back
CTIZAN AD

बेलायतमा नेपालीहरुको जनसंख्या १ लाख नाघ्यो

वि.सं.२०७९ मंसिर २५ आइतवार

762 

shares

लण्डन । बेलायतमा नेपालीहरूको जनसंख्या ७२ प्रतिशतले बढेको पाइएको छ ।

बेलायतको दुई प्रमुख राज्य इङल्यान्ड र वेल्सको जनगणना गर्ने निकाय अफिस फर न्याशनल स्टाटिटिक्स (ओएनएस)ले मंगलबार सार्वजनिक गरेको जातीयतासम्बन्धी तथ्याङ्कलाई आधार मान्दै बेलायतस्थित सेन्टर फर नेपाल स्टडिज (सिएनएस) यूकेले गरेको विश्लेषणमा सो तथ्थ सार्वजनिक भएको हो ।

सिएनएस यूकेका प्रमुख कार्यकारी निर्देशक लोकेन्द्रपुरुष ढकालले शुक्रबार जारी गरेको विज्ञप्तिमा इङल्यान्ड र वेल्सको जनगणनामा जातीयता नेपाली (गोर्खा समेत) उल्लेख गर्नेहरूको संख्या १ लाख ३ हजार ८७५ पुगेको छ ।

यसअघि सन् २०११ को जनगणनामा इङल्यान्ड र वेल्समा जातीयता ‘नेपाली’ बताउने नेपालीहरूको संख्या ६० हजार २०२ मात्र थियो । एक दशकमा त्यो संख्या ७२.५५ प्रतिशतले बढेको तथ्याङ्कले देखाएको छ ।

बेलायतमा रसमोर नेपालीहरूको सबैभन्दा धेरै नेपाली बस्ने क्षेत्र कायम रहेको छ । त्यहाँ नेपालीहरूको संख्या १० हजार ५७५ पुगेको छ । सन् २०११ को जनगणनामा सो संख्या ६ हजार १३१ थियो ।

त्यसैगरी दक्षिण पूर्वी लण्डनको ग्रीनवीच नेपालीहरूको दोस्रो घना बस्ती रहेको क्षेत्रका रुपमा कायमै छ । त्यहाँ नेपालीहरूको संख्या ७ हजार ६४९ पुगेको छ ।

सन् २०११ को जनगणनामा त्यहाँ ५ हजार ४०७ नेपाली रहेको तथ्याङ्क थियो । त्यसपछि रेडिङ नेपालीहरूको तेस्रो ठूलो बसोबास रहेको स्थान बनेको छ जहाँ नेपालीहरूको जनसंख्या ५ हजार ३४४ देखिएको छ । सन् २०११ को जनगणनामा रेडिङमा २ हजार ७३५ नेपाली थिए ।

सन् २०११ को जनगणनामा २ हजार ८०० जनसंख्यासहित नेपालीहरू बस्ने तेस्रो स्थानमा रहेको ब्रेन्टमा भने यो जनगणनामा नेपालीको संख्या घटेर १ हजार ९३५ मा झरेको छ ।

तथ्याङ्कअनुसार बेलायतका २० वटा स्थानमा नेपालीहरूको संख्या १ हजारभन्दा बढी छ ।
सिएनएस युकेका पूर्व कार्यकारी निर्देशक डा कृष्ण अधिकारी जनगणनामा नेपालीहरूको संख्या उल्लेख्य वृद्धि हुनुमा पाँचवटा कारण प्रमुख ठान्छन् ।

पहिलो, बेलायतमा जन्मिएका पहिलो पुस्ताका बेलायती नेपाली । दोस्रो, सन् २००९ मा गोरखा भूतपूर्व सैनिकहरूलाई बेलायतको आवासीय अधिकार दिइएपछि गोरखा परिवारमा आश्रित बयस्कहरूको बेलायत प्रवेश ।

तेस्रो, हङकङमा रहेका ब्रिटिश न्याशनल ओभरसिज (बीएनओ) राहदानीवाहकहरूलाई बेलायतको उदार आवासीय नीति । चौथो, युरोपका विभिन्न मुलुकमा रहेका नेपालीहरू ब्रेक्जिटपछि युरोपियन युनियनभित्रका बासिन्दालाई बसोबास रोज्न दिइएको ग्रेस अवधिअन्तर्गत बेलायतमा बसोबास गर्नु । पाँचौँ, बेलायतमा उच्च शिक्षा अध्ययनका लागि अन्तर्राष्ट्रिय विद्यार्थीहरूका लागि अनपाइएको खुकुलो नीति ।

