back
CTIZAN AD

दोहोरो अंकले बढ्दा तीन कम्पनीकाे शेयरमा सर्किट, सबै समूहमा हरियाली

वि.सं.२०७९ पुस ५ मंगलवार

741 

shares

काठमाडाैं । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज दोहोरो अङ्कले उकालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक १४ दशमलव २२ अङ्कले उकालो लागेर एक हजार आठ सय ७३ दशमलव ११ विन्दुमा पुगेको छ ।

यस्तै ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक दुई दशमलव ६८ अङ्कले उकालो लागेर तीन सय ६६ दशमलव ६५ मा पुगेको छ । कारोबार भएका १३ वटै उपसमूहको शेयर मूल्यमा वृद्धि भएको छ ।

कारोबार भएका कम्पनीमध्ये एक सय ५२ कम्पनीको शेयर मूल्यमा वृद्धि भएको छ । त्यस्तै, ४६ कम्पनीको शेयर मूल्यमा गिरावट आयो भने १३ कम्पनीको शेयर मूल्यमा कुनै परिवर्तन भएको छैन ।

आजको कारोबारमा ३० लाख २२ हजार ५२ कित्ता शेयर रु ९३ करोड आठ लाख ३९ हजार नौ सय एक मूल्यमा खरिद बिक्री भएका छन् । नेप्सेका अनुसार नेपाल दूरसञ्चार कम्पनी शीर्ष स्थानमा छ । सो कम्पनीको रु छ करोड ३८ लाख ३७ हजार दुई सय १८ बराबर को शेयर खरिद बिक्री भएका छन् ।

त्यस्तै सिभिल बैंक रु चार करोड तीन लाख ७० हजार तीन सय २८, हिमालयन डिस्टिलरी रु तीन करोड ८२ लाख ५९ हजार चार सय आठ, नबिल बैंक रु तीन करोड ३६ लाख ९२ हजार दुई सय ५१ र फरवार्ड माइक्रोफाइनान्स कम्पनीको रु दुई करोड ८२ लाख १९ हजार आठ सय १८ बराबरको सेयर कारोबार भएको छ ।

आजको कारोबारमा आधीखोला लघुवित्त, सिर्जनशील लघुवित्त र धौलागिरि लघुवित्तको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । त्यसबाहेक सिवाइसिएल लघुवित्त सात दशमलव ६२ र मन्दाकिनी हाइड्रोपावरको शेयर मूल्य चार दशमलव ७१ प्रतिशतले बढेको छ ।

त्यस्तै, सनराइज ब्ल्यूचिप फण्डको चार दशमलव ६७, गरिमा विकास बैंकको ऋणपत्र तीन दशमलव ९४, फरवार्ड माइक्रोफाइनान्सको दुई दशमलव ५१, लिवर्टी इनर्जीको दुई दशमलव ३९ र महालक्ष्मी विकास बैंकको शेयर मूल्य दुई दशमलव २७ प्रतिशतले घटेको छ ।

वि.सं.२०७९ पुस ५ मंगलवार १७:११ मा प्रकाशित

नेप्से परिसूचकमा २५ अङ्कको गिरावट

नेप्से परिसूचकमा २५ अङ्कको गिरावट

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको गिरावट...

नेप्से परिसूचकमा सामान्य अंकको सुधार

नेप्से परिसूचकमा सामान्य अंकको सुधार

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको सुधार...

धितोपत्र बोर्डका अध्यक्ष श्रेष्ठले दिए राजीनामा

धितोपत्र बोर्डका अध्यक्ष श्रेष्ठले दिए राजीनामा

काठमाडौँ । नेपाल धितोपत्र बोर्डका अध्यक्ष सन्तोषनारायण श्रेष्ठले पदबाट राजीनामा...

नेप्से परिसूचक ३३ अङ्कले घट्यो

नेप्से परिसूचक ३३ अङ्कले घट्यो

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा गिरावट देखिएको छ...