back
CTIZAN AD

एक सय ६२ दुर्घटनामा ४० जनाको मृत्यु

वि.सं.२०७९ पुस ७ बिहीवार

771 

shares

चितवन । चालु आर्थिक वर्षको पाँच महिनामा भएका एक सय ६२ दुर्घटनामा ४० जनाले ज्यान गुमाएका छन् । जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका अनुसार दुर्घटनामा ३३ पुरुष, चार महिला, एक बालक र दुई बालिका छन् ।

ती दुर्घटनामा ९२ गम्भीर घाइते र २१५ सामान्य घाइते भएको कार्यालयको तथ्याङ्कमा उल्लेख छ । जिल्लाका विभिन्न स्थानमा भएका दुर्घटनामा दुई सय ४२ वटा सवारीसाधन संलग्न रहेका छन् । दुर्घटनामा पर्ने सवारीसाधनमा सबैभन्दा बढी मोटरसाइकल छन् । मोटरसाइकल एक सय ३३, जिप, कार ३४, ट्रक ट्याङ्कर ३१, बस १५, माइक्रो छ वटा, ट्र्याक्टर पाँच, ट्याम्पो आठ, टिपर चार, शारीरिक शक्तिबाट चल्ने १२ वटा र अन्य चारवटा रहेको कार्यालयले जनाएको छ ।

सबैभन्दा बढी दुर्घटना भित्री सडकमा हुने गरेको कार्यालयका प्रमुख धर्मबहादुर अधिकारीले जानकारी दिए । मुख्य राजमार्गमा भन्दा भित्री सडकमा सवारीको गति तीव्र हुने भएकाले सो क्षेत्रमा बढी दुर्घटना हुने गरेको उनले बताए ।

उनले भने, “हामीले सवारी यान्त्रिकीकरण परीक्षण, सचेतना कार्यक्रमलाई तीव्ररूपमा अगाडि बढाएका छाँै ।” सवारी दुर्घटना न्यूनीकरणका लागि कार्यालयले सचेतनामूलक कार्यक्रम र नियमित जाँचलाई तीब्र बनाइएको उनले बताए । भित्री सडकमा चालकको लापरवाही, मादक पदार्थ सेवन, साँघुरा, कच्ची सडक र ट्राफिक प्रहरीको पहुँच कम हुने भएकाले पनि दुर्घटना बढी हुने गरेको उनको भनाइ छ ।

 

वि.सं.२०७९ पुस ७ बिहीवार १६:२९ मा प्रकाशित

विपद्का बेला मानवीय उद्धारको नेतृत्व गर्दै सशस्त्र प्रहरी

विपद्का बेला मानवीय उद्धारको नेतृत्व गर्दै सशस्त्र प्रहरी

काठमाडौँ । गोरखाको सहिद लखन गाउँपालिकाका अध्यक्ष रमेशबाबु थापालाई कुनै...

चौबिस घण्टामा ट्राफिक प्रहरीद्वारा तीन हजार बढीलाई कारबाही

चौबिस घण्टामा ट्राफिक प्रहरीद्वारा तीन हजार बढीलाई कारबाही

काठमाडौँ । ट्राफिक प्रहरीले पछिल्लो २४ घण्टाका अवधिमा काठमाडाँै उपत्यकामा...

जाजरकोट आगलागीः उपचाररत एक महिलाको काठमाडौँमा मृत्यु

जाजरकोट आगलागीः उपचाररत एक महिलाको काठमाडौँमा मृत्यु

काँक्रेविहार (सुर्खेत) । जाजरकोटको नलगाड नगरपालिका–२ छेप्कामा भएको आगलागीमा घाइते...

तेइस लाख बालकालिकालाई भिटामिन ‘ए’ खुवाइयो

तेइस लाख बालकालिकालाई भिटामिन ‘ए’ खुवाइयो

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सञ्चालन गरेको राष्ट्रिय भिटामिन...

रास्वापाले प्रत्यक्ष नजितेका क्षेत्रमा समानुपातिक सांसदलाई तोक्यो जिम्मेवारी

रास्वापाले प्रत्यक्ष नजितेका क्षेत्रमा समानुपातिक सांसदलाई तोक्यो जिम्मेवारी

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वापा)ले प्रत्यक्ष निर्वाचनमा आफूले विजय...

प्रधानमन्त्री शाहले राष्ट्रिय योजना आयोग र नीति अनुसन्धान प्रतिष्ठानका पदाधिकारीसँग छलफल गर्दै

प्रधानमन्त्री शाहले राष्ट्रिय योजना आयोग र नीति अनुसन्धान प्रतिष्ठानका पदाधिकारीसँग छलफल गर्दै

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले अर्थमन्त्री डा स्वर्णिम वाग्लेसहित राष्ट्रिय...