back
CTIZAN AD

संसदीय दलको नेता छान्न शेखर-गगन समूहको बेग्लै भेला

वि.सं.२०७९ पुस ४ सोमवार

1K 

shares

काठमाडाैं । संसदीय दलको नेता छान्न नेपाली कांग्रेसको संस्थापनइतर समूहको बेग्लै भेला बसेको छ। संस्थापन इतरकाे समूहमा महामन्त्री गगन थापा र नेता डा. शेखर कोइरालाले समेत दल नेतामा इच्छा देखाएपछि सहमति जुटाउन भेला बसेकाे हाे ।

भेला राजधानीको होटल एम्बासडरमा जारी छ । उपसभापति धनराज गुरुङले भेला जुटाउन पहल गरेका थिए ।

संसदीय दलको नेताका लागि महामन्त्री गगन थापाले निर्वाचनका बेलादेखि नै आफू उम्मेदवार भएको घोषणा गरेका थिए। तर, नेता कोइराला पनि संसदीय दलको नेताका लागि इच्छुक बनेपछि समूहभित्र विवाद चर्किएकाे थियाे ।

१४ औं महाधिवेशनमा शेखर नेतृत्वको टिमबाट उम्मेदवार भई निर्वाचित भएका कांग्रेसका पदाधिकारी तथा केही केन्द्रीय सदस्य भेलामा सहभागी छन्। उनीहरूले संस्थापनइतर समूहबाट जो उठे पनि एक जना मात्रै उम्मेदवार हुनुपर्ने दवाव दिइरहेका छन्।

अर्का महामन्त्री विश्वप्रकाश शर्माले महामन्त्री गगन थापालाई संसदीय दल नेताका लागि प्रस्तावक बस्ने घोषणा गरिसकेका छन्।

संस्थापन पक्षबाट पार्टी सभापति शेरबहादुर देउवाले नै संसदीय दलको नेताका लागि तयारी थालेका छन्। यदि संस्थापन इतरबाट सहमति भएमा देउवासँगै दलकाे नेता बन्न प्रतिस्पर्धा चल्नेछ ।

कांग्रेसले दलकाे नेता चयन नगरेकाे कारण पनि सत्ता गठबन्धनभित्र सरकार निमार्णबारे छलफल गर्न सकेकाे छैन ।

वि.सं.२०७९ पुस ४ सोमवार १८:०० मा प्रकाशित

तनहुँमा एक वर्षमा थपिए ६७० उद्योग

तनहुँमा एक वर्षमा थपिए ६७० उद्योग

दमौली (तनहुँ) । जिल्लाका बजार क्षेत्रमा उद्योग– व्यवसाय सञ्चालन गर्नेको...

आज आतङ्कवादका पीडितको सम्झना र सम्मान गर्ने अन्तरराष्ट्रिय दिवस

आज आतङ्कवादका पीडितको सम्झना र सम्मान गर्ने अन्तरराष्ट्रिय दिवस

काठमाडौँ । आतङ्कवादबाट पीडित तथा प्रभावितको सम्झना, सम्मान र उनीहरूको...

म्याग्दीमा ७३ करोडको आलु र सुन्तला बिक्री

म्याग्दीमा ७३ करोडको आलु र सुन्तला बिक्री

म्याग्दी । एक वर्षको अवधिमा म्याग्दीबाट रु ७३ करोड मूल्यबराबरको...

ढोरपाटनमा विदेशी सिकारीको आकर्षण, चार करोड बढी राजस्व प्राप्त

ढोरपाटनमा विदेशी सिकारीको आकर्षण, चार करोड बढी राजस्व प्राप्त

बागलुङ । नेपालको एकमात्र सिकार आरक्ष ढोरपाटन सिकार आरक्षमा एक...

भोजपुरमा ९६ प्रतिशत रोपाइँ सम्पन्न

भोजपुरमा ९६ प्रतिशत रोपाइँ सम्पन्न

भोजपुर । भोजपुरमा यस वर्ष ९६ प्रतिशत रोपाइँ भएको छ...

उद्धव थापामाथि कडा कारवाही – प्रदेशसभा सदस्यबाट पदमुक्त, पार्टी सदस्यबाट निलम्बन

उद्धव थापामाथि कडा कारवाही – प्रदेशसभा सदस्यबाट पदमुक्त, पार्टी सदस्यबाट निलम्बन

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले बागमती प्रदेश सभाका सदस्य...