back
CTIZAN AD

नयाँ राष्ट्रपति राजनीतिक दलबाटै बन्ने सहमति भइसकेको छ–प्रचण्ड

वि.सं.२०७९ पुस ३ आइतवार

825 

shares

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राष्ट्रपति राजनीतिक दलबाटै बन्ने बताएका छन् ।

माओवादी केन्द्रको आज बसेको पदाधिकारी बैठकमा पछिल्लो राजनीतिक घटनाक्रमबारे बताउँदै प्रचण्डले दलहरुबीच राजनीतिक दलबाटै राष्ट्रपति बनाउने सहमति भइसकेको र टुंगोमा पुग्नका लागि केही छलफल बाँकी रहेको बताएको एक नेताले बताएका छन् ।

उक्त बैठकमा नयाँ सरकार गठनबारे पनि छलफल हुने बताइए पनि बैद्यानिक प्रक्रिया पूरा नभइसकेकोले त्यसबारेमा औपचारिक निर्णय केही नभएको महासचिव देव गुरुङले संसारन्युजलाई बताए ।
‘नयाँ सरकार गठनका लागि बैद्यानिक प्रक्रिया पूरा नभइसकेकोले त्यसका लागि सम्बन्धीत पक्षसँग आग्रह गर्ने छलफल भएको छ ।’ महासचिव गुरुङले भने ।

सरकार गठज लगत्तै समाजवादी फोरम बनाउने प्रचण्डको दावी
सोहि बैठकमा अध्यक्ष प्रचण्डले नयाँ सरकार गठनपछि समाजवादी केन्द्र बनाउने समेत बताएका छन् । निर्वाचन अगाडि विचार र सिद्धान्त मिल्ने केही दलहरु मिलेर समाजवादी केन्द्र बनाउने भनेर गरिएको साझेदारी अनुरुप समाजवादी केन्द्र बनाएर मिलेसम्म एउटै पार्टी बनाउने वा लुज फोरम जस्तो बनाउने बताएका छन् ।

यसअघि माओवादी केन्द्र, माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी, बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी र वामदेव गौतम नेतृत्वको नेकपा एकता महाधिवेशन लगायत पार्टी र समूह मिलेर समाजवादी फोरम बनाउने विषयमा दलहरुबीच समाझदारी भएको थियो ।

‘हामीले निर्वाचन अघि समाजवादी केन्द्र बनाउने समझदारी गरेका थियौं । अब तत्काल सरकार बनाउनमै केन्द्रित हुनुपर्ने छ । ‘संघीयदेखि प्रदेशका सरकार निर्माण भएपछि समाजवादी केन्द्र बनाउने विषयमा बहस र छलफल हुन्छ ।’प्रचण्डले भने ।

 

वि.सं.२०७९ पुस ३ आइतवार १७:४८ मा प्रकाशित

ट्याक्टरको प्रयोग बढेपछि हराउँदै गोरुले खेतबारी जोत्ने प्रचलन

ट्याक्टरको प्रयोग बढेपछि हराउँदै गोरुले खेतबारी जोत्ने प्रचलन

तानसेन (पाल्पा) । एक दशकअघिसम्म पाल्पाका फाँटहरूमा असार लागेसँगै हल...

केराको व्यावसायिक ‘वाइन’ र ‘ब्रान्डी’ उत्पादनमा ठाकुर

केराको व्यावसायिक ‘वाइन’ र ‘ब्रान्डी’ उत्पादनमा ठाकुर

नारायणगढ,चितवन। विगत १५ वर्षदेखि व्यावसायिक केराखेती गर्दै आएका चितवनको रत्ननगर...

पालिकाले दियो हल गोरु पाल्ने एकसय १५ कृषकलाई पाँच/पाच हजार

पालिकाले दियो हल गोरु पाल्ने एकसय १५ कृषकलाई पाँच/पाच हजार

वालिङ (स्याङ्जा) । स्याङ्जाको गल्याङ नगरपालिकाले हल गोरु पाल्ने कृषकलाई...

कर्णालीमा ४३ हजारभन्दा बढी हेक्टर क्षेत्रफलमा धानखेती हुँदै

कर्णालीमा ४३ हजारभन्दा बढी हेक्टर क्षेत्रफलमा धानखेती हुँदै

काँक्रेविहार (सुर्खेत)  । कर्णाली प्रदेशका १० जिल्लामा ४३ हजार २९०...

अफ्रिकन स्वाइन फिभरबाट गोरखामा २५० सुँगुर/बङ्गुर मरे

अफ्रिकन स्वाइन फिभरबाट गोरखामा २५० सुँगुर/बङ्गुर मरे

गोरखा । अफ्रिकन स्वाइन फिभरबाट गोरखामा २५० भन्दा बढी सुँगुर÷बङ्गुर...

फिफा विश्वकपः अन्तिम १६ मा ब्राजिल प्रवेश

फिफा विश्वकपः अन्तिम १६ मा ब्राजिल प्रवेश

काठमाडौँ । फिफा विश्वकप–२०२६ फुटबल प्रतियोगिताअन्तर्गत राउण्ड अफ ३२ को खेलमा...