back
CTIZAN AD

सुनसान बन्दै गए चौताराका अधिकाशं गाउँ

वि.सं.२०७९ पुस ७ बिहीवार

897 

shares

चौतारा । नेपाल चीनको सीमामा पर्ने सिन्धुपाल्चोकका अधिकांश बासिन्दा गाउँ छाडेर अमेरिका गएपछि गाउँ सुनसान बनेका छन् । भोटेकोसी गाउँपालिका वडा नं २, ३ र ४ का बासिन्दा अमेरिका गएका हुन् । बोक्चेन, छेताङ, टासीथाङ, यार्मासिङ, नारायणथान, फुल्पिङकट्टी र सेलाङकट्टीका बासिन्दा अमेरिका गएको वडा नं ३ का वडाअध्यक्ष निमासोना शेर्पाले बताए ।

उनले भने, “विसं २०७२ को भूकम्पले घरगोठ भत्किए, व्यापार गरेर जीवन धान्ने तातो पानी बन्द भयो, नाकाबन्दीको असरले सीमावासी तितरवितर भए, सीमा गाउँमा खेतीयोग्य जमिन छैन, उनीहरूको प्रमुख पेसा भनेको तातोपानी लिपिङमा झोले पोके व्यापार हो, बोक्चेन र छेताङमा एक सय २० घर छन्, घरैपिच्छे मानिस अमेरिका पुगेका छन्, भूकम्पअघि सीमाका केही मानिस मात्रै अमेरिका गएका थिए, उनीहरू धेरैजसो रोजगारी र केही लामाविद्या पढ्न गएका हुन् ।”

गोरेटो बाटोसमेत नभएको बोक्चेन र छेताङमा स्थानीय सरकारको पहिलो पाँच वर्षे कार्यकालमा एकजना जनप्रतिनिधि पनि पुगेनन् । बोक्चे निवासी वडाध्यक्ष शेर्पा पहिला गाउँघर र चौँरीगोठ पुग्ने राम्रो गोरेटो बाटो तयार पार्न लागेका छन् । नाका बन्द भएयता यहाँका बासिनदाले पशुपालन सुरु गरेका छन् । यतिले जीवन निर्वाह नहुने भएकाले विदेसिन बाध्य भएको उनीहरू बताउँछन् ।

वडाध्यक्ष शेर्पाका अनुसार सीमा क्षेत्रका झन्डै तीन सय मानिस अमेरिका पुगेका छन् । त्यतिकै सङ्ख्यामा खाडीमूलुक पुगेका छन् । अहिले बोक्चेन, छेताङ, यार्मासिङ र टाँसिथाङ गाउँका घरैपिच्छे एकजना अमेरिकामा रहेको बताइएको छ । अमेरिका बस्नेले राम्रो आम्दानी गर्ने भएकाले परिवारका धेरैजसो काठमाडौँमा बस्छन् ।

भूकम्पअघि अमेरिका गएका दाजुभाइ र आफन्तले नाकाबन्दीपछि धेरैलाई अमेरिकामा डाकेर रोजगारी दिलाएका छन् । दाजुभाउजू र भतिजासहित परिवारका चार सदस्य अमेरिकामा रहेको जानकारी दिँदै टाँसिथाङका ग्याल्साङ शेर्पाले सीमा क्षेत्रका घरैपिच्छे मानिस अमेरिकामा रहेको बताए ।

“नाकाबन्दी हुनुभन्दा पहिलादेखि नै सीमाका शेर्पा समुदाय धेरैजसो अमेरिकामा छन”, उनले भने, “भूकम्पपछि अमेरिकामा नभइ खाडी मुलुकमा जाने चाँही बढेका छन् ।” व्यापार सुकेको र खेती किसानी पनि राम्रो नभएकाले सीमाका बासिन्दा विदेशिएको उनी सुनाउँछन् । (चौतारा बजार फाइल फाेटाे)

वि.सं.२०७९ पुस ७ बिहीवार १६:११ मा प्रकाशित

विपद्का बेला मानवीय उद्धारको नेतृत्व गर्दै सशस्त्र प्रहरी

विपद्का बेला मानवीय उद्धारको नेतृत्व गर्दै सशस्त्र प्रहरी

काठमाडौँ । गोरखाको सहिद लखन गाउँपालिकाका अध्यक्ष रमेशबाबु थापालाई कुनै...

चौबिस घण्टामा ट्राफिक प्रहरीद्वारा तीन हजार बढीलाई कारबाही

चौबिस घण्टामा ट्राफिक प्रहरीद्वारा तीन हजार बढीलाई कारबाही

काठमाडौँ । ट्राफिक प्रहरीले पछिल्लो २४ घण्टाका अवधिमा काठमाडाँै उपत्यकामा...

जाजरकोट आगलागीः उपचाररत एक महिलाको काठमाडौँमा मृत्यु

जाजरकोट आगलागीः उपचाररत एक महिलाको काठमाडौँमा मृत्यु

काँक्रेविहार (सुर्खेत) । जाजरकोटको नलगाड नगरपालिका–२ छेप्कामा भएको आगलागीमा घाइते...

तेइस लाख बालकालिकालाई भिटामिन ‘ए’ खुवाइयो

तेइस लाख बालकालिकालाई भिटामिन ‘ए’ खुवाइयो

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सञ्चालन गरेको राष्ट्रिय भिटामिन...

रास्वापाले प्रत्यक्ष नजितेका क्षेत्रमा समानुपातिक सांसदलाई तोक्यो जिम्मेवारी

रास्वापाले प्रत्यक्ष नजितेका क्षेत्रमा समानुपातिक सांसदलाई तोक्यो जिम्मेवारी

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वापा)ले प्रत्यक्ष निर्वाचनमा आफूले विजय...

प्रधानमन्त्री शाहले राष्ट्रिय योजना आयोग र नीति अनुसन्धान प्रतिष्ठानका पदाधिकारीसँग छलफल गर्दै

प्रधानमन्त्री शाहले राष्ट्रिय योजना आयोग र नीति अनुसन्धान प्रतिष्ठानका पदाधिकारीसँग छलफल गर्दै

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले अर्थमन्त्री डा स्वर्णिम वाग्लेसहित राष्ट्रिय...