back
CTIZAN AD

सडक आन्दोलन छोडेर छलफल र वार्तामा आउन उद्योगीहरुलार्ई मन्त्री शर्माको आग्रह

वि.सं.२०७९ मंसिर २३ शुक्रवार

660 

shares

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले उद्योगी, व्यवसायीहरु सडक आन्दोलनमा नभइ उद्योग व्यवसायमा लाग्नुपर्ने बताएका छन् ।

बिहीवार काठमाडौंमा भएको ‘फिन इलेक्ट्रो टेक २०२२’ प्रदर्शनी कार्यक्रममा अर्थमन्त्री शर्माले उद्योगी व्यवसायीहरुका समस्या समाधानको लागि सरकार गम्भीर रहकोभन्दै उद्योगी व्यवसायीहरु सडक आन्दोलनमा नभइ उद्योग व्यवसायमा लागेर उत्पादन बढाउनुपर्ने बताए ।

उनले ब्याजदरमा देखिएको समस्या समाधान गर्ने क्रममा सरकार रहेको बताए । उनले व्यवसायीले सडक रोज्नुभन्दा पनि सरकारसँग छलफलमा आउनुपर्ने बताए । ‘व्यवसायीले सडक रोज्ने होइन, तपाईंको सरकार हो आउनुस, निजी क्षेत्र बिना सरकार चल्ने अवस्था छैन, तर केही दवाब र चाप छ,’ उनले भने ।

तरलता तथा बैंक ब्याजदर वृद्धि लगायत उद्योग व्यवसायीहरुका समस्या समाधानको लागि निजी क्षेत्र, राष्ट्र बैंक, वाणिज्य मन्त्रालय र अर्थ मन्त्रालयका प्रतिनिधि सहितको कार्यदल दिएको सुझावका आधारमा काम भइरहेको उनले बताए ।

मन्त्रिपरिषदमा निजी क्षेत्रका समस्या समाधान गर्न माग राखेको उनले बताए । मन्त्री शर्माले उद्योगी व्यवसायीहरुले सडक रोज्न नहुने भन्दै सरकारले कुनै पनि व्यवसायी सडकमा आउनुपर्ने वातावरण नबनाउने दाबी गरे ।

मन्त्री शर्माले व्यवसाय नै छोडेर सडकमा आन्दोलन गर्ने व्यवसायीहरुको काम नभएको बताए । उनले बैंकको ब्याजदर वृद्धि, चालु पँुजी कर्जा निर्देशिकाको सन्दर्भमा सरकारले गम्भीरतापूर्वक छलफल गरिरहेको बताए । सरकार निजी क्षेत्र मिलेर अर्थतन्त्रमा देखिएका समस्या समाधान गर्दै बलियो अर्थतन्त्र बनाउन आवश्यक रहेको शर्माको भनाइ थियो । व्यवसायीहरुलाई अर्थमन्त्री शर्माले निजी क्षेत्र निराश छन्, अर्थतन्त्र संकटमा छ जस्ता अभिव्यक्ति नदिन आग्रह गरे ।
‘नेपालको समृद्धिको आधार भनेको उर्जा क्षेत्र हो, नेपालको अर्थतन्त्रलाई समृद्धिको दिशातिर अगाडि बढाउने पर्याप्त सम्भावना छ, सोही अनुसारको बजेट छ निति छ, हामी सबै मिलेर कार्यान्वयन गर्नुपर्छ,’ उनले भने ।

अर्थमन्त्री जनार्दन शर्माले विद्युत बेच्न जमाना गएको बताएका छन् । बिहीबार नेपाल विद्युतीय व्यवसायी महासंघले आयोजना गरेको फिन इलेक्ट्रो टेक मेलामा उनले विद्युत बेच्न जमान गएर हाइड्रोजन बनाउने समय आएको बताएका हुन् । साथै उनले पिपिए गर्ने कुरालाई ढिलाई नगरी सम्बन्धित निकायले छिटो गर्नुपर्ने बताए ।

वि.सं.२०७९ मंसिर २३ शुक्रवार ०८:१० मा प्रकाशित

राजनीतिक नियुक्ति समानुपातिक समावेशी प्रतिनिधित्वका आधारमा हुनुपर्ने

राजनीतिक नियुक्ति समानुपातिक समावेशी प्रतिनिधित्वका आधारमा हुनुपर्ने

काठमाडौँ । राष्ट्रियसभाका सदस्यहरूले सरकारले गर्ने राजनीतिक नियुक्ति समानुपातिक समावेशी...

सरकारी प्रयासको नतिजा देखिँदै, टेलिकमको नाफा ४ अर्ब माथि

सरकारी प्रयासको नतिजा देखिँदै, टेलिकमको नाफा ४ अर्ब माथि

काठमाडौँ । नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) ले गत...

इन्डोर सुपर लिग सिजन–२ को टोली जनकपुर किंग्सको मुख्य प्रायोजक

इन्डोर सुपर लिग सिजन–२ को टोली जनकपुर किंग्सको मुख्य प्रायोजक

काठमाडौं । इन्डोर सुपर लिग सिजन–२ को फ्रेन्चाइज टोली जनकपुर...

ब्याकयार्ड अल्ट्रामा अर्जुन र मन्जु पहिलो

ब्याकयार्ड अल्ट्रामा अर्जुन र मन्जु पहिलो

काठमाडौं । अर्जुन कुलुङ राई र मन्जु सुनुवार ब्याकयार्ड अल्ट्रा–...

NPCI इन्टरनेसनल मार्फत भारत र नेपालबीच डिजिटल भुक्तानी कनेक्टिभिटी थप सुदृढ बन्दै

NPCI इन्टरनेसनल मार्फत भारत र नेपालबीच डिजिटल भुक्तानी कनेक्टिभिटी थप सुदृढ बन्दै

काठमाडाैँ । नेशनल पेमेन्ट्स कर्पोरेशन अफ इन्डिया (एनपीसीआई) को अन्तर्राष्ट्रिय...

गृहमन्त्रीलाई बुझाइयो सुनसरी–सिरहा घटनाको प्रतिवेदन

गृहमन्त्रीलाई बुझाइयो सुनसरी–सिरहा घटनाको प्रतिवेदन

काठमाडौं । सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्ज र सिरहामा भएका साम्प्रदायिक...