यसका साथै सन् २०११ को जनगणनाको बेलायतका नेपालीको अनुभव र बेलायतको नेपाली समुदायमा जनगणनाप्रति आएको चेतना तथा प्रमुख संघसंस्थाहरू नै जनगणनाको अभियानमा सामेल हुनुले पनि नेपालीको संख्या बढेको हुनसक्ने अधिकारीको भनाइ छ ।

१५ प्रतिशत नेपाली छुटेको विश्लेषण
बेलायतमा जातीय अल्पसंख्यकहरू जनगणनामा छुट्न सक्ने ठूलो सम्भावनालाई हेरेर विभिन्न उपायहरू अपनाइए पनि अझै १० देखि १५ प्रतिशत नेपालीहरू जनगणनामा छुटेको हुनसक्ने सिएनएस यूकेको विश्लेषण छ ।

त्यसको आधारमा बेलायतमा नेपालीहरूको जनसंख्या १ लाख २५ हजारदेखि १ लाख ५० हजार सम्म रहेको सिएनएस युकेको आँकलन छ ।
बेलायतका चार राज्यमध्ये स्कटल्यान्डमा कोभिड महामारीका कारण गत वर्ष जनगणना स्थगित गरियो र यसवर्ष मात्र सम्पन्न भएको छ ।

उता उत्तरी आयरल्यान्डमा गत वर्ष नै जनगणना भएपनि जनगणनाको जातिगत तथ्याङ्क विस्तृतरूपमा सार्वजनिक भइसकेको छैन ।

तथापि त्यहाँ पनि नेपालीहरूको संख्या इङ्ल्यान्ड र वेल्सकै अनुपातमा वृद्धि भएको हुनसक्ने सम्भावना छ ।

सन् २०११ को जनगणनामा स्कटल्यान्डमा नेपालीको जनसंख्या १ हजार २६८ मात्र थियो भने उत्तरी आयरल्यान्डमा अति थोरै संख्या भएकाले उपलब्ध थिएन । सिएनएस यूकेले बेलायतमा नेपालीहरूको संख्या आगामी दिनमा अझै थपिने अनुमान गरेको छ ।
नेपालीहरूमा आफ्ना आफन्त र साथीहरू पहिले नै बसोबास गरिरहेको ठाउँमा बसाइ सर्ने प्रवृत्ति हुनु र अहिले पनि अन्तर्राष्ट्रिय विद्यार्थी, वर्क पर्मिटलगायतको बाटोबाट नेपालीहरू बेलायतमा प्रवेश गरिरहेकाले यो संख्या बढ्ने आधार सिएनएस यूकेले दिएको छ ।

नेपाली भाषा बोल्नेको संख्या ७४ हजार

यसैगरी, इङ्ल्यान्ड र वेल्समा नेपाली भाषा मूल भाषा हुनेहरूको संख्या करिब ४१ प्रतिशतले वृद्धि भएको छ ।
सन् २०२१ को जनगणनाअनुसार नेपाली भाषा बक्ताको संख्या ७४ हजार ३६८ पुगेको छ । सन् २०११ मा सो संख्या ५२ हजार ७८५ मात्र थियो । नेपाली भाषा इङल्यान्ड र वेल्समा २१औँ स्थानमा परेको छ । गत जनगणनामा पनि नेपाली भाषा सोही स्थानमा रहेको थियो ।
सिएनएस यूकेका अनुसार ओएनएसले नेपाली समुदायलाई साना अल्पसंख्यक जातीय समुदायभित्र राखेर यस वर्ष पनि अनुसन्धान गरिरहेको छ ।
सन् २०११ मा सिएनएस यूकेको निरन्तरको पहलपछि ओएनएसले नेपालीलाई साना अल्पसंख्यक जातीय समुदायको अध्ययनमा समावेश गरेको थियो । सो अध्ययनको तथ्याङ्कहरू बाहिर आएपछि नेपाली समुदायलाई जानकारी गराउने सिएनएस यूकेले बताएको छ ।

