back
CTIZAN AD

तीन करोडको लगानीमा कन्दरा रिसोर्ट

वि.सं.२०७९ मंसिर २९ बिहीवार

885 

shares

धनकुटा । धनकुटाको जोरपाटीमा रु तीन करोडको लागतमा कन्दरा रिसोर्ट सञ्चालनमा आउने भएको छ ।

छथर जोरपाटी गाउँपालिका–२ को मध्यपहाडी लोमार्गस्थित निमार्माणाधीन उक्त रिसोर्ट स्थानीय युवा व्यवसायी बलदिव राईले सञ्चालनमा ल्याउन लागेका हुन् । करिब २७ रोपनी क्षेत्रफलमा गत वर्षदेखि निर्माण थालिएको उक्त रिसोर्ट दुई वर्षभित्र सञ्चालनमा आउने सञ्चालक राईले जानकारी दिए ।

सेन्चुरी बैंकको रु दुई करोड, राष्ट्रिय वाणिज्य बैंकको रु ४५ लाख र बाँकी निजी लगानीमा बन्न लागेको उक्त रिसोर्ट प्रदेश नं १ का आन्तरिक पर्यटकलाई लक्षित गरेर सञ्चालनमा ल्याउन लागिएको राईले बताए । “यहाँ तराईबाट तिनजुरे, जलजले मिल्के क्षेत्र जाने पर्यटकलाई गासबास उपलब्ध गराइनेछ”, उनले भने ।

तीन सय पाहुनालाई सेवा दिन मिल्ने क्षमताको उक्त रिसोर्टमा यही उत्पादन भएका तरकारी, सिस्नु, माछा, लोकल कुखुरासहित अर्गानिक खाना खुवाइनेछ । वार्षिक रु ५० लाखको कारोबार गर्ने लक्ष्यसहित रिसोर्ट सञ्चालनमा आउन लागेको हो ।

समुद्री सतहबाट एक हजार नौ सय मिटरको उचाइमा रहेको यस स्थानबाट यहाँ आउने पर्यटकले यस क्षेत्रका मनोरम पहाडी शृङ्खला र कञ्चनजङ्घा हिमशृङ्खला अवलोकनको आनन्द लिन सक्नेछन् । file photo 

 

वि.सं.२०७९ मंसिर २९ बिहीवार १२:२२ मा प्रकाशित

ट्याक्टरको प्रयोग बढेपछि हराउँदै गोरुले खेतबारी जोत्ने प्रचलन

ट्याक्टरको प्रयोग बढेपछि हराउँदै गोरुले खेतबारी जोत्ने प्रचलन

तानसेन (पाल्पा) । एक दशकअघिसम्म पाल्पाका फाँटहरूमा असार लागेसँगै हल...

केराको व्यावसायिक ‘वाइन’ र ‘ब्रान्डी’ उत्पादनमा ठाकुर

केराको व्यावसायिक ‘वाइन’ र ‘ब्रान्डी’ उत्पादनमा ठाकुर

नारायणगढ,चितवन। विगत १५ वर्षदेखि व्यावसायिक केराखेती गर्दै आएका चितवनको रत्ननगर...

पालिकाले दियो हल गोरु पाल्ने एकसय १५ कृषकलाई पाँच/पाच हजार

पालिकाले दियो हल गोरु पाल्ने एकसय १५ कृषकलाई पाँच/पाच हजार

वालिङ (स्याङ्जा) । स्याङ्जाको गल्याङ नगरपालिकाले हल गोरु पाल्ने कृषकलाई...

कर्णालीमा ४३ हजारभन्दा बढी हेक्टर क्षेत्रफलमा धानखेती हुँदै

कर्णालीमा ४३ हजारभन्दा बढी हेक्टर क्षेत्रफलमा धानखेती हुँदै

काँक्रेविहार (सुर्खेत)  । कर्णाली प्रदेशका १० जिल्लामा ४३ हजार २९०...

अफ्रिकन स्वाइन फिभरबाट गोरखामा २५० सुँगुर/बङ्गुर मरे

अफ्रिकन स्वाइन फिभरबाट गोरखामा २५० सुँगुर/बङ्गुर मरे

गोरखा । अफ्रिकन स्वाइन फिभरबाट गोरखामा २५० भन्दा बढी सुँगुर÷बङ्गुर...

फिफा विश्वकपः अन्तिम १६ मा ब्राजिल प्रवेश

फिफा विश्वकपः अन्तिम १६ मा ब्राजिल प्रवेश

काठमाडौँ । फिफा विश्वकप–२०२६ फुटबल प्रतियोगिताअन्तर्गत राउण्ड अफ ३२ को खेलमा...