वा नगर्ने भन्ने विषयमा उहाँको (अध्यक्ष उपेन्द्र यादव)को भनाई व्यक्तिगत हो । किनभने हामीले सही गरेको कागजमा निर्वाचन पछि पनि सहकार्य रहन्छ भन्ने उल्लेख छ”, राईले भनेका छन्, “निर्वाचनले कुनै पनि एउटा पार्टीलाई बहुमत दिएको अवस्था छैन, यस्तोमा कसरी अगाडि बढ्ने छलफल गर्न जरुरी छ ।”

जसपाको संघीय परिषद् अध्यक्ष राई एमाले छाडेको १० वर्ष पछि एमालेकै सहयोगले सुनसरी १ बाट विजयी भएका छन् । एमालेकै सहयोगमा जितेको कारण उनी एमालेसँग सहकार्य तोड्ने पक्षमा छैनन् ।

अध्यक्ष यादव भने चुनावी परिणाम सत्ता गठबन्धन अनुकुल देखिएका बेला गठबन्धनसँगकै सहकार्य गरेर सरकारमा जाने दाउमा छन् । पछिल्लो निर्वाचनसँगै मधेश राजनीतिमा उदाएको जनमत पार्टीलाई पन्छाउनका निम्ति पनि उनले यस्तो रणनीति बनाएका हुन् । तर, पार्टीभित्रै देखिएको विवादले यादव समस्यामा पर्ने देखिन्छ । उसो त यादव आफैं प्रतिनिधिसभा निर्वाचनमा आफैं पराजित भएको कारण पनि कमजोर बनेका छन् ।

याे पनि…

देउवाको निशानामा परेका गगन आफ्नै समूहमा पनि एक्लिए

वि.सं.२०७९ मंसिर २० मंगलवार १४:१० मा प्रकाशित

प्रतिनिधिसभा बैठक पुनः सुरु

प्रतिनिधिसभा बैठक पुनः सुरु

काठमाडौँ । विपक्षी दलहरुको विरोधका बीच प्रतिनिधिसभाको बैठक कार्यसूचीमा प्रवेश...

सङ्खुवासभा र भोजपुर जोड्ने अरुण नदीमा पानीको बहाव बढेपछि फेरी बन्द

सङ्खुवासभा र भोजपुर जोड्ने अरुण नदीमा पानीको बहाव बढेपछि फेरी बन्द

किमाथाङ्का (सङ्खुवासभा) । सङ्खुवासभा र भोजपुर जोड्ने खाँदबारी नगरपालिका–९ अरुण...

नेपाल राष्ट्र बैङ्क ऐन संशोधन विधेयक संसद्मा दर्ता

नेपाल राष्ट्र बैङ्क ऐन संशोधन विधेयक संसद्मा दर्ता

काठमाडौँ । नेपाल राष्ट्र बैङ्कलाई थप स्वायत्त, उत्तरदायी र प्रविधिमैत्री...

टेबलटेनिसमा नेपालकी योङ्गी पौडेल पहिलो

टेबलटेनिसमा नेपालकी योङ्गी पौडेल पहिलो

काठमाडौँ । दक्षिण कोरियामा भएकोे याङ योङ जा टेबलटेनिस मिसन...

तीन जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर

तीन जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घूससम्बन्धी मुद्दामा प्रतिकूल बकपत्र...

श्री जनज्योति माविमा सुविधा सम्पन्न कक्षाको शुभारम्भ, कक्षा ११ का विद्यार्थीलाई भव्य स्वागत

श्री जनज्योति माविमा सुविधा सम्पन्न कक्षाको शुभारम्भ, कक्षा ११ का विद्यार्थीलाई भव्य स्वागत

देवचुली (नवलपुर) । सामुदायिक विद्यालयप्रतिको विश्वास बढाउँदै गुणस्तरीय र प्रविधिमैत्री...