back
CTIZAN AD

बाँदर धपाउँदै दिन बित्छ यी पाँच गाउँका बासिन्दाको

वि.सं.२०७९ मंसिर २७ मंगलवार

1.5K 

shares

चौतारा । सिन्धुपाल्चोकको पूर्वी भेगमा रहेको पाँचगाउँका बासिन्दाको दिन बाँदर धपाउँदै बित्ने गरेको छ । खाद्यान्न बाली जोगाउन उनीहरु दैनिक बाँदर धपाउनमै व्यस्त हुने गरेका छन् । गहुँ, तोरी, आलु, प्याज, फलफूललगायत ठूलो सङ्ख्यामा आउने बाँदरले नोक्सानी गर्नाका साथै बालबच्चासमेत असुरक्षित हुन थालेपछि पिस्कर, धुस्कुन, चोकटी, तौथली र टेकानपुरका बासिन्दा दिनहुँ बाँदर लखेट्ने काममा व्यस्त हुनथालेका हुन् ।

हिउँदे बाली, तरकारी तथा फलफूल नोक्सान गरेपछि बाँदर लखेट्ने अभियान नै चलाइएको पिस्करका पृथ्वीजङ्ग पाण्डेले बताए । वन्यजन्तु संरक्षण ऐनअनुसार बाँदर मार्न नपाइने भएकाले स्थानीयवासीको समूहले बाँदर लखेट्न समितिसमेत गठन गरेकोे उनको भनाइ थियोे । धुस्कुनका चन्द्रबहादुर विकका अनुसार दुई वर्षदेखि बाँदरले बढी दुःख दिन थालेको हो । उनले केटाकेटीलाई जोगाउनसमेत मुस्किल परेकाले बाँदर धपाउने अभियान चलाइएको बताए ।

वि.सं.२०७९ मंसिर २७ मंगलवार १६:२७ मा प्रकाशित

ट्याक्टरको प्रयोग बढेपछि हराउँदै गोरुले खेतबारी जोत्ने प्रचलन

ट्याक्टरको प्रयोग बढेपछि हराउँदै गोरुले खेतबारी जोत्ने प्रचलन

तानसेन (पाल्पा) । एक दशकअघिसम्म पाल्पाका फाँटहरूमा असार लागेसँगै हल...

केराको व्यावसायिक ‘वाइन’ र ‘ब्रान्डी’ उत्पादनमा ठाकुर

केराको व्यावसायिक ‘वाइन’ र ‘ब्रान्डी’ उत्पादनमा ठाकुर

नारायणगढ,चितवन। विगत १५ वर्षदेखि व्यावसायिक केराखेती गर्दै आएका चितवनको रत्ननगर...

पालिकाले दियो हल गोरु पाल्ने एकसय १५ कृषकलाई पाँच/पाच हजार

पालिकाले दियो हल गोरु पाल्ने एकसय १५ कृषकलाई पाँच/पाच हजार

वालिङ (स्याङ्जा) । स्याङ्जाको गल्याङ नगरपालिकाले हल गोरु पाल्ने कृषकलाई...

कर्णालीमा ४३ हजारभन्दा बढी हेक्टर क्षेत्रफलमा धानखेती हुँदै

कर्णालीमा ४३ हजारभन्दा बढी हेक्टर क्षेत्रफलमा धानखेती हुँदै

काँक्रेविहार (सुर्खेत)  । कर्णाली प्रदेशका १० जिल्लामा ४३ हजार २९०...

अफ्रिकन स्वाइन फिभरबाट गोरखामा २५० सुँगुर/बङ्गुर मरे

अफ्रिकन स्वाइन फिभरबाट गोरखामा २५० सुँगुर/बङ्गुर मरे

गोरखा । अफ्रिकन स्वाइन फिभरबाट गोरखामा २५० भन्दा बढी सुँगुर÷बङ्गुर...

फिफा विश्वकपः अन्तिम १६ मा ब्राजिल प्रवेश

फिफा विश्वकपः अन्तिम १६ मा ब्राजिल प्रवेश

काठमाडौँ । फिफा विश्वकप–२०२६ फुटबल प्रतियोगिताअन्तर्गत राउण्ड अफ ३२ को खेलमा...