काठमाडौं । नेपाली बजारमा निररन्तर रुपमा उतार चढाव आइरहेको सुनको भाउ बिहीबारको बजारमा भने घटेको छ ।
बुधबार प्रतितोला १ लाख १ हजारमा कारोबार भएको छापावाल सुनको भाउ बिहीबारको बजारमा प्रतितोला ७ सयले घटेर १ लाख ३०० रुपैयाँमा कारोबार भइरहेको छ ।
नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आजको बजारमा तेजावी सुन प्रतितोला ९९ हजार ८०० रुपैयाँ र चाँदी प्रतितोला १३८० रुपैयाँमा कारोबार भइरहेको छ ।
वि.सं.२०७९ मंसिर २९ बिहीवार १२:३० मा प्रकाशित






























