काठमाडौं । जनमत पार्टीका अध्यक्ष सिके रावत पार्टीको संसदीय दलको नेतामा सार्वसम्मत चयन भएका छन् ।
आइतबार काठमाडौंको बुद्धनगरस्थित पार्टी कार्यालयमा बसेको सो पार्टीका तर्फबाट निर्वाचित सांसदहरुको बैठकले दलको नेतामा राउतलाई सर्वसम्मत चयन गरेको हो ।
सप्तरी क्षेत्र नं. २ बाट प्रतिनिधि सभा सदस्यमा भारी मतका साथ जसपाका अध्यक्ष उपेन्द्र यादवलाई पराजित गर्दै निर्वाचित भएका राउतको पार्टीबाट राउत प्रत्यक्ष र समानुपातिकबाट ५ गरी ६ जना सांसद निर्वाचित भएका छन् ।
अध्यक्ष राउतले नयाँ सरकारमा आफ्नो पार्टी पनि सहभागी हुने बताउँदै आएका छन् । उनले यसअघि प्रधानमन्त्री शेर बहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड लगायतका नेताहरुलाई भेट्दै आएका छन् ।
वि.सं.२०७९ पुस ४ सोमवार ०९:४९ मा प्रकाशित






























