काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका मुख्य प्रशिक्षक मनोज प्रभाकरले पदबाट राजीनामा दिएका छन् ।
नेपाल क्रिकेट संघ (क्यान) का अनुसार मुख्य प्रशिक्षक प्रभाकरले बिहीबार राजीनामा दिएका हुन् । प्रभाकरले आजैबाट लागु हुनेगरी दिएको राजीनामा क्यानले स्वीकृति समेत दिएको बताइएको छ ।
तत्कालिन मुख्य प्रशिक्षक पुबुदु दासानायकेले अचानक राजीनामा दिएपछि गत साउनमा एकवर्षका लागि नेपाली टोलीको नेतृत्व गर्न आएका भारतीय पूर्व क्रिेकेटर प्रभाकरको नेतृत्वमा नेपालले केन्यासँग टी–२० अन्तराष्ट्रिय श्रृंखला तथा एकदिवशीय श्रृंखल जितेको थियो ।
नेपालमा रहेको सीमित स्रोत साधनको अधिकतम प्रयोग गर्दै नेपाली टोलीलाई विश्वस्तरमा प्रतिष्पर्धा गर्न योग्य टोली बनाउने चुनौती प्रभाकरको सामु थियो । तर, उनको नेतृत्वमा राष्ट्रिय क्रिकेट टोलीको नतिजा झनै खराब भएको बताइएको छ ।
वि.सं.२०७९ मंसिर २९ बिहीवार १६:०२ मा प्रकाशित






