सिएनएस यूकेले जनगणना राज्यको आधिकारिक तथ्याङ्क हुने भएकाले त्यसमा नेपालीहरूको वास्तविक संख्या दर्ज हुन सके सरकारी तथा गैरसरकारी निकायबाट नेपालीहरूमाथि विभिन्न नीतिगत योजना ल्याउन सजिलो हुने भन्दै लामो समयदेखि अभियान गर्दै आएको छ ।

गत वर्षको जनगणनामा बेलायतमा रहेका नेपालीहरूको सक्रिय सहभागिता रहेको निस्कर्ष निकाल्दै सिएनएस यूकेले यसमा सहयोग पुरयाउने गैरआवासीय नेपाली संघ (एनआरएनए) यूके लगायत सबै नेपाली सामुदायिक संघसंस्था व्यक्ति तथा सन् २०२१ को जनगणनामा सिएनएस यूकेका तर्फबाट गरिएको सामुदायिक अभियानको संयोजनका लागि सिएनएस यूकेका अनुसन्धाता नरेश खपांगी मगरप्रति धन्यवाद ज्ञापन गरेको छ ।

जनगणनामा नेपालीहरुको सहभागिता बढाउने उद्धेश्यसहित सामुदायिक अभियान सञ्चालन गरेको एनआरएनए इंग्ल्यान्ड राज्य समन्वय समिति इंग्ल्यान्डका तत्कालीन अध्यक्ष एवम् एनआरएनए यूके उपाध्यक्ष दीपक श्रेष्ठले सार्वजनिक तथ्यांकमा बेलायतका धेरै नेपाली समेटिएको भन्दै खुशी व्यक्त गरेका छन्।

जनगणनामा सहभागी हुन प्रेरित गर्ने उक्त अभियानमा साथ दिने बेलायतस्थित सबै संघसंस्था, अभियन्ता एवम् गोविन्द खरेल, कृष्ण वैद्यसहित इंग्ल्यान्ड राज्य परिषदका तत्कालीन सबै पदाधिकारीप्रति उनले धन्यवाद ज्ञापन गरेका छन्।

वि.सं.२०७९ मंसिर २५ आइतवार १६:२४ मा प्रकाशित

हराएको तीन दिनपछि मृत भेटिए कपिलवस्तुका पूर्वमेयर किरण सिंह

हराएको तीन दिनपछि मृत भेटिए कपिलवस्तुका पूर्वमेयर किरण सिंह

बुटवल । कपिलवस्तु नगरपालिकाका पूर्वमेयर किरण सिंह तीन दिनदेखि हराइरहेको...

सबै समुदायको अधिकार सुनिश्चित गर्नुपर्नेमा संयोजक दाहालको जोड

सबै समुदायको अधिकार सुनिश्चित गर्नुपर्नेमा संयोजक दाहालको जोड

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सबै...

नेपालमा रोकिएको तिब्बत अध्ययन सम्मेलन अब भर्चुअल

नेपालमा रोकिएको तिब्बत अध्ययन सम्मेलन अब भर्चुअल

काठमाडौंमा आयोजना हुने तय भएको International Association for Tibetan Studies...

फेरि तीन लाख काट्यो सुनको मूल्यले, कति छ त प्रतितोला ?

फेरि तीन लाख काट्यो सुनको मूल्यले, कति छ त प्रतितोला ?

काठमाडौँ । आज पनि नेपाली बजारमा सुनको मूल्य बढेको छ...

नाईमा अटो एक्स्पोमा DONGFENG बस सार्वजनिक हुने

नाईमा अटो एक्स्पोमा DONGFENG बस सार्वजनिक हुने

काठमाडाैँ । हिमालयन अर्गनाइजेशन अन्तर्गत रहेको आयाम इन्टरकन्टिनेन्टलले चीनको बहुप्रतिष्ठित...

गोसाइँकुण्डमा जनैपूर्णिमा मेलाको तयारी

गोसाइँकुण्डमा जनैपूर्णिमा मेलाको तयारी

रसुवा । जिल्लाको प्रख्यात तीर्थस्थल गोसाइँकुण्डमा हरेक वर्ष जनैपूर्णिमाका दिन...