back
CTIZAN AD

नेशनल लाइफले नेपालगन्जमा ३५ करोड लागतमा व्यापारिक भवन बनाउने

वि.सं.२०७९ मंसिर २८ बुधवार

654 

shares

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले नेपालगंज सुर्खेत रोडमा सात तले भवन निर्माण गर्ने भएको छ ।
कम्पनीले करिब ३५ करोड रुपैयाँ लगानीमा ७ तल्ले अत्याधुनिक सेवा सुविधा सहितको व्यापारिक भवन निर्माण गर्न लागेको हो ।

कम्पनीकी अध्यक्ष प्रेमा राज्य लक्ष्मी सिंहले भवन निर्माण थाल्नुअघि जग पूजा गरेकी छिन् । जग पुजा तथा शिलान्यास कार्यक्रममा कम्पनीका संचालक समितिका सदस्यहरु, प्रमुख कार्यकारी अधिकृत, कम्पनीका विभिन्न शाखा कार्यालयहरुका कर्मचारीहरु लगायत करिब १०० जनाको उपस्थिति रहेको थियो ।

नेपालगंजस्थित सुर्खेत रोडमा रहेको करिव साढे चार कट्ठा जमिनमा निर्माण गर्न लागेको अत्याधुनिक भवन, सुविधा सम्पन्न अण्डरग्राउण्ड पार्किङ सहितको हुनेछ । भवनको निर्माण सम्पन्न भएपछि यसमा कम्पनीको कार्यालयको अतिरिक्त अन्य व्यापारिक कार्यालयहरु समेत सञ्चालन गर्न सकिनेछ । आधुनिक प्रविधि सहित नेपालगंजकै नमूना भवनको रुपमा सम्पन्न हुन लागेको हुँदा यो भवन निर्माण पछि नेपालगंज लुम्विनी प्रदेशकै व्यापारिक हव बन्न सहयोग पुग्ने प्रक्षेपण गरिएको छ ।

५२ अर्ब रुपैयाँ भन्दा बढी जीवन बीमाकोष रहेको देशकै ठूलो बीमा कम्पनीमध्येको एक नेशनल लाइफ इन्स्योरेन्सले नियामक निकाय नेपाल बीमा प्राधिकरणसँग पूर्व स्वीकृति लिई भवन निर्माण आरम्भ गरेको हो ।

वि.सं.२०७९ मंसिर २८ बुधवार ०८:२५ मा प्रकाशित

आईएमई लाइफ इन्स्योरेन्सले गर्यो समता एजुकेशनलाई पाँच लाख सहयोग

आईएमई लाइफ इन्स्योरेन्सले गर्यो समता एजुकेशनलाई पाँच लाख सहयोग

काठमाडौँ । आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो संस्थागत सामाजिक...

नेपाल लाइफ बन्यो फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजक

नेपाल लाइफ बन्यो फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजक

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नेपालमा फिफा विश्वकप...

आईएमई लाइफ इन्स्योरेन्सद्वारा फेलोसिप सोसाइटी नेपाललाई सहयोग, दृष्टिविहीन विद्यार्थीको शिक्षामा साथ

आईएमई लाइफ इन्स्योरेन्सद्वारा फेलोसिप सोसाइटी नेपाललाई सहयोग, दृष्टिविहीन विद्यार्थीको शिक्षामा साथ

काठमाडौँ । आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो संस्थागत सामाजिक...

विपन्न नागरिकको मोतिबिन्दु शल्यक्रिया गर्न आईएमई लाइफले गर्याे आर्थिक सहयोग

विपन्न नागरिकको मोतिबिन्दु शल्यक्रिया गर्न आईएमई लाइफले गर्याे आर्थिक सहयोग

काठमाडाैँ । आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो संस्थागत सामाजिक...