back
CTIZAN AD

विषादीको प्रयोगमा सावधानी अपनाउन सुझाव

वि.सं.२०७९ मंसिर २५ आइतवार

897 

shares

विराटनगर । जीवनाशक विषादीको प्रयोग सावधानीपूर्वक गर्नुपर्नेमा सहभागीहरुले दिएका छन् । ‘टाढा र नजिक’ दुवै ठाउँमा राख्न नसकिने यस्ता विषादी प्रयोग गर्दा वातावरणमैत्री र जनस्वास्थ्यमा असर नपर्ने विधि अवलम्बन गर्नुपर्ने उनीहरुको सुझाव छ ।

ललितपुरको हरिहर भवनस्थित प्लान्ट क्वारेन्टाइन तथा विषादी व्यवस्थापन केन्द्रद्वारा आज यहाँ आयोजित जीवनाषक विषादी ऐन तथा नियमावलीसम्बन्धी विषादी विक्रेता, आयातकर्ता र सरोकारवालाबीचको अन्तक्रिया कार्यक्रममा सहभागी वक्ताहरुले यस्तो धारणा व्यक्त गरेका हुन् ।

विषादी कृषि उत्पादनका लागि अति आवश्यक भए पनि यसको मात्रा दिनप्रतिदिन घटाउँदै लैजानुको विकल्प नरहेको भन्दै उनीहरुले ऐन तथा नियमावलीमा उल्लेखित व्यहोरा पूर्णपालना गर्ने प्रतिबद्धता पनि जनाएका छन् ।

प्रदेश नं १ र मधेस प्रदेशका विषादी व्यवसायी, आयातकर्ता र सरोकारवाला गरी ३० जना सहभागी रहेको सो गोष्ठीमा प्रदेश नं १ का कृषि मन्त्रालयका कानुन अधिकृत शङ्कर बाराकोटीले विषादी ऐन र नियमावलीका बारेमा कार्यपत्र प्रस्तुत गरे ।

नेपालमा बर्सेनि करिब आठ सय ३१ मेट्रिकटन जीवनाषक विषादी आयात हुने गरेको छ । एकसय ६५ प्रकारका त्यस्ता विषादीमा २४ प्रकारको विषादी आयात हुन सरकारले प्रतिबन्ध लगाएको वरिष्ठ बाली संरक्षण अधिकृत मनोज पोखरेलले जानकारी दिए ।
गोष्ठी उद्घाटन गर्दै प्रदेश नं १ कृषि सचिव मेघनाथ तिमल्सेनाले नेपालमा २०५१ सालमा जीवनाषक विषादी ऐन तर्जुमा भएको चर्चा गर्दै यस्तो विषादी प्रयोगकर्तासम्म ऐनमा उल्लेखित विषयमा जानकारी गराउनु अपरिहार्य भएको बताए । उनले वातावरण र जनस्वास्थ्यमा प्रतिकूल असर पार्ने विषादी प्रयोगमा सावधानी अपनाउनुपर्नेमा जोड दिए ।

केन्द्रका प्रमुख सावित्री बरालले विषादी व्यवसायीले आफ्नो व्यवसायसँगै दायित्व निर्वाह गर्नुपर्नेमा जोड दिँदै यस क्षेत्रमा देखिएका समस्या पहिचान गरेर समाधानको बाटो पहिल्याउनुपर्ने धारणा व्यक्त गरिन् । कार्यक्रममा विषादी व्यवसायी सङ्घका केन्द्रीय उपाध्यक्ष अनिलकुमार साहले ऐनमा उल्लेखित कुरा र मार्गदर्शनअनुरुप कार्य गर्ने प्रतिबद्धता जनाए ।

 

वि.सं.२०७९ मंसिर २५ आइतवार १५:५५ मा प्रकाशित

देशैभरी मनसुन सक्रिय, आज यी स्थानमा भारी वर्षाको सम्भावना !

देशैभरी मनसुन सक्रिय, आज यी स्थानमा भारी वर्षाको सम्भावना !

काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ ।...

सात महिनामा सक्ने सम्झौता भएको सडक दुई वर्षमा पनि सकिएन

सात महिनामा सक्ने सम्झौता भएको सडक दुई वर्षमा पनि सकिएन

बागलुङ । निर्माण व्यवसायीको चरम लापरवाही बागलुङ जिल्ला सदरमुकामको एक...

आज विश्व आदिवासी मनाइदै, अधिकार र पहिचान संरक्षणमा जोड

आज विश्व आदिवासी मनाइदै, अधिकार र पहिचान संरक्षणमा जोड

काठमाडौँ । विश्वका आदिवासी जनजातिको अधिकार, पहिचान, संस्कृति र जीवनपद्धतिको...

पालिकाले अनुदानमा भैँसी दिएपछि यहाँका किसान उत्साहित

पालिकाले अनुदानमा भैँसी दिएपछि यहाँका किसान उत्साहित

भोजपुर । भोजपुरको हतुवागढी गाउँपालिकाले दुग्ध उत्पादन वृद्धि तथा किसानको...

झापाका हात्तीपीडितले पाए दुई करोड क्षतिपूर्ति

झापाका हात्तीपीडितले पाए दुई करोड क्षतिपूर्ति

भद्रपुर (झापा) । झापामा मानव–हात्ती द्वन्द्वका कारण एक वर्षमा करिब...

नेत्रज्योति सङ्घलाई ‘पब्लिक हेल्थ अवार्ड’

नेत्रज्योति सङ्घलाई ‘पब्लिक हेल्थ अवार्ड’

काठमाडौँ । विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) को दक्षिणपूर्वी एशिया क्षेत्रीय...