back
CTIZAN AD

भावी राष्ट्रपतिमा माधव नेपालकाे नाम ‘इन्ट्री’

वि.सं.२०७९ पुस ७ बिहीवार

969 

shares

काठमाडौं । भावी राष्ट्रपतिका लागि एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालको नामले प्रवेश पाएको छ । प्रतिनिधिसभाका नवनिर्वाचित सांसदहरूको सपथ ग्रहण समारोहमा सहभागी हुन पुगेका सांसदहरूले भावी राष्ट्रपतिको रुपमा नेपालको नाम प्रवेश गराएका हुन् ।

अर्थमन्त्रीसमेत रहेका माओवादी केन्द्रका सांसद जनार्दन शर्माले राष्ट्रपतिमा नेपालको नाममा छलफल भइरहेको जनाएका हुन् । ‘भावी राष्ट्रपतिका लागि माधव नेपालको नाममा पनि छलफल भइरहेको छ,’ शर्माले खुलासा गरे । उनले सो छलफलमा कांग्रेस सांसद रामचन्द्र पौडेलको पनि नाममा छलफल भएको जनाएका छन् ।

उता, सपथ समारोहमा सहभागीतापछि स्वयं नेपालले पनि भावी राष्ट्रपतिको रुपमा आफ्नो नाममाथि छलफल भइरहेको संकेत गरेका छन् । उनले ०६४ र ०७० मा पनि राष्ट्रपतिका लागि आफ्नो नाममा छलफल भएको जनाउँदै ‘उमेर पुगेको’ टिप्पणी गरेका छन् ।

तर, सञ्चारकर्मीले भावी राष्ट्रपतिमा तपाईको नाम चर्चामा आएको छ भन्ने प्रश्न गर्दा भने, ‘त्यस्तो अप्ठयारो प्रश्न नगर्नुहोस् न’ भनेर छलफल भईरहेको बिषयलाई पुष्टि गरेका छन् ।

यद्यपि, उनले आफू अझै सक्रिय राजनीतिमा सहभागी हुने भन्न चाही छुटाएनन् ।

वि.सं.२०७९ पुस ७ बिहीवार १६:५९ मा प्रकाशित

नयाँ सामग्री खरिद नगर्न निर्देशन

नयाँ सामग्री खरिद नगर्न निर्देशन

काठमाडौँ । सरकारले सार्वजनिक खरिदमा मितव्ययिता अपनाउन तथा अत्यावश्यकबाहेक अन्य...

भारतमा पेट्रोल-डिजेल महँगियो

भारतमा पेट्रोल-डिजेल महँगियो

नयाँदिल्ली । मध्यपूर्वमा जारी युद्ध र हर्मुज जलघाँटीमा उत्पन्न अवरोधका...

मोटरसाइकलको ठक्करबाट वृद्धको मृत्यु

मोटरसाइकलको ठक्करबाट वृद्धको मृत्यु

लमजुङ । मोटरसाइकलको ठक्करबाट आज यहाँ एक वृद्धको मृत्यु भएको...

पाथीभराको भेटी एक करोड छ लाख

पाथीभराको भेटी एक करोड छ लाख

फुङ्लिङ (ताप्लेजुङ) । पाथीभरा देवीस्थानमा एक महिनामा रु एक करोड...

घट्यो सुनचाँदीको मूल्य

घट्यो सुनचाँदीको मूल्य

काठमाडौँ । स्थानीय बजारमा आज सुनचाँदीको मूल्यमा घटेको छ ।...

अनौपचारिक शिक्षा तथ्याङ्क एकीकृत गरिँदै

अनौपचारिक शिक्षा तथ्याङ्क एकीकृत गरिँदै

काठमाडौँ । शिक्षा तथा खेलकुद मन्त्रालय मातहतको शिक्षा तथा मानव...