back
CTIZAN AD

आखिर देव गुरुङ किन गए त ओलीलाई भेट्न ?

वि.सं.२०७९ मंसिर २८ बुधवार

744 

shares

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका महासचिव देव गुरुङबीच भेटवार्ता भएको छ ।

अध्यक्ष ओली र गुरुङबीच मंगलबार भएको उक्त भेटमा अध्यक्ष ओलीलाई बधाई दिनुका साथै समसायिक विषयमा कुराकानी भएको गुरुङले जानकारी दिएका छन् ।

‘गठबन्धनका साथीहरुसँग त मिटीङ छलफल हुन्छ त्यहि बधाई पनि दिइन्छ । तर, उहाँलाई आफै पुगेर बधाई दिएको हुँ । बधाई दिनुका साथै समसामयिक विषयमा सामान्य कुराकानी भएको हो ।’ महासचिव गुरुङले संसारन्युजसँग भने ।

यसअघि ओलीले माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई फोनमार्फत् बधाई दिएका थिए भने महासचिव गुरुङले पनि पार्टीका तर्फबाट ओलीलाई भेटेरै बधाई दिएको बताएका छन् ।

माओवादी केन्द्रले नयाँ सरकार गठनका लागि सबै बिकल्प खुला गरेको बताइरहँदा अध्यक्ष ओली र महासचिव गुरुङको यो भेटलाई अर्थपूर्णरुपमा हेरिएको छ । यद्यपी गुरुङले भने सरकार गठनको प्रक्रिया सुरु नभइसकेकोले अहिले बधाईका लागि मात्र भेटघाट भएको बताए ।

वि.सं.२०७९ मंसिर २८ बुधवार १३:४७ मा प्रकाशित

प्रचण्ड लगायतका नेताहरुको उपस्थितिमा अन्तरक्रिया हुँदै

प्रचण्ड लगायतका नेताहरुको उपस्थितिमा अन्तरक्रिया हुँदै

काठमाडौं । पुनर्गठित नेपाल कम्युनिस्ट पार्टीको आयोजनामा ‘कम्युनिस्ट आन्दोलनमा सहकार्य,...

लोमान्थाङमा मनाइयो तीनदिने यार्तुङ पर्व, अमेरिकी दूतावासका सार्वजनिक मामिला प्रमुख पनि सहभागी

लोमान्थाङमा मनाइयो तीनदिने यार्तुङ पर्व, अमेरिकी दूतावासका सार्वजनिक मामिला प्रमुख पनि सहभागी

मुस्ताङ । मुस्ताङको लोमान्थाङमा स्थानीय संस्कृति र परम्परासँग जोडिएको प्रसिद्ध...

रास्वपाको दुईदिने ‘नीति, सङ्गठन र नेतृत्व’ मन्थन सुरु

रास्वपाको दुईदिने ‘नीति, सङ्गठन र नेतृत्व’ मन्थन सुरु

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले केन्द्रीय सदस्यका लागि...

भरतपुर अस्पतालको प्रयोगशालाको नतिजा अनलाइनबाट हेर्न सकिने 

भरतपुर अस्पतालको प्रयोगशालाको नतिजा अनलाइनबाट हेर्न सकिने 

चितवन ।  भरतपुर अस्पतालले प्रयोगशालाको नतिजा अनलाइनमार्फत् प्राप्त गर्ने प्रणाली...

जनकपुरका पोखरीलाई अतिक्रमणमुक्त बनाउन डोजर चलाइयो

जनकपुरका पोखरीलाई अतिक्रमणमुक्त बनाउन डोजर चलाइयो

जनकपुरधाम । जनकपुरधामका पोखरीको जग्गा अतिक्रमण गरी निर्माण गरिएका संरचना...

राष्ट्रपति पौडेलद्वारा बङ्गलादेशका नयाँ राष्ट्रपतिलाई बधाई

राष्ट्रपति पौडेलद्वारा बङ्गलादेशका नयाँ राष्ट्रपतिलाई बधाई

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले बङ्गलादेशका २३औँ राष्ट्रपतिमा मिर्जा फखरुल...