back
CTIZAN AD

खोटाङमा एकीकृत घुम्ती शिविर, जेष्ठ नागरिक र अपाङ्गता भएकालाई परिचय पत्र वितरण

वि.सं.२०७९ मंसिर २६ सोमवार

813 

shares

खोटाङ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१० पाथेकामा आयोजित एकीकृत घुम्ती शिविरमा दुई सय ५३ सेवाग्राहीले सेवा लिएका छन् ।

नगरपालिकाले आयोजना गरेको एकीकृत घुम्ती शिविरमा एक सय ५७ जना ज्येष्ठ नागरिकलाई परिचयपत्र, ७५ जना ज्येष्ठ नागरिकको स्वास्थ्य परीक्षण र २१ जनालाई अपाङ्गता भएका व्यक्तिलाई परिचयपत्र वितरण गरिएको हो ।

शिविरमा उपचारका लागि आएका जटिल किसिमका बिरामीलाई विभिन्न प्रकारका औषधि निःशुल्क वितरण गरिएको नगरपालिकाले जनाएको छ । पाथेकाका स्थानीय बासिन्दालाई लक्षित गरेर आयोजना गरिएको एकीकृत घुम्ती शिविरमा वडा नं ११ खार्मीका सेवाग्राहीले समेत सेवा लिएका छन् ।

नगरपालिकाले वडामै एकीकृत घुम्ती शिविर सञ्चालन गरेपछि दुई वडाका सेवाग्राही लाभान्वित भएका छन् । अपाङ्गता भएका व्यक्ति तथा ज्येष्ठ नागरिकले एकीकृत घुम्ती शिविरमार्फत आफ्नै गाउँ/ठाउँमा सहजरुपले आवश्यक सेवा लिन पाएपछि लाभान्वित भएका हुन् ।

ज्येष्ठ नागरिक तथा अपाङ्गता भएका व्यक्तिलाई उनीहरुकै गाउँ÷ठाउँमा सेवा उपलब्ध गराउने उद्देश्यले पाथेकामा एकीकृत घुम्ती शिविर सञ्चालन गरिएको नगरप्रमुख तीर्थराज भट्टराईले बताए । “सङ्घीयताको मर्म भनेकै सिंह दरबारको अधिकार गाउँगाउँमा पु¥याएर नागरिकलाई सेवा उपलब्ध गराउने हो”, उनले भने, “नगरका सबै नागरिकलाई सहजरुपमा उनीहरुकै गाउँ÷ठाउँमा सेवा उपलब्ध गराउन हरेक वडामा एकीकृत घुम्ती शिविर सञ्चालन गर्ने योजना बनाएका छौँ ।”

पाथेकास्थित वडा कार्यालयको प्राङ्गणमा आइतबार आयोजना गरिएको एकीकृत घुम्ती शिविरमा नगरप्रमुख भट्टराई, पाथेकाका वडाध्यक्ष मुगाधन राई, कार्यपालिका सदस्य अञ्जना बस्नेत, प्रमुख प्रशासकीय अधिकृत सुभाकर पौडेल, स्वास्थ्य शाखा प्रमुख मोहन राउत, महिला तथा बालबालिका शाखा प्रमुख इरन राई, स्वास्थ्यकर्मी तथा विभिन्न शाखाका कर्मचारी सहभागी थिए । एकीकृत घुम्ती शिविर लगेर पाथेका पुगेका जनप्रतिनिधि तथा कर्मचारीलाई पाथेकाका स्थानीय बासिन्दाले फूलमालाले स्वागत गरेका थिए ।

यसैबीच, सरस्वती मावि पाथेकामा बाल क्लब र किशोरी समूहसमेत गठन गरिएको छ । नगरपालिकाको पहलमा बाल विवाह न्यूनीकरण गर्ने उद्देश्यले निर्दोष पुरीको अध्यक्षतामा २५ सदस्यीय बाल क्लब तथा सजिना सार्कीको अध्यक्षतामा २५ सदस्यीय किशोरी समूह गठन गरिएको हो ।

