back
CTIZAN AD

आज पनि घट्याे नेप्से

वि.सं.२०७९ पुस ७ बिहीवार

774 

shares

काठमाडाैं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज झिनो अङ्कले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक शुन्ना दशमलव एक अङ्कले ओरालो लागेर एक हजार आठ सय ६७ दशमलव २१ मा सीमित भएको हो ।

ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक भने एक दशमलव ७२ अङ्कले उकालो लागेर तीन सय ६७ दशमलव शून्य छ मा पुगेको छ ।

कारोबार भएका कुल १३ उपसमूहमध्ये तीन उपसमूहको सेयर मूल्य वृद्धि हुँदा १० उपसमूहको सेयर मूल्यमा गिरावट आएको छ । कारोबार भएका मध्ये ७६ कम्पनीको सेयर मूल्य उकालो लागेको छ भने एक सय २४ कम्पनीको सेयर मूल्य ओरालो लागेको छ । यस्तै ११ कम्पनीको सेयर मूल्यमा भने कुनै परिवर्तन भएको छैन । कुल ३१ लाख ११ हजार आठ सय ३३ कित्ता सेयर रु एक अर्ब ११ करोड ९७ लाख ९७ हजार नौ सय २१ मूल्यमा खरिद बिक्री भए ।

नेप्सेका अनुसार कारोबारका आधारमा नेपाल दूरसञ्चार कम्पनी शीर्षस्थानमा छ । सो कम्पनीको रु १४ करोड ९९ लाख ५० हजार तीन सय ४६ बराबरको सेयर कारोबार भयो । एनआइसी एसिया बैंक रु पाँच करोड ६९ लाख ६५ हजार तीन सय २४, नबिल बैंक रु पाँच करोड ३१ लाख ६६ हजार छ सय ९८, हिमालयन डिस्टिलरी रु चार करोड ८१ लाख १३ हजार नौ सय ४६ र शिवम् सिमेन्ट रु तीन करोड ९९ लाख ९५ हजार चार सय ८५ बराबरको सेयर कारोबार भई शीर्ष पाँचभित्र पर्न सफल भएका छन् ।

नेप्सेका अनुसार सिर्जनशील लघुवित्त र धवलागिरि लघुवित्तको सेयर मूल्यमा १० प्रतिशतले वृद्धि भई सकारात्मक सर्किट लागेको छ । आदर्श लघुवित्त आठ दशमलव १९, कालिका पावर कम्पनी आठ दशमलव १५ र नेरुडे लघुवित्तका लगानीकर्ताले पाँच दशमलव ३८ प्रतिशतले कमाएका छन् ।

त्यस्तै आँधीखोला लघुवित्त सात दशमलव ७०, बलेफी हाइड्रोपावर पाँच दशमलव ४९, सोल्टी होटल चार दशमलव ७६, इस्टर्न हाइड्रोपावर तीन दशमलव ९९ र ग्रीन डेभलपमेन्टका लगानीकर्ताले तीन दशमलव २० प्रतिशतले गुमाएका छन् ।

वि.सं.२०७९ पुस ७ बिहीवार १७:२१ मा प्रकाशित

धितोपत्र बोर्डका अध्यक्ष श्रेष्ठले दिए राजीनामा

धितोपत्र बोर्डका अध्यक्ष श्रेष्ठले दिए राजीनामा

काठमाडौँ । नेपाल धितोपत्र बोर्डका अध्यक्ष सन्तोषनारायण श्रेष्ठले पदबाट राजीनामा...

नेप्से परिसूचक ३३ अङ्कले घट्यो

नेप्से परिसूचक ३३ अङ्कले घट्यो

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा गिरावट देखिएको छ...

नेप्से परिसूचक ४८ अंकले बढ्यो

नेप्से परिसूचक ४८ अंकले बढ्यो

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ४८ दशमलव ७१...

नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडद्वारा रकम दुरुपयोगको कडा प्रतिवाद

नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडद्वारा रकम दुरुपयोगको कडा प्रतिवाद

काठमाडाैँ । हालै सार्वजनिक भएका भ्रामक समाचारप्रति नेपाल लाइफ इन्स्योरेन्स...

नेप्से परिसूचकमा सामान्य अङ्कको वृद्धि

नेप्से परिसूचकमा सामान्य अङ्कको वृद्धि

काठमाडौँ । यो साता कारोबारको अन्तिम दिन नेपाल स्टक एक्सचेञ्ज...