back
CTIZAN AD

निर्वाचन आयोगले भन्यो–एउटा दलको अध्यक्ष अर्को दलको सांसद बन्न नमिल्ने भन्ने कानुनी व्यवस्था छैन

वि.सं.२०७९ मंसिर २८ बुधवार

693 

shares

काठमाडौं । निर्वाचन आयोगले कुनै एक दलको अध्यक्ष अर्को दलको समानुपातिक सांसद बन्न नमिल्ने भन्ने कानुनी व्यवस्था नरहेको बताएका छन् ।

निर्वाचन आयोगमा मंसीर ४ मा सम्पन्न निर्वाचनको अन्तिम नतिजा घोषणा गर्न आयोजित पत्रकार सम्मेलनमा प्रमुख आयुक्त दिनेशकुमार थपलियाले समानुपातिक सांसद बन्न नसक्ने विषयमा स्पष्ट कानुनी व्यवस्था नरहेको तर नैतिकताको विषय हुनसक्ने बताए ।

थपलियाले मंसीर ४ मा सम्पन्न निर्वाचनका बेला देखिएको विभिन्न समस्यालाई लिएर ८ वटा निर्वाचन कानुनलाई एउटै कानुन बनाउने गरी संशोधन गर्न लागिएको बताए ।

त्यसैगरी मत बदरका विषयमा राखिएको प्रश्नमा आयोगले जिल्ला निर्वाचन कार्यालयका निर्वाचन अधिकृतहरूसँग यसबारेमा विवरण मागेको उल्लेख गरे । थपलियाले पुस ३ गते समानुपातिक सांसदहरूलाई प्रमाणपत्र वितरण गर्ने जानकारी समेत दिएका छन् ।

आयोगको यो जानकारी सँग नेपाल परिवार दलका अध्यक्ष एकनाथ ढकाललाई नेकपा एमालेका तर्फबाट समानुपातिक सांसद बन्नका लागि बाटो खुला भएको छ ।

वि.सं.२०७९ मंसिर २८ बुधवार १४:३१ मा प्रकाशित

प्रचण्ड लगायतका नेताहरुको उपस्थितिमा अन्तरक्रिया हुँदै

प्रचण्ड लगायतका नेताहरुको उपस्थितिमा अन्तरक्रिया हुँदै

काठमाडौं । पुनर्गठित नेपाल कम्युनिस्ट पार्टीको आयोजनामा ‘कम्युनिस्ट आन्दोलनमा सहकार्य,...

लोमान्थाङमा मनाइयो तीनदिने यार्तुङ पर्व, अमेरिकी दूतावासका सार्वजनिक मामिला प्रमुख पनि सहभागी

लोमान्थाङमा मनाइयो तीनदिने यार्तुङ पर्व, अमेरिकी दूतावासका सार्वजनिक मामिला प्रमुख पनि सहभागी

मुस्ताङ । मुस्ताङको लोमान्थाङमा स्थानीय संस्कृति र परम्परासँग जोडिएको प्रसिद्ध...

रास्वपाको दुईदिने ‘नीति, सङ्गठन र नेतृत्व’ मन्थन सुरु

रास्वपाको दुईदिने ‘नीति, सङ्गठन र नेतृत्व’ मन्थन सुरु

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले केन्द्रीय सदस्यका लागि...

भरतपुर अस्पतालको प्रयोगशालाको नतिजा अनलाइनबाट हेर्न सकिने 

भरतपुर अस्पतालको प्रयोगशालाको नतिजा अनलाइनबाट हेर्न सकिने 

चितवन ।  भरतपुर अस्पतालले प्रयोगशालाको नतिजा अनलाइनमार्फत् प्राप्त गर्ने प्रणाली...

जनकपुरका पोखरीलाई अतिक्रमणमुक्त बनाउन डोजर चलाइयो

जनकपुरका पोखरीलाई अतिक्रमणमुक्त बनाउन डोजर चलाइयो

जनकपुरधाम । जनकपुरधामका पोखरीको जग्गा अतिक्रमण गरी निर्माण गरिएका संरचना...

राष्ट्रपति पौडेलद्वारा बङ्गलादेशका नयाँ राष्ट्रपतिलाई बधाई

राष्ट्रपति पौडेलद्वारा बङ्गलादेशका नयाँ राष्ट्रपतिलाई बधाई

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले बङ्गलादेशका २३औँ राष्ट्रपतिमा मिर्जा फखरुल...