नवगठित बाल क्लब र शिकोरी समूहमा आबद्ध किशोर÷किशोरीलाई नगरपालिकाको महिला तथा बालबालिका शाखाले बाल विवाह न्यूनीकरणसम्बन्धी तीनदिने सचेतनामूलक तालिमसमेत दिएको छ । तालिमको सहजीकरण शाखा प्रमुख राई र महिला सहायक निर्देशक निर्मला आचार्यले गरेकी थिइन् ।

तालिममा बाल विवाह न्यूनीकरण गर्ने उपाय, बाल विवाह गर्दा हुने कानुनी सजाय, बाल विवाहले पर्ने सामाजिक, आर्थिक, शैक्षिक तथा पारिवारिक असर, किशोरावस्थामा हुने परिवर्तन, संवेग तथा यसले पार्ने प्रभावलगायतका विषयमा जानकारी दिइएको शाखा प्रमुख राईले बताइन् । “बाल विवाहको घटना नगरमा मात्र नभई जिल्लामै दिनानुदिन भइरहेको छ”, उनले भने, “बाल विवाहका घटनालाई रोक्न हरेक गाउँ\टोलमा सचेतना फैलाउन आवश्यक ठानेर तालिमको व्यवस्था गरिएको हो ।”

दश स्थानीय तह रहेको जिल्लामा अधिकांश सम्बन्धबिच्छेदका घटना बाल विवाहका कारण हुने गरेको एक तथ्याङ्कले देखाएको छ । कम उमेरमा विवाह गर्ने अनि समस्या सिर्जना भएपछि समाधान गर्नसक्ने क्षमता नहुँदा अधिकांश जोडीले सम्बन्धबिच्छेद गर्ने गरेको पाइएको शाखा प्रमुख राईले बताएकी छन् । file photo

वि.सं.२०७९ मंसिर २६ सोमवार ०७:५९ मा प्रकाशित

उही प्रकृतिका बेरुजु दोहोरिनु वित्तीय अनुशासन र सुशासनका दृष्टिले चिन्ताको विषय हो : सभामुख अर्याल

उही प्रकृतिका बेरुजु दोहोरिनु वित्तीय अनुशासन र सुशासनका दृष्टिले चिन्ताको विषय हो : सभामुख अर्याल

काठमाडौँ । सभामुख डोलप्रसाद अर्यालले विश्वभर सार्वजनिक लेखापरीक्षणमा प्रयोग भइरहेको...

राष्ट्रियसभा बैठक : जातीय भेद्भाव हटाउन माग

राष्ट्रियसभा बैठक : जातीय भेद्भाव हटाउन माग

काठमाडौँ । राष्ट्रियसभाका सांसदहरुले जातीय भेद्भाव हटाउन, स्वास्थ्य बिमा कार्यक्रमलाई...

विष्णु पौडेललाई विशेष अदालतमा उपस्थित गराइयो

विष्णु पौडेललाई विशेष अदालतमा उपस्थित गराइयो

काठमाडौं । पूर्वमन्त्री एवम् नेकपा (एमाले) का उपाध्यक्ष विष्णु पौडेललाई...

असार १५: जुजु धौको माग उच्च

असार १५: जुजु धौको माग उच्च

काठमाडौँ । आज असार १५, नेपाली संस्कृति र परम्पराअनुसार आजको...

धानका बिरुवासँग किसानका सपना जोडिएका हुन्छन् : सभापति थापा

धानका बिरुवासँग किसानका सपना जोडिएका हुन्छन् : सभापति थापा

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले खेतमा रोपिएको प्रत्येक...

पुँजी बजारका लगानीकर्ताको लगानीको सुरक्षा र हितमा काम गर्न सेबोन अध्यक्ष भट्टलाई अर्थमन्त्रीको निर्देशन

पुँजी बजारका लगानीकर्ताको लगानीको सुरक्षा र हितमा काम गर्न सेबोन अध्यक्ष भट्टलाई अर्थमन्त्रीको निर्देशन

काठमाडौँ । अर्थमन्त्री डा स्वर्णिम वाग्लेले नेपाल धितोपत्र बोर्ड (सेबोन)का...